×

NMB BANK
NIC ASIA

यो सरकार फेरबदल या राजनीतिक अस्थिरता निम्त्याउने समय होइन : डा. राजीव झा

असार १६, २०७७

NTC
Sarbottam
डा. राजीव झा/फाइल तश्वीर
Premier Steels
Marvel

नेपाल चीन मामिलाका जानकार स्वतन्त्र विश्लेषक डा. राजीव झाले कोरोनाका कारण देश संकटमा परेको बेलामा नेपालमा सरकार परिवर्तन या राजनीतिक अस्थिरता निम्त्याउने कुनै गतिविधि गर्न नहुने बताएका छन्। उनले पावर शेयरिङ गरेर नेकपाभित्रको विवाद टुंगाउन सम्बन्धित पक्षलाई सुझाव दिए।

Muktinath Bank

‘सरकारबाट कमी कमजोरी भएका हुनसक्छन, तर यसको समीक्षा कोरोना संकट सकिएपछि गर्दा पनि हुन्छ’ डा झाले भने ‘शीर्ष नेतामा भएका असमझदारी अन्त्य गरेर जानुमा नै नेकपा र नेपालको भविष्य उज्वल छ । अहिले बिवाद गरेर बस्ने समय होइन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा झाले पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतमलाई सम्मानजनक हुनेगरी शक्ति सन्तुलन गरेर अगाडि बढेमा नेकपा भित्रको विबादले निकाश पाउने विश्वास व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

‘यो पावर शेयरिङको विषय पनि हो । विगतमा भएको समझदारी अनुसार प्रचण्डलाई कार्यकारी अधिकार र अन्य नेतालाई सम्मानजनक स्थान दिएर विबाद समाधान गर्नु उपयुक्त हुन्छ’ डा झाले भने । 

Vianet communication
Laxmi Bank

मंगलवारको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेपछि नेकपा भित्रको संकट गहिरिएको विश्लेषण गरिएको वेला डा झाको यस्तो विचार आएको हो ।  

‘दुइमहिना अगाडि नेकपामा यस्तै संकट उत्पन्न भएको थियो । यसलाई राम्रोसँग हल नगरिए फेरि दुइमहिनामा यस्तै अवस्था नआउला भन्न सकिन्न’ डा झाको विश्लेषण छ । 

नेकपा भित्रको विबाद अंकगणितीय चरणमा प्रवेश गरेमा त्यो देशका लागि दुर्भाग्य हुने उनको विश्लेषण छ । ‘कोरोना संकटले जर्जर बनेको अर्थतन्त्र पूरानै अवस्थामा आउन पाँच वर्ष लाग्न सक्छ । यस्तो बेला जनताले दिएको दुइतिहाइ बहुमतको अवमूल्यन गर्दा त्यो नेकपालाई महंगो पर्न सक्छ ।’

राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरोस् भन्ने छिमेकीको सद्भावलाई नविर्सन उनले नेकपा नेताहरुलाइ आग्रह गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x