×

NMB BANK
NIC ASIA

९५ प्रतिशत साइबर असुरक्षाको कारण मानवीय त्रुटी

असार २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वमा प्रविधिको प्रयोगले मानिसको दैनिकीलाई निकै सहज बनाए पनि सावधानी अपनाउन नसक्दा अपराधका घटनाहरू बढ्दै गएका छन् ।

Muktinath Bank

लकडाउनको अवधिमा प्रविधिको प्रयोग बढेसँगै साइबर अपराध पनि बढ्दै गएको विज्ञहरूले बताएका छन् । साइबर अपराध प्रविधिको प्रयोगमा सावधान हुन नसक्दा अधिकांश मानवीय त्रुटिको कारण नै हुने गरेको विज्ञहरूको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साइबर अपराध विज्ञ नारायण कोइरालाले साइबर अपराध बढ्नुमा मानवीय त्रुटीको नै सबैभन्दा ठूलो कारण रहने बताए । प्रविधिलाई प्रयोग गर्ने तर सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुँदा साइबर अपराध बढेको उनले बताएका छन् । उनका अनुसार करिब ९५ प्रतिशत साइबर अपराधहरू मानवीय त्रुटीका कारण हुने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

कर्पोरेट संस्थाहरू पहिले पनि यस्ता साइबर आक्रमणहरू देखिने गरिए पनि पछिल्लो समयमा भने देशमा सरकारी र वित्तीय संस्थाहरूमा पनि साइबर आक्रमण बढ्दै गएको उनको अनुभव छ । ठूला संस्थाहरूमा भएका आक्रमण मात्रै जानकारीमा आउने तर व्यक्तिगत र साना संस्थामा भएका गतिविधि अझै छायाँमा भएको उनको बुझाइ छ ।

Vianet communication
Laxmi Bank

साइबर आक्रमणले साना संस्थाहरूलाई पनि उत्तिकै प्रभाव पारेको छ । आफूले कस्तो प्रविधि प्रयोग गरिरहेको छु र त्यसलाई सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भनेर थाहा नहुँदा र वास्ता नगर्दा यस्तो घटनाहरू धेरै घट्ने गरेको उनले बताए ।

प्रविधिको प्रयोगकर्ताहरू प्रविधिलाई कसरी सुरक्षित रूपमा प्रयोग गर्ने भन्ने बारेमा मात्र नभइ साइबर अपराधको विरुद्ध कहाँ गएर रिपोर्ट गर्ने, कस्तो खालको एक्सन लिने भन्ने विषयमा पनि अनविज्ञ नै रहेको उनले बताए । साइबर अपराधीहरूले प्रोत्साहन पाइरहनुमा प्रयोगकर्ताहरूलाई जानकारीको कमी नै मुख्य कारण हो ।

प्रविधिको पहुँच बढेसँगै दैनिकजसो प्रयोग गरिने मोबाइल एप्लिकेसनहरू पनि सुरक्षित रूपमा प्रयोग गर्न नसक्दा ह्याकरहरूले सानो सानो जानकारीहरू पनि सजिलै पाइरहेका छन् । “ह्याकरले ह्याक गरेको भन्दा नि जानकारीका अभावमा त्यसलाई हामीले नै पहुँच दिएका हो,” उनले भने, “साइवर आक्रमण न्यूनीकरण गर्नको लागि सबैभन्दा सुरुमा प्रयोगकर्ता नै सचेत हुनुपर्छ अनि प्रविधिको भर पर्ने भन्दा पनि प्रविधिको प्रयोगलाई सुरक्षित गर्नुपर्छ ।”
साइबर आक्रमणबाट बच्नको लागि आफूले प्रयोग गरिरहेको प्रविधिको समयसमयमा सुरक्षा परीक्षण गरिरहनुपर्ने कोइराला बताउँछन् । सानो होस् या ठूलो हरेक संघ संस्थाहरूले आफ्नो छुट्टै प्रविधि गाइडलाइन बनाउने, कम्पनीको आईटी अडिट गर्ने काम गर्न उनको सुझाव छ । काराेबार दैनिकमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x