×

NMB BANK
NIC ASIA

राष्ट्रपति भण्डारीसँग प्रचण्डसहितका नेताको भेट, महाभियोगको हल्ला निराधार भएको स्पष्टोक्ति

असार २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने हल्ला निराधार रहेको भन्दै त्यस्तो अफवाहको विश्वास नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

स्रोतका अनुसार नेकपाका तीनै शीर्ष नेताहरूले आफैले चुनेको राष्ट्रपतिलाई महाभियोग लगाउने हल्लामा कुनै सत्यता नभएको भन्दै स्पष्ट पार्न खोजेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जवाफमा राष्ट्रपति भण्डारीले आफूले पनि त्यसो होला भनेर कल्पना नगरेको बताइन् । उनले नेताहरूलाई पार्टी एकता नतोड्ने गरी सहमतिको बाटो खोज्नसमेत आग्रह गरेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति भवन शितलनिवासमा आइतवार भएको भेटवार्तामा नेताहरुले राष्ट्रपति जस्तो सम्मानित पदलाई विवादमा ल्याउने कुनै मनसाय नभएको स्पष्ट गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँगको भेटमा राष्ट्रपतिविरुद्ध षडयन्त्र भइरहेको बताएका थिए । 

Vianet communication
Laxmi Bank

राष्ट्रपतिविरुद्ध आफूहरुले षडयन्त्र गरेको भन्ने प्रधानमन्त्री ओलीको आरोपपछि प्रचण्ड, नेपाल र खनालले राष्ट्रपतिसँग भेट्न समय लिएका थिए । 

‘प्रचण्डले शुक्रवार भएको भेटमा पनि यो कुरा स्पष्ट पारिसक्नु भएको थियो, प्रधानमन्त्रीले आरोप लगाएपछि तीनै जना नेताहरू राष्ट्रपतिलाई भेट्न जानुभएको हो,’ नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने । 

स्थायी कमिटीमा धमाधम आफ्नो राजीनामा माग्न शुरू भएपछि प्रधानमन्त्री ओलीले आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भएको भन्दै कुनै पनि हालतमा राजीनामा नदिने बताउँदै आएका छन् । शनिवार साँझ राज्यमन्त्रीसहित सबै मन्त्रीहरूलाई बालुवाटार बोलाएर जुनसुकै अवस्थामा पनि तयार रहन आग्रह गरेका थिए ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x