निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ताका लागि निवेदन, नेकपामा गम्भीर छलफल

निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेपछि नेकपा बैठकमा यसबारे छलफल भएको छ । 

झापा निवासी सन्ध्या तिवारी भन्ने व्यक्तिले एमाले नामको पार्टी दर्ताका लागि निवेदन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 


Advertisement

बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले दर्ताको विषयमा प्रश्न उठाएका थिए । 

तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर २०७५ साल जेठ ३ गते नेकपा बनेको थियो ।


Advertisement

नेकपा बनेपछि एमालेको अस्तित्व लोप भएको थियो । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्