फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
कोरोनाभाइरस (कोभिड– १९) को संक्रमणका कारण सरकारद्वारा घोषित बन्दाबन्दी (लकडाउन) को मारमा आम सर्वसाधरण परेका छन् ।
लकडाउनलाई ‘लूजडाउन’ गरिएपनि व्यापार–व्यवसाय र दैनिकी सहज रुपमा चल्न पाएको छैन । मानिसहरूको दैनिक जनजीवन चलाउन मुस्किल परेको छ । सार्वजनिक यातायात नचल्दा धेरैले सास्ती बेहोरिरहेका छन् ।
यही बन्दाबन्दीको मौका छोपेर केही सवारी धनी सवारी पास दुरुपयोग गरी कमाउने धन्दामा लागेका छन् । उनीहरूले अवैध रुपमा यात्रु मात्र ओसारेका छैनन्, सात सय प्रतिशतभन्दा बढी भाडा असुलेको पाइएको छ ।
सामान्य अवस्थामा गुल्मीबाट काठमाडौं आउन बसमा यात्रा गर्दा ८ सय २० र माइक्रोबसमा १२ सय रुपैयाँ भाडा लाग्थ्यो । तर, बन्दाबन्दीको मौका छोपेर कतिपय जीपले प्रतिव्यक्ति ७ हजारसम्म भाडा असुलेको पाइएको छ ।
बन्दाबन्दीमा जिल्ला प्रशासन कार्यालयबाट सवारी साधनको पास बनाएर उनीहरूले एउटा जीपमा ५ देखि ७ जनासम्म राखी प्रतिव्यक्ति ७ हजार उठाएको लोकान्तरले पत्ता लगाएको छ ।
गत १० गते गुल्मीको मालिका गाउँपालिका– ६ अर्जैबाट काठमाडौं आउनलाई प्रतिव्यक्ति ७ हजार लिएको तथ्य खुलेको हो ।
लु२च २५७३ नम्बरको बोलेरो जीपले त्यहाँबाट काठमाडौं आउनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सवारी साधनको पास बनाएर ३/४ पटक मानिसहरू काठमाडौं ओसारेको तथ्य खुलेको छ ।
‘हामीले जिल्ला प्रशासन कार्यालयबाट एक हप्ताको पास बनाएका छौं । एक हप्तामा ३ चोटि जाने गरेका छौं,’ बोलेरो चालकले लोकान्तरसँगको कुराकानीमा खुलाएका छन् ।
यसभन्दा अगाडि पनि लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालयबाट सवारी साधनको पास बनाएर ४/५ चोटि काठमाडौंसम्म यात्रु ओसारेको उनले स्वीकारे ।
उनको भनाइलाई मान्ने हो भने अन्य २ वटा बोलेरो जीपले पनि यात्रुहरू ओसारपसार गर्ने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयको पासको दुरुपयोग
जिल्ला प्रशासन कार्यालय गुल्मीले पहुँचका आधारमा सत्यतथ्य नबुझी सवारी पास उपलब्ध गराउँदा गुल्मीका जीप धनीले साविकभन्दा ७ सय प्रतिशत बढी भाडा असुलेर अवैध रुपमा यात्रु ओसारिरहेका छन् ।
तर गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा भने विदेश जाने व्यक्ति, बिरामी र व्यापार व्यवसाय गर्नेलाई मात्र सवारी पास उपलब्ध गराएको बताउँछन् ।
‘बिरामी, विदेश जाने व्यक्ति र व्यापार गर्ने भन्दा अन्यलाई सवारी पास उपलब्ध गराएका छौं,’ प्रजिअ शर्माले लोकान्तरसँग भने ।
अहिलेसम्म कुनै पनि सवारी पासको दुरुपयोग नभएको उनको जिकिर छ ।
पहुँचको आधारमा पास बाँड्दा उपत्यकामा जोखिम
जथाभावी मानिसहरू उपत्यका भित्रिँदा उपत्यकामा कोरोनाको जोखिम बढेको छ । सबैभन्दा धेरै जनघनत्व भएको काठमाडौं उपत्यकामा जथाभावी मानिसहरू भित्रिँदा कोरोनाको जोखिम बढेको हो ।
जनस्वास्थ्य विज्ञ डा.समीरमणि दिक्षित विना जाँच दैनिकजसो मानिसहरू उपत्यका भित्रिँदा जोखिम उच्च हुने बताउँछन् ।
‘उपत्यकामा भित्रिने मानिसहरूमा पहिले पनि जोखिम उत्तिकै थियो, अहिले पनि छ । उपत्यकामा देखिएका धेरै मानिसहरू उपत्यका बाहिरबाट आएका नै छन्,’ डा. दीक्षितले लोकान्तरसँग भने ।
एक दिनमा १५ सय मानिस भित्रिन्छन् उपत्यका
सरकारले लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गर्दै पहिलो चरणमा जोरबिजोर प्रणाली लागू तथा पसलहरू खोल्न पाउने भएपछि काठमाडौं उपत्याकामा दैनिक औसत १५ सय जना भित्रिने गरेको महानरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
‘लकडाउन खुकुलो भएपछि नागढुंगाबाट उपत्यकामा दैनिक १५ सय जना भित्रिने गरेका छन्,’ महानगरीय प्रहरी वृत्त थानकोटका वृत्तपति प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठले भने, ‘अहिले उपत्यकामा भित्रिन खोज्ने सवारी पास नभएका मानिस र सवारी साधनलाई फर्काइदिएका छौं ।’
(बोलेरो चालकसँगको कुराकानीको अडियो लोकान्तरसँग सुरक्षित छ ।)
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...