×

NMB BANK
NIC ASIA

पीसीआर मशिन खरिदमा अनियमिताको गन्ध, सरकारी कागजात कीर्तेका अभियुक्तलाई ठेक्का

असार १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने आरटी–पीसीआर मशिन सहितका आवश्यक उपकरण खरिद प्रक्रियामा अनियमितताको गन्ध आएको छ ।

Muktinath Bank

सार्वजनिक खरिद ऐन अनुसार कम मूल्यमा वस्तु उपलब्ध गराउने टेन्डरलाई ठेक्का दिनुपर्नेमा बढी मूल्य कबुल गर्ने सरकारी कागजात कीर्ते गरी टेन्डर हत्याउँदै आएका अभियुक्त व्यवसायीलाई ठेक्का पारिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कम कबोल रकममा मशिन सहितका उपकरण आपूर्ति गराउने भनेर परेको टेन्डरलाई उपेक्षा गर्दै बढी कबोल रकम उल्लेख गरेको व्यवसायीको फर्मलाई छनोटमा पारी आपूर्ति सम्झौता गरेको छ ।


Advertisment
Nabil box
Kumari

आपूर्ति व्यवस्थापन केन्द्रले आह्वान गरेको बोलपत्रमा सरकारी काजजात कीर्ते मुद्दामा मुछिएका व्यवसायी दृष्यन्त बस्नेतले सञ्चालन गर्दै आएको डीबी मेडिसिन सेन्टर धनगढी छनोटमा पारिएको छ । आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीकुमार श्रेष्ठले बायोसेफ्टी लेवल–२ प्रयोगशाला उपकरण खरिदका लागि डीबी मेडिसिन सेन्टर छनोटमा परेको र आपूर्ति पनि थालिसकेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

डीबी मेडिसिन सेन्टरले टेन्डरमा ४ करोड २७ लाख ९२ हजार (करबाहेक) मा सामग्री आपूर्ति गर्ने भनेर कबोल रकम उल्लेख गरेको थियो । डीबीभन्दा कम रकम कबोल गरेका २ टेन्टरलाई छनोट गरिएन । आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार २ प्याकेजमा बायोसेफ्टी लेवल–२ प्रयोगशालाका लागि उपकरण खरिदको विद्युतीय बोलपत्र आह्वान गरिएको थियो । पहिलो प्याकेज अन्तर्गत आरटी–पीसीआर, अटोमेटेड नुक्लिक एसिड अक्सट्रक्सन सिस्टम र आरएनएन अक्सट्रक्सन किट खरिद गर्नुपर्ने थियो ।

दोस्रो प्याकेज अनुसार ल्याबोरोटरी इक्युपमेन्ट र कन्जमबलस् खरिद गर्नु भनिएको थियो । जसमा सेरो डाइग्नोस्टिक टे«डर्स नेपालले पहिलो प्याकेजको लागि मात्रै भनेर २ करोड ७६ लाख ४३ हजार ६८७ कबोल रकम राखेको थियो भने बायोमेड इन्टरनेसनल प्रालिले २ वटै प्याकेजका लागि भन्दै ३ करोड ३६ लाख ९० हजार ९५० रुपैयाँ कबोल रकम उल्लेख गरेको थियो तर दुई वटै प्याकेजको लागि भन्दै व्यवसायी बस्नेतको फर्म डीबी मेडिसिनले ९१ लाख १ हजार ५० रुपैयाँ बढी रकम ४ करोड ८३ लाख ५४ हजार ९६० (१३ प्रतिशत मूल्य अभिवृद्धि करसहित) कबोल रकम राखे पनि छनोटमा पारिएको छ ।

‘मिलेमतोले महंगो’

आपूर्ति व्यवस्थापन केन्द्रले सेरो डाइग्नोस्टिक र बायोमेडको कबोल रकम अन्यभन्दा कम देखिए पनि अन्य कागजात कमजोर रहेको भन्दै ती २ फर्मलाई छनोट नगरी डीबी मेडिसिनलाई छनोटमा पारेको दाबी गरेको छ । केन्द्रका जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी श्रेष्ठले कबोल रकम कमले मात्रै छनोट नहुने बताउँदै प्राविधिक परीक्षणमै कमजोर रहेकाले छनोटमा नपरेको बताए ।

तर २ वटै प्याकेजको लागि डीबी मेडिसिनभन्दा कम कबोल रकम राखेको बायोमेडले अन्य कानूनी कागजातमा बलियो हुुँदाहुँदै नियतवंश छनोटमा नपारेको दाबी गरेको छ । ‘यदि कागजातहरू नक्कली छन् भने सरकारले कालोसूचीमा राखेर कारवाही गर्नुपर्‍यो । होइन भने कबोल रकम कम हुँदाहुँदै कसरी बढी कबोल रकम उल्लेख गर्नेलाई छनोट गरियो ? न्यायसंगत देखिएन,’ बायोमेडका निर्देशक उमेश अग्रवालले भने ।

