माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
भारतीय सुरक्षाकर्मीहरूको हौसला बढाउन लद्दाख पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनतर्फ लक्षित गर्दै विस्तारवादीको युग सकिएको बताएका छन् । शुक्रबार बिहान लद्दाख पुगेका मोदीले त्यहाँ रहेका इन्डिया–तिब्बत बोर्डर पुलिस, भारतीय स्थल र वायु सेनाका जवानहरूलाई लद्दाखको निमुमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा त्यस्तो धारणा राखेका हुन् ।
‘विस्तारवादको युग सकियो, यो विकासको युग हो,’ उनले सुरक्षाकर्मीलाई सम्बोधन गर्दै भनेका छन् । साथै उनले भारतीय जनता विश्वास र करुणाबाट नै साहस पलाउँछ भन्ने गौतम बुद्धको सन्देशबाट प्रेरित रहेको समेत बताएका थिए । त्यसैगरी उनले भारत सँगै शान्ति र मित्रताको पक्षमा प्रतिबद्ध रहेको, तर यो भारतको कमजोरीका रूपमा हेर्न नहुनेसमेत चेतावनी दिएका छन् । मोदीको साथमा चिफ अफ डिफेन्स स्टाफ विपित रावत र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे पनि लद्दाख गएका थिए ।
मोदीको भनाइको चीनले भने खण्डन गरेको छ । नयाँदिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता जी रंगले चीनलाई विस्तारवादी भन्नु आधारहीन भएको बताएका छन् । ‘चीनलाई विस्तारवादी देख्नु निराधार हो, साथै यसले छिमेकीहरूसँगको विवाद र असमझदारीलाई अतिरन्जित र तोडमोड गर्ने प्रयास हो,’ रंगले आफ्नो ट्वीटरमा लेखेका छन् ।
साथै उनले चीनले आफ्ना १४ वटा छिमेकीमध्ये १२ वटासँग शान्तिपूर्ण तरिकाले सीमा निर्धारण गरेको समेत उल्लेख गरेका छन् ।
त्यसअघि मोदीको भ्रमणकै सम्बन्धमा पनि चीनले चासो व्यक्त गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि दुई देशबीचको तनाव कम गर्न कूटनीतिक र सैन्यस्तरमा सम्पर्क र छलफल चलिरहेको हुँदा कुनै पनि पक्ष परिस्थितिलाई थप चर्काउने काममा संलग्न हुन नहुने बताएका थिए ।
दुई देशबीच करिब आधा दर्जन क्षेत्रमा सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभागमा त दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो ।
चीन र भारतबीचको विवादास्पद र प्रस्ट किटान नभएका सीमालाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) बाट छुट्याइएको छ । र, यही एलएसी क्षेत्रमाथि दाबीलाई लिएर दुवै मुलुकबाट बेलाबखत एलएसीको उल्लंघन हुँदै आएको छ । यस पटकको विवाद पनि त्यही एलएसीको उल्लंघनलाई लिएर भएको हो । त्यसमा पनि विगत केही महिनायता गलवान उपत्यका, तातोपानी र प्यानगंग ताल क्षेत्रमा तनाव कायम थियो । तनाव बढ्ने क्रमसँगै दुवै मुलुकले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति पनि बढाउँदै लगेका थिए । र, १५ जुनको राति त दुवै पक्षबीच हिंसात्मक घटना नै भयो ।
