दुई वर्ष अघि बेपत्ता भएका पत्रकार खड्काको मृत्यु भएको पुष्टि, ८ महिना अघि भेटिएको थियो कङ्काल

प्रतिकार्यात्मक तस्वीर।

बाजुराको बुढीनन्दा नगरपालिका पाटन क्षेत्रमा भेटिएको कङ्काल दुई वर्ष अगाडि बेपत्ता भएका सञ्चारकर्मी तेजु खड्काको भएको पुष्टि भएको छ।

०७६ मङ्सिरमा कङ्काल भेटिएकामा परीक्षणपछि खड्काको भएको पुष्टि भएको हो।


Advertisement

नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको कङ्काल परीक्षणपछि खड्काकै पुष्टि भएकोे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए।

बुढीनन्दा तीर्थयात्रामा गएका खड्का घर फर्किने क्रममा बीच बाटाबाटै बेपत्ता भएका थिए। बेपत्ता खड्काको खोजी गर्ने क्रममा एक वर्षपछि दुई  करङ, झोला र परिचयपत्र भेटिएको थियो। 


Advertisement

डोटीको दिपायल सिलगढी नगरपालिका १ तिखा घर भएका खड्काले बाजुराको कोल्टीमा रहेको रेडियो बूढीनन्दामा बजार व्यवस्थापकका रुपमा काम गर्दै आएका थिए।  खड्का २०७५ भदौ ९ गते बूढीनन्दामा लागेको मेलाबाट फर्किने क्रममा बेपत्ता भएका थिए।

कमेन्ट गर्नुहोस्