कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि बढी जनघनत्व भएका शहरबाट काभ्रेपलाञ्चोकमा आवागमन गर्नेलाई स्थानीय क्वारेन्टिन वा होम क्वारेन्टिनमा बस्ने सुनिश्चिततापश्चात मात्रै अनुमति दिइने भएको छ ।
यसका लागि स्थानीय तहले आफ्ना नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने ग्यारेन्टी गरेपछि मात्रै कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले सहजीकरणको व्यवस्था मिलाउने जनाएको छ ।
पोष्टले कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमका कारण बढी जनघनत्व भएका काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढी, जनकपुर आदि शहर तथा जिल्ला सदरमुकामबाट आउनेजानेका स्थानीय तहद्वारा सुनिश्चितता गर्नुपर्ने जनाएको हो । आवागमन गर्ने नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने विषयमा सम्बन्धित पालिकाद्वारा सुनिश्चितता भएपछि मात्रै अनुमति दिइने सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। 'होम क्वारेन्टिनमा बस्न चाहनेले भने स्थानीय प्रहरी, सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा अनुमति दिइनेछ', उनले भने।
तिमल्सिनाका अनुसार हाल जिल्लामा स्थलमार्ग अथवा हवाईमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरहको सुविधा भएको ब्यहोरोसहित होम क्वारेन्टिनमा बस्न अनुरोध गर्नुपर्छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोके बमोजिमको होम क्वारेन्टिनसम्बन्धी पालना गर्नेगरी होम क्वारेन्टिन बस्ने अनुमति दिइने निर्णय गरिएको छ ।
साथै, कतिपय जिल्लामा क्वारेन्टिन तथा आइसोलेसन सेन्टरमा न्यूनतम मापदण्डसमेत सुविधा नभएकाले सो स्थानमा बस्ने व्यक्ति भाग्ने, बस्न नचाहने तथा विरामी परेका सूचना प्राप्त भएकाले यस जिल्लामा स्थापना भएका क्वारेन्टिन तथा आइसोलेसन वार्ड समय समयमा अनुगमन गरी सोको प्रतिवेदन गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा पठाउनेसमेत निर्णय भएको छ । विदेशबाट आएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधा सम्पन्न होटल क्वारेन्टिन राख्ने तयारीसमेत गरिएको छ ।
हाल तेस्रो मुलुकबाट आएका ११४ नागरिकस्थानीय तहका क्वारेन्टिनमा बसेको पोष्टले जनाएको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा हालसम्म ८४२ बेडको क्वारेन्टिन तथा भने धुलिखेल नगरपालिकामा १५, बनेपा नपामा पाँच र पाँचखाल नपामा पाँच बेडको आसोलेसन कक्ष व्यवस्थित गरिएको छ ।
स्थानीय तहमा रहेका क्वारेन्टिनको क्षमता विस्तार गर्दै स्वास्थ्य सुरक्षा थप व्यवस्थित गर्ने कार्य भइरहेको छ । १३ स्थानीय तहका क्वारेन्टिनलाई १०० बेड क्षमताको बनाउने तयारीसँगै हाल रोशी गाउँपालिकाले ११०, तेमाल गाउँपालिकाले १०५, मण्डनदेउपुर नगरले १०० र धुलिखेल नगरले १०० बेडको क्वारेन्टिन व्यवस्थित गरिसकेको पोष्टका सदस्यसचिव एवं स्वास्थ्य कार्यालयप्रमुख डा नरेन्द्र झाले बताए ।
यसैबीच, विभिन्न जिल्लाका क्वारेन्टिनमा यौनजन्य हिंसात्मक घटना बाहिरिएपछि केन्द्र र पोष्टले संयुक्तरुपमा क्वारेन्टिनलाई हिंसामुक्त बनाउने तयारीमा जुटेका छन् । केन्द्र र पोष्ट जिल्लामा रहेका क्वारेन्टिन थप व्यवस्थित गर्दै महिला, गर्भवती, सुत्केरीमाथि लैङ्गिक तथा घरेलु हिंसा हुन् नदिन आवश्यक तयारीमा जुटेको हो । जिल्लामा रहेका क्वारेन्टिनलाई हिंसामुक्त बनाउन आवश्यक सेवा सुविधाको व्यवस्थापनमा लागिएको तिमल्सिनाले बताए। उहाँले भन्नुभयो, “विशेषत महिलामाथि हुने हिंसा हुन नदिन सोहीअनुसार क्वारेन्टिन बसाई तथा सेवा दिने व्यवस्थापनमा जुटेका हौँ ।”
तिमल्सिनाका अनुसार सबै क्वारेन्टिनमा व्यक्तिगत सुरक्षाकासाथै स्वास्थ्य सुरक्षालाई मजबुत बनाउन निर्देशन दिइएको छ । क्वारेन्टिन सुरक्षाको अनुगमन भइरहेको र कडा सुरक्षा रणनीतिबारे योजना बनाइएको केन्द्रले जनाएको छ । हालसम्म काभ्रेपलाञ्चोकका नौ सङ्क्रमितमध्ये छ उपचारपछि घर फर्किएका छन् ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...