उक्त झडपमा बीस भारतीय सैनिकको मृत्यु भएको थिया । चीनतर्फ भएको हताहती अझैसम्म पनि पुष्टि हुन सकेको छैन । पछिल्लो विवादमा चीनले भारतमाथि आफ्नो भूमिमा अनधिकृत रूपमा प्रवेश गरेर र सीमासम्बन्धी पूर्वाधार निर्माण गरेको आरोप लगाएको छ भने भारतले भने आफ्ना सैनिकहरू आफ्नैपट्टि रहेको बताएको छ । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विभिन्न स्रोतबाट प्राप्त स्याटलाइट तस्बिरहरूलाई आधार बनाउँदै दुवै पक्षबाट एलएसीको नजिकै सडक र टेन्ट बनाइरहेको खुलासा गरेका थिए ।
४५ वर्षयता भारत र चीनबीचको सीमा विवादका कारण मानवीय क्षति भएको पहिलो पटक हो । त्यस घटनापछि चीन र भारतबीचको सम्बन्ध तनावपूर्ण रहँदै गएको छ । एसियाका दुई आणविक मुलुकबीचको तनावले पूरै एसियामा युद्धको भय सिर्जना गरेका कारण संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्था र विभिन्न मुलुकहरूले दुवै पक्षलाई संयम अपनाउन आग्रह गर्दै आएका छन् ।
घटनापछि एसियाका दुई आवणिक छिमेकी मुलुकबीचको अविश्वास चुलिएको छ । र, घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गर्दै आएका छन् । तनाव कम गर्न दुई देशबीच कूटनीतिक र सैन्यस्तरमा छलफल भए पनि ठोस समझदारी भने बनेको छैन । दुवै देशका उच्च सैनिक कमान्डर तहमा तीन पटकसम्म वार्ता भइसकेको छ । तर, ती वार्ता पनि अनिर्णीत नै रहेका थिए । सुरक्षा मामिलाका जानकारहरूले गलवान घटनाबाट सिर्जित तनाव लामो समयसम्म रहने दाबी गर्दै आएका छन् । यसअघि सन् २०१७ मा पनि चीन र भारतबीच भुटानको त्रिदेशीय बिन्दु दोक्लाम क्षेत्रलाई लिएर पनि ७३ दिनसम्म तनाव भएको थियो ।
गलवानको हिंसात्मक झडपपछि यता भारतमा मोदीले विपक्षीहरूबाट घटनाका सम्बन्धमा प्रस्ट जानकारी सार्वजनिक नगरेको र चीनसामु झुकेको भन्दै चर्को आलोचना खेप्दै आएका छन् । उनको शुक्रबारको भ्रमणलाई सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीको मनोबल उठाउन र विपक्षीहरूलाई सरकार आफ्नो भूमिको रक्षार्थ जुनसुकै कदम चाल्न पनि तयार रहेको सन्देश दिने उद्देश्यबाट प्रेरित रहेको विश्लेषण गरिएको छ । लद्दाखमा रहँदा मोदीले गलवान घटनाका घाइतेहरूलाई पनि भेटेका छन् ।
पछिल्लो तनाव सुरु भएयता भारतले चीनमाथि दबाब सिर्जना गर्न उसका उत्पादन र लगानीलाई निरुत्साहित गर्ने नीतिसमेत लिन थालेको छ । विशेषगरी देशभित्र चीनसँगको आर्थिक व्यापारिक सम्बन्ध नै तोड्ने दबाब बढ्दै गएपछि मोदी सरकारले चीनलाई लक्षित गरेर आर्थिक र व्यापारिक क्षेत्रमा कडाइ गर्न थालेको छ । त्यसैअनुसार चीनमा निर्मित ५९ वटा मोबाइल एप्सको प्रयोगमा रोक लगाइएको छ ।
त्यसमा भारतमा सर्वाधिक लोकप्रिय मानिने टिकटक एप्ससमेत समावेश छ । त्यति मात्र होइन, यसबीचमा चिनियाँ कम्पनीले पाएका कतिपय ठूला ठेक्का पनि तोडिएका छन् । र, चीनबाट हुने सामानको जाँचमा पनि कडाइ गर्न थालिएको छ । त्यसो त गलवान घटनाअघि नै भारतले चिनियाँ लगानीमाथि अंकुश लगाउन वैदेशिक लगानीसम्बन्धी नीति नै संशोधन गरेको थियो । कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...