टेन्डर प्रक्रिया नै पूर्व योजना अनुसार गरिएको स्रोतको दाबी छ । मिलेमतोमा टेन्डर आह्वान गरिएको दाबी गर्दैै स्रोतले भन्यो, ‘आपूर्ति व्यवस्थापन केन्द्रले असार ११ गते आशयपत्र बायोमेडलाई पठाउँदै डीबीलाई छनोट गरेको भनियो । असार १२ गते सम्झौता पनि डीबीसँग नै गर्‍यो अनि अर्को दिन नै सामान झार्नु रहस्यपूर्ण छ ।’

बायोमेडका निर्देशक उमेश अग्रवाल भन्छन्, ‘७ दिनसम्म गुनासो राख्ने समय दिनुपर्ने व्यवस्था पनि छ । ठीक छ, अहिलेको परिस्थिति अनुसार ३ दिन दिएको पनि हामीले मान्यौं र ३ दिन नबित्दै सम्झौता गरियो । हामीलाई कुनै मौका पनि दिइएन । यसको आशय के हो ? बुझ्न सकिएन ।’

सरकारी कागजात कीर्ते मुद्दाका अभियुक्त व्यवसायी बस्नेतकै फर्मलाई टेन्डर पर्नु, त्यो पनि बढी कबोल रकम देख्दादेख्दै दिनुको पछाडि आर्थिक चलखेल भएको सहजै अनुमान गर्न सकिने स्रोतको दाबी छ । ‘नभएको कमजोरीलाई प्राविधिक कमजोरी भन्दै बढी मूल्यमा सामान किन्नु सरासर जनताको पसिनामाथि गद्दारी गर्नु हो । ठूलै आर्थिक चलखेलको गन्थ आउँछ,’ स्रोतले भन्यो ।

तर आपूर्ति व्यवस्थापन केन्द्रले व्यवसायी बस्नेतको मुद्दा हालसम्म अदालतमा विचाराधीन रहेको तथा अदालतले फैसला नै नगरेको एवं कानूनी रुपमा सबल देखिएकाले छनोटमा परेको बताएको छ । आपूर्तिकर्ता छनोट पनि प्रक्रियागत ढंगबाट गरिएको आपूर्ति व्यवस्थापन केन्द्रको दाबी छ ।

यसैबीच, छनौटमा परेको आपूर्तिकर्ताले धमाधम उपकरण आपूर्ति गर्न थालेको बताइएको छ । उपकरणहरू सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल र बैतडी जिल्ला अस्पतालका प्रयोगशालामा पीसीआर मशिन सहितका उपकरण जडान गरिने भएको छ । प्रयोगशाला निर्माणको लागि स्थान समेत तयारी अवस्थामा रहेको आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।

कीर्ते मुद्दाका अभियुक्त को हुन् बस्नेत ?

व्यवसायी बस्नेत आफ्ना फर्ममार्फत सुदूरपश्चिमका विभिन्न स्वास्थ्य संस्थामा औषधि तथा यन्त्र उपकरणको आपूर्ति गर्दै आएका छन् । व्यवसायी बस्नेतले डीबी मेडिसिन र अमित मेडिसिन डिस्ट्रब्यूटर्समार्फत औषधि तथा यन्त्र उपकरणको आपूर्ति गर्दै आएका छन् । उनलाई सरकारी कागजात कीर्ते गरेको मुद्दा लागेको छ ।

आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मका ३ वर्षसम्म बस्नेतले पाएका हरेक औषधि आपूर्तिको ठेक्कामा नक्कली करचुक्ता प्रमाणपत्र पेश गरेको आरोप लागेको छ । उनले ३ वर्षको अवधिमा गेटा आँखा अस्पतालको झण्डै ६ करोड बढी र सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयको गरी डेढ करोड बढीको औषधि आपूर्ति ठेक्कामा नक्कली प्रमाणपत्र पेश गरेको अभियोग छ ।

गेटा आँखा अस्पतालमा पेश गरिएको प्रमाणपत्रमा उनले आन्तरिक राजस्व कार्यालयमा हुँदै नभएको चलानी नम्बर, मिति र कर अधिकृतको हस्ताक्षर गरेको पाइएको थियो । बस्नेतले नक्कली बनाएको करचुक्तामा हस्ताक्षर गरेका भनिएका कर अधिकृतको १ वर्षअघि नै सरुवा भइसकेको थियो ।

२०७६ मंसिरको १३ गते बस्नेतले नक्कली करचुक्ताको प्रमाणपत्र पेश गरेको खुलेपछि उनी फरार थिए । उनको धनगढीमा अमित मेडिसिन डिस्ट्रब्यूटर्स थोक औषधि पसल छ । उनी सेती प्रादेशिक अस्पतालमा विगत १० वर्षदेखि औषधि आपूर्तिमा एकछत्र राज गरेका व्यक्ति हुन् ।

महाकाली अस्पतालसहित सुदूरपश्चिमका ठूला अस्पतालले खोल्ने औषधि आपूर्तिको ठेक्का उनकै हातमा पर्दै आएको थियो । मंसिर १३ गते उनले नक्कली करचुक्ता गरेर कीर्ते कागजात पेश गरेको खुलेपछि उनलाई मंसिर १६ गते कैलाली प्रहरीले अदालतको आदेशअनुसार पक्राउ पूर्जी जारी गरेको थियो । अदालतले उनलाई धरौटीमा रिहा गरेको छ भने कीर्ते मुद्दा विचाराधीन रहेको छ ।

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x