पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले नेतृत्वलाई थप जिम्मेवारीका साथ एकतावद्ध हुन अपील गरेको छ।
नेकपाको जारी स्थायी कमिटीको बैठकमा नेताहरुले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुका साथै पार्टीमो कलह बढिरहेका बेला नेकपा रुपन्देहीले सहमतीय पद्धति अवलम्बन गर्न, पार्टी पंक्ति र आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्न अपील गरेको हो।
नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरी, केन्द्रीय सदस्य तथा रुपन्देही सह–इन्चार्ज दधिराम न्यौपाने, केन्द्रीय सदस्य तथा रुपन्देही सह–इन्चार्ज एकराज विश्वकर्मा, जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदी र जिल्ला कमिटी सचिव नारायणबहादुर जिसी (निर्मल) ले बुधबार एक प्रेस नोट जारी गर्दै स्थायी कमिटी बैठकमा व्यक्त धारणाहरुलाई लिएर पार्टी पंक्ति एवं आम नागरिकहरुमा उत्पन्न चासो र चिन्ताप्रति नेकपा रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको बताएका हुन्।
‘नेपालमा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै समाजवाद स्थापनाको ऐतिहासिक कार्यभार सहित मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीहरु एकतावद्ध भएको हामी सबैका बिच जगजाहेर नै छ,’ प्रेस नोटमा भनिएको छ, ‘पार्टी एकताको मुल भावना अनुरुप पार्टी एकताको बाँकी कार्यलाई टुंगोमा पु¥याई सम्पूर्ण पार्टी पंक्तिलाई एकतावद्ध र उर्जा प्रदान गर्दै अगाडि बढ्नुपर्ने ऐतिहासिक जिम्मेवारी पुरा गर्न जारी स्थायी कमिटी बैठक सफल हुने कुरामा हामी पूर्ण रुपमा विवस्त छौं ।’
मुलुक सामु उत्पन्न कोभिड–१९ को महामारी, सिमा समस्या र आर्थिक संकटलाई समाधान गर्न सिंगो राष्ट्रिय एकताका साथ अगाडि बढ्नु आजको मूल कार्यभार रहेको औँल्याइएको छ।
पार्टीभित्र आन्तरिक सहमति नभएको भन्ने सन्देश सार्वजनिक गर्ने कुराले नेता, कार्यकर्ता र आम जनसमुदायमा नकारात्मक सन्देश प्रवाह गरिरहेको समेत नेकपा रुपन्देहीले बताएको छ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...