×

NMB BANK
NIC ASIA

पशुपालन पौरख : अमेरिकाबाट १ महिनामै फर्केर गाई पालेपछि डेढ अर्बका मालिक

असार २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली समाजले केही दशकयता रोजगारीका लागि युवा पलायनको समस्या झेलिरहेको छ । धेरै नेपाली युवाहरू मध्यपूर्वका देश (साउदी अरब, कतार, मलेसिया र दुबई) गएका छन् भने केही अध्ययन र बिजनेशका लागि पनि युरोप र अमेरिका छिरे ।

Sagarmatha Cement
Muktinath Bank

युरोप छिरेकाहरू बिरलै नेपाल फर्किने गरेको पाइन्छ तर रुपन्देहीको तिलोत्तमाका शशी पौडेल सरकारी जागिर र त्यसमाथि सपनाको देश अमेरिकाको भिसा पाएर पनि दुवै त्यागेर देशमै केही गर्न गाई पालेर बसेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राम्रो कमाइ गर्न युरोप अमेरिका जानुपर्छ भन्ने मान्यतालाई छाडेर गाईपालन रोजेको पौडेलले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ टिकुलीगढस्थित लुम्बिनी एग्रो प्रोडक्टस् एन्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक पौडेल १० वर्षभित्रै देशकै अगुवा व्यावसायिक पशुपालक किसान बनेका छन् ।


Advertisment
Nabil box
Kumari

नामी किसान पौडेल भन्छन्, ‘म अमेरिका गएको भए पनि सन्तुष्ट हुने थिइनँ होला, अहिले देशमै गाईपालनले पूर्ण सन्तुष्टि दिएको छ ।’ पशुपालक कृषक पौडेलको फर्म हेर्न पुग्ने जोकोहीले पनि फरक सोच र योजना भए नेपालमा नै केही गर्न सकिन्छ भन्ने सोच बनाएर फर्किन्छन् ।

Vianet communication
Laxmi Bank

२०६७ वैशाखदेखि २५० वटा होलेन्टोर र जर्सी गाईपालनबाट व्यवसाय शुरू गरेका हुन् उनले । तीमध्ये केही गाई स्वदेशी र केही अन्य देशबाट ल्याइएका थिए । अहिले उनको फर्ममा साना–ठूला गरी ५५० गाई पुगेका छन् । फर्ममा गाई दुहुने मशिन छन्, मानिसले दुुहुनु पर्दैन । एउटा मशिनले एक पटकमा दर्जन वटासम्म गाई दुहुन सक्छ । 

नेपाली कृषि उत्पादनमा लगानी बढी हुँदा अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने कृषक पौडेलको ठम्याइ छ । युरोपका विभिन्न देशका कृषि क्षेत्रको अध्ययन र फर्ममा समेत पुगेका पौडेल भन्छन्, ‘नेपाल र अन्य देशको कृषि क्षेत्र आकाश जमिनको जस्तै फरक छ । त्यहाँ राज्यले किसानलाई धेरै प्रोत्साहन गर्छ । नेपालका नेता र सरकारले भाषणमा मात्रै देश विकासको कुरा गर्छन् अनि कसरी हुन्छ कृषि क्षेत्रको विकास र समृद्धि ?’

स्थापनाको समयमा ५ जनाको सामूहिक २५ करोड रुपैयाँ लगानीबाट फर्म सञ्चालन गरिएको थियो तर साथीहरूले हात झिकेपछि फर्म अहिले पौडेलको एकल लगानीमा चलेको छ । अहिलेको बजारमूल्य अनुसार फर्म डेढ अर्बको भएको छ । 

उनले गाईलाई चाहिने हरियो घाँस २५ बिगाहा क्षेत्रमा लगाएका छन् । उनले भने, ‘लकडाउनपूर्व दैनिक २ हजार ५०० लिटर दूध उत्पादन हुने गरेको थियो । अहिले घटेर १ हजार ५०० लिटरमा झरेको छ । दाना राम्रोसँग बजारमा नपाइँदा गाईले दूध घटाए ।’ फर्मबाट उत्पादित दूध बुटवल, तिलोत्तमा र भैरहवा क्षेत्रमा जान्छ ।  लकडाउनको शुरूको चरणमा दूध बिक्री नभएपछि पौडेलले दूध गाईलाई नै खुवाएका थिए ।

फर्ममा दूध चिस्साउने मशिन पनि छ । गाईबाट बाच्छी मात्र जन्माउन मिल्ने ‘सेक्समिन ब्रिडिङ’ प्रविधि पनि छ । घाँस काट्ने मशिन, प्रांगारिक मल कारखाना, दाना उद्योग पनि छ । फर्ममा सीसीटीभी क्यामरामार्फत अनलाइन मनिटरिङ गरिन्छ । अहिले फर्म नजिकै गोबर ग्यासबाट ४० केभीए विद्युत् पनि उत्पादन गरिएको छ । ‘अब हामीलाई विद्युत् चाहिँदैन । हामीलाई चाहिने विद्युत् आफैं निकालेर चलाएका छौं,’ उनी भन्छन्, ‘अमेरिका नगएर मातृभूमि प्रतिको दायित्व पनि पूरा गरे । म पनि गाई पालेर पूर्ण सन्तुष्ट भएँ ।’

