×

NMB BANK
NIC ASIA

मिडियामा आएको समाचारमा सगुनले गर्‍यो खण्डन

असार १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सामाजिक सञ्जाल सगुनले नेपालका केही सञ्चारमाध्यममा भ्रामक समाचार प्रकाशित गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सगुनलाई अमेरिकाको धितोपत्र तथा विनियम आयोगबाट शेयरसम्बन्धी कारोबार गर्न अनुमति प्राप्त भएको दावी गर्दै उसले भनेको छ,‘सोही आयोगको नियमभित्र रही सोही निकायले नियमन गर्दै आइरहेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालीहरुको सक्रियतामा अमेरिकाको डेलावयर राज्यमा कानुनीरुपमा दर्ता भएर विश्वभर सामाजिक सञ्जालको रुपमा फैलिएको सगुनका सम्बन्धमा नेपालका केही सञ्‍चारमाध्यम तथा समाजिक सञ्जालहरुमा प्रकाशित भ्रामक समाचारप्रति ध्यानार्कण भएको जनाएको हो ।  


Advertisment
Nabil box
Kumari

इन्डिया प्राइभेट लिमिटेडको रुपमा दर्ताभइ भारतीय रिजर्व बैंकद्वारा असीमित रेमिट्यान्स कारोवार गर्ने सगुनले भारतमा सन् २०१५ मा अनुमति प्राप्त गरेको छ

Vianet communication
Laxmi Bank


त्यसैगरी नेपाल सरकारले तोके बमोजिमका सबै दर्ता तथा कानुनी प्रक्रिया पूरा गरी सगुन नेपाल प्राइभेट लिमिटेड दर्ता सन् २०१७ गरिएको छ । साथै नेपाल राष्ट्र बैँकबाट तीन करोड रुपैयाँमा आवश्यकता अनुसार बढाउन सकिने गरी कारोबार गर्न स्वीकृत प्राप्त कम्पनी भएको जानकारी सगुनले गराएको छ ।

हेर्नुहोस् विज्ञप्ति

शुरूमा सन् २०१५ सम्म अमेरिकी कम्पनीहरुमा समेत सर्वसाधारणलाई सेयर किनबेच गर्न अनुमति थिएन  । नयाँ परिवर्तित कानुनी व्यवस्थाअनुसार अब एसइसीले योग्य ठहर्याएका कुनै पनि कम्पनीहरुले आफ्नो सेयर (इक्विटी) सर्वसाधारणलाई बिक्री गरी बार्षिक पाँच करोड अमेरिकी डलरसम्मको पूँजी जम्मा गर्न सक्ने छन् ।

सगुन अमेरिकी कानुनअनुरुप अन्य ख्यातिप्राप्त कम्पनी जस्तै  अमेरिकाको धितोपत्रसम्बन्धी आयोगबाट योग्य कम्पनीको रुपमा छनौट भएको कम्पनी हो । सगुनले अमेरिकी सरकारको मापदण्ड पूरा गरेको आधारमा सर्वसाधारणबाट पूँजी संकलन गर्ने आधिकारिक रुपमा अनुमति प्राप्त गरेको हो ।

नेपाली र नेपाली मुलका विदेशी नागरिक, गैरआवासीय नेपालीको मुख्य लगानी रहेको सगुन दक्षिण एसियाली मुलुकमा नागरिकले स्थापना गरेको पहिलो अमेरिकी कम्पनी हो । सगुन विदेशमा रहेका लाखौँ नेपालीहरु समक्ष पुर्याउन उत्साहित छ ।

पूँजी निर्माणमा सहभागी हुन पाउने यो विशेष अवसर विश्वभरि रहेका ती सबै नेपालीहरुमा पुर्‍याउन चाहन्छौं । जुन इतिहासमा कहिल्यै प्राप्त हुन सकेको थिएन । यस अवसरका बारेमा भारतका दार्जिलिङ, असम, मणिपुर, भुटान, बर्मालगायत विश्वभरि छरिएर रहेका नेपालीभाषीलाई समेत हाम्रो सञ्जालमा जोड्न चाहन्छौं । सो सञ्जाल जोड्नका लागि नेपाली सञ्‍चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ ।

सगुनको विश्वव्यापी लक्ष्य भनेको सामाजिक मिडियाको प्रयोग गर्ने तरिका परिवर्तन गर्नु हो । मानिसलाई यस सञ्जालमा फरक तरिकाले अन्तरक्रिया गर्ने साँझा मञ्च ९प्लेटफर्म० उपलब्ध गराउन चाहन्छौँ । विश्वभरका प्रयोगकर्ताहरुलाई आइफोन, एन्ड्रोइड फोन तथा डेस्कटपहरुमा सगुन प्रयोग गर्ने सुविधासहित सेवा उपलब्ध गराउँदै आइरहेका छौँ ।

