कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
असार १८, २०७७
‘जिन्दगी में आपकी एहमियत हम आपको बता नहीं सकते
दिल में आपकी जगह हम आपको दिखा नहीं सकते
कुछ रिश्ते बोहत अनमोल होते है इससे ज्यादा हम आपको समझा नहीं सकते ।'
अर्थात ‘मैले बाँच्दाखेरी नै भन्न सकिनँ । तिमी मेरो मुटुमा बस्छौ भनी मैले देखाउन सकिनँ । कुनै कुनै सम्बन्धहरू एकदमै मूल्यवान हुन्छन् । तिमीलाई यसभन्दा बढी व्याख्या गर्न सक्दिनँ ।’ (नेपाली अनुवाद)
असार १६ गते बेलुका पौने ११ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतमले रातो लेहेङ्गा र रातै चस्मा लगाएर घरको छतमा खिचेको फोटो माथिको स्टाटस लेखेर पोष्ट गरेकी थिइन् ।
उनले राखेको पोष्टमा २ सय ७६ प्रतिक्रियाहरू आएका छन् । जसमध्ये अधिकांशले ‘आरआइपी’ रिप लेखेका छन् । कसैले राम्री त, कसैले व्युटीफूल भनेर गरेको कमेन्टमा ‘टिक्यू’ अर्थात थ्याङ्कू लेखेर रिप्लाइ समेत गरेकी छन् ।
त्यसको अर्को दिनको राती १ बजे अर्थात असार १७ गते उनले त्यही रातो लेहेङ्गा लगाएर सामाजिक सञ्जाल फेसबूकमा लाइभ गर्दै आत्महत्या गरिन् ।
रानीजरुवामा घरमा एक्लै बस्दै आएकी एलिसाका बुवा–आमा भारतमा बस्दै आएका छन् । घरमा भाडामा बस्ने बाहेक उनीसँग अरु कोही पनि नबसेको पाइएको इलाका प्रहरी कार्यालय, रानीजरुवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव सिंहले बताए ।
‘उनको घरमा भाडामा बस्ने बाहेक आफन्तहरू कोही बसेको पाइएन,’ डीएसपी सिँहले भने,‘उनका बुवा आमा भने भारतमा बस्दै आउनुभएको रहेछ हामीले बोलाएका छौं ।’
फेसबूक लाइभ गर्दै आत्महत्या गरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यलयले प्रहरी निरीक्षक सहितको टोली घटना स्थलमा पठाएको थियो ।
‘राती हामीले घटना थाहा पाएपछि इन्स्पेक्टर सहित त्यहाँ पठाएका थियौं तर बचाउन भने सकेनौं,’ डीएसपी सिँहले लोकान्तरसँग भने ।
आफन्त कोही पनि नभएकाले आत्महत्याको बारेमा धेरै खुल्न सकेको छैन तर प्रहरीले आसपासका मानिसहरुसँग सोधपुछ गर्दा विवाह भएर पनि उनको सम्बन्धविच्छेद भइसको छ भने उनकी एक छोरी छिन् । डिभोर्सपछि उनकी छोरी बुवासँगै बस्दै आएको पनि खुलेको प्रहरीले जनाएको छ ।
एलिसाले असार १३ गते ‘छोरीको बर्थडे मनाउँदै आज, ह्याप्पी बर्थडे टु यू छोरी सधै खुशी रहनु तिमी’ भन्दै छोरीको जन्मदिन मनाएको फोटो फेसबूकमा पोष्ट गरेकी थिइन् ।
उनले आत्महत्या के कारणले गरेकी हुन् भन्ने कुरा अझै पत्ता नलागेको प्रहरीले जनाएको छ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...