पर्वतको साबिक कुर्घा गाविस–७ मा जन्मिएका पौडेल ५० वर्षका भए । बाल्यकाल पर्वतमा बिताएका पौडेल ८ कक्षा पढ्न रुपन्देही झरेका थिए । २०४२ सालमा एसएलसी दिएपछि पढ्ने र पढाउने क्रम शुरू भयो । २०५० सालमा प्राथमिक तह अन्तर्गत स्थायी शिक्षकमा नाम निकाले । त्यसपछि विभिन्न विद्यालयमा ९ वर्ष पढाएर उनले शिक्षकबाट राजीनामा दिए ।

‘व्यापार गर्ने मन थियो तर हातमा चक र डस्टर,’ उनी भन्छन्, ‘मनले मानेन, पढाएरभन्दा आफूलै नै केही व्यापार गर्छु भन्ने लाग्यो अनि घरमा भनेर व्यापार गर्ने सोच अगाडि बढाएँ ।’

पढाउँदाको केही पैसा र घरबाट सहयोग मिलेपछि उनले नवलपरासीमा पेट्रोल पम्प खोले । त्यो खोल्दा नै उनी अमेरिका जाने प्रक्रियामा थिए । अमेरिका जाने, उतै व्यापार गर्ने सपना थियो । उनले भनेझै अमेरिकाको भिसा लाग्यो । उनले पेट्रोल पम्प बिक्री गरे । सन् २००१ सेप्टेम्बर १९ गते ५ वर्षे मल्टिपल भिसा लागेर पौडेल अमेरिका उडे ।

अमेरिकामै पेट्रोल पम्प खोल्ने र व्यापार गर्ने सपना देखेका उनलाई अमेरिका बस्न मनले मानेन । उनी भन्छन्, ‘परदेशमा भन्दा आफ्नो देशमा केही गर्ने सोच बदलियो । त्यसपछि भिसा त्यागेर १ महिना नपुग्दै नेपाल फर्किएँ ।’ त्यसपछि उनले अब नेपालमै नमूना व्यावसायिक पशुपालनको योजना बनाए । शुरूआती समयमै ठूलो लगानी गर्न आँटिए उनी ।

गाईलाई आवश्यक पराल र दाना किसानबाट खरिद गरे पनि फर्मलाई चाहिने आवश्यक हरियो घाँस २ सिजन आफैं लगाउँछन् । फर्मबाट वर्षमा ३०० गाईका बाच्छी बिक्री पनि गरिन्छ । हाल फर्मको आम्दानी वार्षिक १५ करोड रुपैयाँ बढी रहेको छ । फर्ममा ३० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । पौडेलको कृषि कर्मबाटै ३ छोरा र १ बुहारी बेलायतमै अध्ययन गर्छन् ।

सफल कृषकको पहिचान बनाएका पौडेल अहिले रुपन्देहीका विभिन्न संघसंस्थामा आवद्ध भएर समाज सेवामा पनि सक्रिय छन् । फर्मबाट उत्पादित बायोग्यास आफूलाई चाहिनेभन्दा बढी बोटलिङ गर्ने र पाइपबाट नजिकका ग्राहकलाई वितरण गर्ने उनको योजना छ । १० करोड लगानीमा बनेको बायोग्यास प्लान्ट नेपालमै रहेको उनले बताए ।

पौडेलले पशुपालन गरेको छोटो समयमै धेरै पुरस्कारहरू हात पारेका छन् । विश्व खाद्य संगठनदेखि नार्क लगायत संस्थाबाट उनले विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट विकास रत्न विभूषणबाट विभुषित भएका छन् उनी । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री विभुषणबाट विभुषित भइसकेका छन् । गत फागुनमा प्रदेश स्थापना दिवसमा प्रदेश ५ सरकारले पनि प्रदेश रत्न पदकबाट उनलाई सम्मान गरेको छ । 

एग्रो प्रोडक्टस एन्ड रिसर्च प्रालि कृषि अध्ययन गर्ने विद्यार्थीका लागि अध्ययनको थलो बन्दै गएको छ । बर्सेनि विद्यार्थीहरू फर्म हेर्न आउने गर्दछन् । गत वर्ष पनि ३० भन्दा बढी टोलीले फर्मको अवलोकन गरेको पौडेलले बताउँछन् । विद्यार्थीहरू मात्र नभई पशुपालक कृषकको भ्रमण टोलीले पनि फर्मको अवलोकन गर्ने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x