×

NMB BANK
NIC ASIA

अर्को रणनीति बनाउँदै प्रचण्ड–नेपाल

असार २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घण्टा बसे। जति बसाइ लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो। तर, छुटुन्जेलमा मन त माझियो। कुरा बाझिएरै रह्यो।

Muktinath Bank

‘दुई अध्यक्षबीच खुलेरै कुराकानी भएको छ’, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सँगै रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले भने, ‘तर, विषयवस्तुमा ठोस सहमति भएको छैन। अर्को राउन्ड फेरि छलफल हुने भएको छ।’ छलफलमा महासचिव विष्णु पौडेल पनि थिए। उनले पनि सञ्चारमाध्यमलाई ओली र दाहालबीच खुलस्त कुराकानी भएको र आफूलाई लागेका कुराहरू दुवै अध्यक्षले राखेको जानकारी गराएका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सम्बन्ध नट गुड, नट ब्याड (न राम्रो, न खराब) भयो’, बैठकको उपलब्धिबारे बालुवाटार स्रोतले भन्यो।


Advertisment
Nabil box
Kumari

ओलीसँगको बालुवाटार छलफलबारे दाहालले आफ्नो निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई बोलाएर शुक्रबार साँझ जानकारी गराएका छन्। त्यहाँ सहभागी एक सचिवालय सदस्यका अनुसार, ओली शुक्रबारको छलफलमा पनि आफ्नो अडानमा यथावत् छन्। वरिष्ठ नेता खनालले अन्नपूर्णसँग भने, ‘दुई अध्यक्षबीच बालुवाटारमा भएको छलफल हामीलाई प्रचण्ड कमरेडले बिफ्रिड गर्नुभयो। कुरा मिलेनछ। अडानमै उहाँ (प्रधानमन्त्री) देखिनु भएको छ। अब स्थायी समितिबाटै कोर्स अगाडि बढ्छ।’

Vianet communication
Laxmi Bank

अर्का एक सचिवालय सदस्यका अनुसार, दाहाल बालुवाटार पुगेपछि भएको छलफलको प्रारम्भमै ओलीले आफ्नो पुरानै अडान दोहो¥याउँदै भनेका थिए, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विषयमा कुरा गर्न आउनु भएको भए त्यो कुरै नगरौं, त्यो च्याप्टर क्लोज भयो। त्यो कुनै सम्भावनै छैन, अरू केही कुरा छन् भने गरौं।’

दाहालले पार्टीभित्र उठेका विषयमा छलफल नगर्ने भन्न नसुहाउने भन्दै एकता जोगाई राख्नुपर्ने र पार्टीको निर्णयलाई सबैले मानेर जाने गरी अगाडि बढ्नुपर्ने आग्रह गरेका थिए। त्यसपछि ओलीले दाहालसँग भने, ‘पार्टी एकता सकेसम्म गर्ने हो। तर पार्टी अहिले फुटे बराबर छ। तपाईंले भोलि कारबाही गर्नुस्, त्यसपछि म अर्काे पार्टी बनाउँछु।’

त्यति मात्र होइन, दाहाललाई ओलीले शुक्रबारको छलफलमा वरिष्ठ नेता माधव नेपाल वा आफ्नो टिममध्ये कुनमा बस्ने रोज्नसमेत आग्रह गरेका थिए। ‘उहाँ (प्रधानमन्त्री) ले पार्टी एकता कायम गर्ने हो भने अध्यक्ष र प्रधानमन्त्रीको कुरा भएन, अर्काे एउटा पनि निर्णय गर्नुहोस् तपाईंले मेरो टिममा बस्ने हो कि माधव नेपालको टिममा बस्ने हो ? फैसला गर्नुहोस्सम्म मलाई भन्नुभयो’, ओलीले आफूलाई राखेको प्रस्ताव सुनाउँदै दाहालले ब्रिफिङमा भने।

दाहालले भने पार्टीको निर्णयलाई मानेर जानुपर्नेमै ओलीलाई जोडबल गरेका थिए। ‘एकीकृत पार्टी भइसकेपछि कहाँ त्यस्तो हुन्छ ? तपाईं (प्रधानमन्त्री) ले त्यागको कुनै भावना नै देखाउनु भएन, यस्तो पनि हुन्छ ? ’ दाहालको यस्तो प्रश्नपछि ओलीले भने, ‘मैले गल्ती गर्दिनँ।’

दुई अध्यक्षबीचको छलफलमा कुरा नमिलेपछि महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्माले फेरि पनि छलफल गर्ने र अविश्वास हटाउने विषयमा जानुपर्ने मत राखेका थिए। त्यसपछि भने ओलीले शनिबारको पार्टी स्थायी समिति बैठक अगाडि पुनः एकपटक बस्ने र छलफल गरेर हेरौं भन्दै दाहाललाई बिदाइ गरेका थिए।

