×

NMB BANK
NIC ASIA

भवन निर्माणका लागि नक्सा पास अब अनलाइनबाटै

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकामा घर तथा भवन निर्माणका लागि नक्सा पास अब अनलाइनबाट नै गर्न सकिने भएको छ ।

Muktinath Bank

महानगरवासीको सहजताका लागि अनलाइन सेवा सञ्चालनमा ल्याउन लागिएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तयारी सबै पूरा भएको बताउँदै उनले अबको एक हप्ताभित्रमा अनलाइन सेवा परीक्षण गर्ने जानकारी दिए । उनले भने,‘हामीले महानगरवासीको सहजताका लागि अनलाइन सेवा सञ्चालनमा ल्याउन लागेका हौं, अबको एक हप्ताभित्रमा परीक्षण शुरू गर्छौं ।’


Advertisment
Nabil box
Kumari

महानगरपालिकाका भवन निर्माण इजाजत विभागका प्रमुख सुरज शाक्यले नक्सा पास कार्यलाई ‘पेपरलेस’ बनाउन लागिएको बताए । उनले अब महानगरवासीले नक्सा पास गर्दा महानगरसम्म आउन नपर्ने बताउँदै छिट्टै यसको परीक्षण गरिने बताए । उनले भने,‘हामीले अबको एक साताभित्रै परीक्षण शुरू गर्छौं, सम्भव भएसम्म स्रावन १ गतेदेखि नै सेवा सञ्चालनमा ल्याउँछौं ।’ 

Vianet communication
Laxmi Bank

शाक्यका अनुसार, भवन निर्माणका लागि जग्गा धनीले अनलाइनमा राखिएको फारम भर्नुपर्नेछ र ‘डिजिटल सिग्नेचर’ गर्नुपर्नेछ । त्यसपछि नविल बैंक वा महानगरमा दस्तुर बुझाउनुपर्नेछ । 

फारम भरेर पठाएको ३० दिन अर्थात एक महिनाभित्रमा प्रक्रिया सबै पूरा गरी महानगरले मोबाइलमा म्यासेज पठाउँछ । जसमा नक्सा पास भएको जानकारी दिइएको हुन्छ ।

यदि नक्सा पास नभएमा म्यासेज आउँदैन, सेवाग्राहीले आफैं वेबसाइटमा गई विवरण चेकजाँच गर्नूपर्ने हुन्छ । 

महानगरले गत वर्षको बजेटमार्फत नक्सा पास कार्यलाई पेपरलेस बनाउने घोषणा गरेको थियो । सोही योजनाअनुरुप गत बैशाखदेखि सेवा सञ्चालनमा ल्याइने भनिएपनि कोरोना भाइरसले निम्त्याएको महामारीका कारण समय धकेलिएको शाक्यले बताए । उ

नी भन्छन्,‘अब काम शुरू भइसक्यो परीक्षणकार्य छिट्टै सकेर सेवा सञ्चालनमा ल्याउँछौं ।’

  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x