हालसम्म विश्वका १ सय २० भन्दा बढी राष्ट्रहरुबाट ७० लाखभन्दा बढी प्रयोगकर्ताहरु सगुनको प्लेटफार्ममा जोडिएका छन् । जसमध्ये धेरै प्रयोगकर्ताहरु नेपाल, भारत र अमेरिकामा छन् । हालसम्म विश्वभरबाट ४ हजार भन्दा बढी सर्वसाधारण व्यक्तिहरुले  ६० लाख अमेरिकी डलर भन्दा बढी रकम सगुनमा लगानी गरिसकेका छन् । सुगनका लगानीकर्ताहरु अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया र भारतका रहेका छन् ।

नेपालमा कम्पनी स्थापना गरेर क्रियाकलाप गर्नुको उद्देश्य नेपालको रकमलाई विदेशमापुर्‍याउनु होइन । बरु विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउनु, नेपालमा रोजगार सिर्जना गर्नु, व्यवसायका नयाँ र इनोभेटिभ अवसरहरु पत्ता लगाउनु र नेपाललाई आर्थिक सम्वृद्धिका क्षेत्रमा टेवापुर्‍याउनु नै हो । साथै अमेरिका, युरोप, क्यानडा, अष्ट्रेलियालगायतका पश्चिमी मुलुकहरुमा बर्षौँदेखि बसोबास गर्दै आइरहेका नेपाली डायस्पोराले हाँसिल गरेको ज्ञान र अनुभवलाई नेपालको उन्नतिमा साझेदारी गराउनु पनि सगुनको लक्ष हो ।

हामी सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा १ करोड ५० लाख भन्दा बढी व्यक्तिहरु विभिन्न सामाजिक सञ्जालहरु प्रयोग गर्दछन् । नेपालका यति धेरै प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जालहरुमा राखिएको विज्ञापनबाट अन्तर्राष्ट्रिय सामाजिक सञ्जालहरुले बार्षिक करिव २२ अरब रुपैयाँ नेपालबाट कमाउँछन् । त्यो रकम नेपालमा नै रहोस् भन्ने चाहना र कोसिस सगुनको रहेको छ, रहिरहने छ ।

ग्लोबल ब्राण्ड स्थापना गर्ने प्रवासी नेपालीहरु मध्ये सगुन पहिलो सुरुवातकर्ता हो । सगुनले नयाँ गोरेटो कोर्दै नेपाली नयाँ पुस्ताहरुलाई प्रेरणा दिन चाहन्छ । हाम्रो सफलताले नवीनतम सोच र काममार्फत विश्वसँग प्रतिस्पर्धा गर्न नेपाली नयाँ पुस्तालाई आत्मविश्वास जगाउन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ ।

केही संचार माध्यमा आएका गलत समाचारका प्रकाशित तथ्यहरुलाई निम्न बुँदाहरुमा प्रष्ट पार्न चाहन्छौँ ।

१. सगुनको नाम र ब्राण्ड सुरक्षित गर्न मात्र सगुनको डोमेन नाम सन् २००६ मा दर्ता गरिएको थियो । पछि सगुन कम्पनीका रुपमा अमेरिकाको डेलावयर राज्यमा दर्ता गरिएको थियो तर हालको सगुनको प्रारम्भिकरुपमा सन् २०१४ देखि मात्र काम सुरु भएको हो । यसको पहिलो वेभसाइट सन् २०१५ अक्टुवरमा नेपालमा सुरु गरिएको थियो । त्यसैले बजारमा सगुन मात्र ४ वर्षको मात्र भएको छ ।

२.'स्टार्ट-अप' भन्ने शब्दसँग कोही अलमलिनु जरुरी छैन । 'स्टार्ट-अप' शब्दको धरातलीय अर्थ भर्खर सुरु गरिएको भन्ने भएता पनि यसको वास्तविक अर्थ  (यस क्षेत्रमा) हालसालै स्थापना गरिएको भन्ने अर्थमा मात्र सीमित हुदैन । लामो समयदेखि विश्वबजारमा विश्वविख्यात कम्पनीहरुले समेत 'स्टार्ट-अप' लेख्ने प्रचलन रहेकोछ । 'स्टार्टअप 'कम्पनी ले नयाँ आइडिया बजार ल्याउने तथा  नयाँ प्रविधिको खोजी  गर्दछन् । बजारमा हेर्ने हो भने पनि ठूलै मात्रामा सर्वसाधारणले प्रयोग गरिरहेका प्रोडक्टहरुका उत्पादक कम्पनीहरुलाई समेत 'स्टार्ट-अप कम्पनी' नै भनिएको पाइन्छ ।