दाहाल–नेपाल पक्षले शनिबार ओलीसँग दाहालले गर्ने छलफल पनि सकारात्मक नदेखिए पुनः सचिवालयका नेताहरूको बैठक बसेर कसरी जाने भन्ने प्रक्रिया टुंगो लगाउने भएका छन्। ‘अब उहाँहरूबीचको शनिबार हुने छलफल हेरौं। त्यहाँ पनि प्रधानमन्त्री टसमस नभई आउनुभयो भने हामी स्थायी समिति बैठक अगाडि सचिवालयका साथीहरू बस्छौं। त्यसपछि स्थायी समिति बैठकमा केन्द्रीय समिति बैठक बोलाउने गरी निर्णय गरेर जान्छौं, त्यही दिशामा हाम्रो छलफल छ,’ ती सचिवालय सदस्यले अन्नपूर्णसँग भने। दाहालसँगको छलफलमा ओलीले ४ मंसिर २०७६ मा दुई अध्यक्षबीच भएको अधिकार बाँडफाँटको सहमतिलाई थप व्याख्या स्थायी समितिबाट गरेर जान भने आफू तयार रहेको बताएका थिए। तर दाहालले परिस्थिति त्यसभन्दा धेरै अगाडि गएकोले विगतका सहमति, सम्झौतामा मात्र अब नअड्किने धारणा राखेका थिए। तर त्यसमा ओली सहमत देखिएका छैनन्।

२ जेठ २०७५ मा ओली र दाहालबीच भएको लिखित पाँचबुँदे सम्झौतामा अढाई वर्षपछि आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख भएको विषयमा विवाद बढेपछि विवाद मिलाउन २०७६ मंसिर ४ मा अर्काे समझदारी भएको थियो। त्यसमा दाहाललाई दल र ओलीलाई पाँच वर्ष नै सरकार सञ्चालन गर्न दिने सहमति भएको थियो। तर पनि नेकपाभित्र ओली दाहाल संघर्ष रोकिएन। त्यो अहिले बढेर उत्र्कषमा पुगेको छ।

पार्टी विवाद उत्कर्षमा पुगेपछि शुक्रबार एक दिनका लागि स्थायी समिति रोकेर नेताहरू सहमतिको मिलनबिन्दु खोजीमा जुटेका थिए। दुई अध्यक्ष मात्र होइन, दोस्रो पुस्ताका नेताहरू पनि शुक्रबार दिनभर एकअर्काे पक्षबीच छरिएरसमेत ‘साइडलाइन’ छलफलमा बसेका थिए।

पार्टीभित्र देखा परेको विवादलाई पूर्णविराम लगाउने उपायको खोजीमा शुक्रबार दोस्रो पुस्ताका नेताहरू ताते पनि उनीहरूले पनि सहमति फेला पार्न सकेका छैनन्। अध्यक्षकै तहमा चर्काे असमझदारीपछि करिब एकतामै ब्रेक लाग्ने देखेपछि एकता भत्काउन नदिन दोस्रो तहका नेताहरू जुर्मुराएका थिए। शुक्रबार बिहान कृषिमन्त्री तथा स्थायी समिति सदस्य घनश्याम भुसालको पुल्चोकस्थित निवासमा ओली, दाहाल र वरिष्ठ नेता नेपाल तीनै पक्षका नेताहरू जुटेर छलफल गरेका थिए।

छलफलमा भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, मणि थापा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, वर्षमान पुन, शक्ति बस्नेतलगायत सहभागी थिए।

पार्टीका दुवै अध्यक्षलाई भेट गरी २ जेठ २०७५ को पाँचबुँदे सहमति र २०७६ मंसिर ४ को दुई अध्यक्षबीचको कार्य विभाजनकै आधारमा टेकेर कुनै न कुनै मिलन बिन्दु खोजी गर्न दबाब दिने निष्कर्ष ती नेताहरूले निकालेका थिए। मिलनबिन्दु पत्ता नलाग्दा ओलीले पनि बालुवाटारमा आफू निकट नेताहरूसँग छलफल जारी राखेका थिए। माधव नेपालले पनि स्थायी समिति सदस्य वेदुराम भुसाल, भीम रावललगायतसँग आफ्नै निवास कोटेश्वरमा भेट गरेका थिए।

उता राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाभित्रको विवादमा चासो देखाउँदै नेताहरूलाई सहमतिका लागि आग्रह गरिरहेकी छन्। उनले शुक्रबार बिहान उपाध्यक्ष वामदेव गौतमसँग भेट गरी छलफल गरेकी थिइन्। त्यस्तै, नेकपाका युवा केन्द्रीय सदस्यले केन्द्रीय कार्यालयमा पार्टी विवादमा उपयुक्त विकल्पसहित समाधान खोज्न माग गर्दै धर्ना दिएका थिए। नेताहरू जगन्नाथ खतिवडा, डा. विजय पौडेल, ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाँक्री, दिलुकमारी पन्तलगायत नेताले पार्टीलाई विभाजनबाट रोक्नुपर्ने, विधि प्रक्रियाबाट समाधान निकाल्नुपर्ने भन्दै दिउँसो तीन घण्टा धर्ना दिएका थिए। अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले समाचार लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x