×

NMB BANK
NIC ASIA

अमेरिकालाई पछि पार्दै चीन प्रविधिमा अग्रणी बनेको हो ?

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनमा सामाजिक अंक (सोसल स्कोर) राख्ने गरिन्छ र त्यस अंकलाई अद्यावधिक राख्ने कामको आधा जिम्मेवारी मशिनलाई दिने गरिएको छ । 

Muktinath Bank

जस्तो, तपाईंले कर र बिलहरू समयमा तिर्नुभयो भने अंक पाउनुहुन्छ अनि ट्राफिकमा रेड लाइट बेवास्ता गर्दै गाडी कुदाउनुभयो भने अंक घट्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस अंकलाई रेकर्ड गर्ने यन्त्रहरूले नै व्यक्तिको व्यवहार राम्रो छ कि नराम्रो भनी फैसला गर्ने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

निकट भविष्यमा चीन कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को महाशक्ति बन्न सक्ने देखिएको छ । 

Vianet communication
Laxmi Bank

अमेरिका र चीनबीच होड चलिरहँदा महाशक्ति बन्नका लागि चीनले प्रविधिको बाटो अपनाइरहेको छ । 

कृत्रिम बौद्धिकतामा मात्र नभई आवाज र अनुहार चिन्ने प्रविधि, विशाल आँकडा तथा यन्त्रमानवको क्षेत्रमा पनि चीन अहिले संसारको अग्रणी मुलुक हो । 

चीनले स्वदेशी विमान पनि बनाइसकेको छ । अनि ४०० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिने पहिलो बुलेट ट्रेन पनि उसले बनाएको छ । त्यसको मोडल निर्यात गर्न ऊ तम्तयार भएर बसेको छ । 

चीनमा एप्पल, जीएम, फोक्सवागन र टोयोटा जस्ता विश्वविख्यात कम्पनीहरू कारखाना र अनुसन्धान केन्द्र चलाइरहेका छन् । 

सन् २०१५ मा चीन सरकारले १० वर्षको एक भिजन पेश गरेको थियो जसको उद्देश्य चीनलाई उद्योग तथा प्रविधिको क्षेत्रमा शक्तिशाली बनाउनु थियो । 

चीनले अब सस्ता जुत्ता, कपडा र खेलौना निर्यात गर्ने आफ्नो छविमा परिवर्तन ल्याउन खोजेको स्पष्ट बताइसकेको छ । राष्ट्रपति सी चिनफिङले चीनलाई साइबर शक्ति बनाउन चाहेको स्पष्ट पारिसकेका छन् । 

त्यस योजनाका लागि चीनले निकै धेरै पैसा खर्च गरिसकेको छ । विदेशी कम्पनीहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रविधि हस्तान्तरणका लागि दबाब पनि उसले दिइरहेको छ । 

चीनको बजारमा प्रवेश गर्नका लागि कुनै पनि विदेशी कम्पनीले स्थानीय कम्पनीसँग साझेदारी गर्नैपर्ने हुन्छ । 

यसबाहेक चीनले आफ्नो रणनीतिअन्तर्गत विदेशी कम्पनीहरूलाई किन्ने पनि गरेको छ । जस्तो, मर्सिडिज बेन्ज कार बनाउने जर्मन कम्पनी ड्यामलरमा चिनियाँ कम्पनी गिली सबभन्दा ठूलो शेयरहोल्डर बनिसकेको छ । 

चीनका कानूनहरूले प्रविधि कम्पनीहरूलाई स्थायी रूपमा रहनका लागि बाध्य बनाएका छन् । 

उदाहरणका लागि, एप्पल कम्पनीले चीनमा एक स्थानीय कम्पनीसँग मिलेर पहिलो डेटा स्टोरेज सेन्टर खोल्न खोजेको छ । उसले चिनियाँ सरकारका सबै नयाँ नियम पालन गर्नुपर्ने हुन्छ । यसबाट कम्पनीसँग जोडिएका सबै महत्त्वपूर्ण जानकारीहरू चीनले प्राप्त गर्छ । 

चीनले सेनामा कृत्रिम बौद्धिकतालाई पनि बढाइरहेको छ । यसमार्फत निकै टाढा बसेर हतियार परिचालन गर्दै युद्धलाई नियन्त्रण गर्न सकिन्छ । 

चीनले कृत्रिम बौद्धिकता भएका क्षेप्यास्त्र विकसित गरिरहेको छ जसले लक्ष्य पत्ता लगाएर मानवीय सहायता विना नै त्यसमाथि आक्रमण गर्न सक्छ । 

चीनको समाचार संस्था सिन्ह्वाका अनुसार, सन् २००७ देखि चीनले युद्धको मैदानमा तीव्र गति तथा सटीकताका साथ निर्णय लिन सहज बनाउने सफ्टवेयर विकसित गरिरहेको छ । 
 

ड्रोन प्रविधिमा पनि चीन निकै अगाडि छ । अमेरिकाले आफ्नो ड्रोन कुनै पनि देशलाई दिन नमानेको अवस्थामा चीनले यो प्रविधि अन्य देशमा निर्यात गर्ने बताइरहेको छ । 

अमेरिकासँग निकट नरहेका देशमा चीनले सैन्य प्रविधि निर्यात गरिरहेको छ । 

चीनले इजिप्ट, नाइजेरिया, पाकिस्तान र बर्मा लगायतका देशलाई ड्रोन बेचेको इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजले जनाएको छ । 

चीन प्रविधिको शक्ति पाउनका लागि आविष्कारलाई जरूरी ठान्दैन । उसका लागि प्रविधि जुनसुकै भए पनि त्यसलाई प्राप्त गरेर उपयोग गर्ने नै प्रमुख लक्ष्य हो ।
 

हार्वर्ड बिजनेस रिभ्युका अनुसार, चीन आविष्कारमा अहिले पछि नै छ । 

स्मार्टफोनको चिप डिजाइन टूलका लागि चीनले अहिले अमेरिका र जर्मनीको मुख ताक्नुपरेको छ । सेमीकन्डक्टर बनाउनका लागि पनि चीनले सफलता पाएको छैन । 

चीनका लागि नाफा नै शक्ति हो ।

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x