यस्तो छ कांग्रेसको तल्ला तहको अधिवेशन कार्यतालिका

महाधिवेशन निर्धारित मितिमै

फाइल फोटो।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन पूर्वनिर्धारित मिति अर्थात आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएको छ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारीको यसअघिको बैठकको निर्णयलाई सदर गर्दै तल्लो तहको कार्यतालिका परिमार्जन गरेको हो। 


Advertisement

कांग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहतका निकायका अधिवेशन र १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो । 

यसअघि ०७६ फागुन १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार साउन मसान्तभित्र क्रियाशिल सदस्यको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाइने छ, भने पुस ७ गते देशभरीका ७ हजार वडाको अधिवेशन हुनेछ।


Advertisement

७ सय ५१ वटै स्थानीय तहमा पुस ८ गते, प्रदेशसभाको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको छ।

एक भन्दाबढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशमा माघ ६ गते अधिवेशन गर्ने निर्णय भएको छ।  

यसअघि  गाउँ, नगर वडा अधिवेशन कात्तिक १६ गते, गाउँ, नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला) कात्तिक २३ गते गर्ने कार्यतालिका थियो।

त्यस्तै, एक भन्दाबढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मंसिर २९ गते र केन्द्रीय महाधिवेशन फागुन ७ देखि १० गतेसम्म गर्ने भनिएको थियो। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्