३. नेपालको लगानीसम्बन्धी कानुनका कारण सगुनले नेपालीबाट कुनै लगानीको अपेक्षा राख्दैन र नेपालको धितोपत्र बजारमा सगुनलाई दर्ता गर्नु पर्ने आवश्यक छैन । सगुनले अमेरिकी सेक्युरिटिज कानून अनुसार अनलाइनबाट लगानी जुटाइरहेको छ जसमा इच्छुक लगानीकर्ताहरुले अनलाइनमार्फत् लगानी फर्म भर्नु सक्दछन् । डेविट वा के्रडिट कार्ड, चेक तथा वायर ट्रान्सफर गरेर लगानीको रकम पठाउनु पर्दछ जुन नेपालबाट सम्भव पनि छैन ।

४. सगुनले धितोपत्र तथा विनिय आयोगमा पेश गरेको आर्थिक प्रतिवेदनलाई गलत ढंगले अपव्याख्या गर्दै आमसर्वसाधारण र लगानीकर्तालाई समेतको विश्वासमा भ्रमित गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दछौं ।  सामान्यतया, लेखापरिक्षणको भाषामा, कम्पनीले आफ्नो इक्विटी बिक्री गरी संकलन गरेको कोषलाई घाटाको रुपमा लेखांकन गरिन्छ, तर वास्तवमा यो घाटा होइन् ।यसरी संकलन गरिएको पूँजीलाई कम्पनीले आफ्ना एप्लिकेसनहरु विकास गर्न र प्रयोगकर्ताहरु बढाउन उपयोग गर्छ । जसले वास्तविक अर्थमा कम्पनीको बौद्धिक सम्पत्ति बढाउँछ । यसैको आधारमा कम्पनीको मूल्याकंन ९भ्यालुएशन० मा वृद्धि हुन्छ । सगुन रेगुलेसन ए प्लस अन्तर्गतका अन्य कम्पनीहरुको आह्वान पत्र र वित्तीय प्रतिवेदनहरु हेर्ने हो भने सगुनमा प्रयोग गरिएको भाषा नै प्रयोग भएको देख्न सकिन्छ । सगुनको आर्थिक प्रतिवेदनका कुराहरुको अध्ययन गर्न सम्वन्धित पक्षहरुलाई अनुरोध गर्न चाहन्छौँ ।

५.स्थिर वा विकासको चरणमा रहेका कुनै पनि कम्पनीहरुमा गरिएको लगानी जहिले पनि जोखिमपूर्ण नै हुन्छ भने सगुन जस्ता प्रारम्भिक चरणका कुनै पनि कम्पनीहरुमा गरिने लगानी सधैँ चुनौतिपूर्ण रहेको हुन्छ । तर यस्ता प्रारम्भिक चरणका कम्पनीहरु सफल भएमा यिनीहरुमा गरिएको लगानीले उच्च प्रतिफल दिने सम्भावना पनि त्यतिकै उच्च हुन्छ । त्यसैले सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुलाई लगानीको निर्णय लिनु अघि जोखिमका कारकहरुको जाँच र अध्ययन गर्नु हुन अनुरोध गर्दछौँ।

नविनतम सोच र विश्वासका साथ विश्व बजारमा प्रतिस्पर्धा गर्ने हिम्मतका साथ नेपालीमूलका प्रवासीको पहलमा स्थापना भएको र बामे सर्दै गरिरहेको पहिलो कम्पनी सगुनलाई सफल बनाउन विश्वभरिबाट नेपाली समुदायबाट सकारात्मक र सिर्जनशील सुझाव र सल्लाहको अपेक्षा गर्दछौँ ।

सगुन ब्राण्डलाई बिगार्ने गलत मनसायबाट तथ्य कुराहरुका बारेमा जानकारी नलिई कपोलकल्पित झुटा कुराहरु प्रचारप्रसार गरी सगुनका लगानीकर्ता, शुभचिन्तक तथा प्रयोगकर्ताहरुमा भ्रम सिर्जना गर्ने उद्देश्यका साथ आएका सम्पूर्ण समाचारहरुको खण्डन गर्दछौँ ।

अमेरकामा दर्ता भएर  नेपालको कानूनलाई पूर्ण रुपमा पालना गर्दै  नेपालमा समेत कार्यालयको स्थापना गरी सञ्चालन भएको सगुन कम्पनीका सम्वन्धमा दुवै देशका नियम कानुन अनुरुप संचालित छ ।  र भर्खरै सुरु भएको  'स्टार्ट अप' कम्पनीको काम गर्ने तरिकाका बारेमा सीमित सूचनामा प्राप्त गरेको भरमा भ्रमपूर्ण जानकारी सम्प्रेषण नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौँ । यस्तै सगुनलाई विश्वास र माया गर्नुहुने सम्पूर्ण लगानीकर्ता, शुभचिन्तक तथा प्रयोगकर्तालाई यस्ता भ्रम र अन्योलमा नपर्न यसै विज्ञप्तिमार्फत् अनुरोध गर्दछौं ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x