×

NMB BANK
NIC ASIA

नेपालमा चिनियाँ राजदूतको सक्रियताले भारत चिन्तामा

असार २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनका अधिकांश कूटनीतिकर्मीहरूले उक्त देशको परराष्ट्रनीतिलाई कठोर तरिकाले अघि बढाइरहेको भए पनि नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालीहरूको मन जित्न सौम्य उपाय अपनाइरहेकी छन् । 

Muktinath Bank

उनले काम गर्ने तरिकाले अन्य चिनियाँ राजदूतको भन्दा फरक छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चिनियाँ कूटनीतिकर्मीहरूका लागि वुल्फ वारियर नाम दिएका छन् किनकि उनीहरू उग्र र अमर्यादित तरिका अपनाउँछन् र आधारहीन षड्यन्त्र रचेको आरोप लगाउँछन् भन्ने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

नेपाललाई चीनको निकट बनाउनका लागि राजदूत होउ सफल भएको भन्दै नेपाल र भारतको मिडियामा चर्चा कमाएकी छन् । 

Vianet communication
Laxmi Bank

नेपालमा चीनको राजनीतिक जरा बलियो बन्नमा भारतको नीति जिम्मेवार रहेको धेरै मानिसको मान्यता छ । 

भारत र नेपालले सीमाविवादलाई वर्षौंसम्म त्यत्तिकै छोडेर समाधान गरेनन् । दुई देशबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध बलियो भए पनि एकअर्काप्रति विश्वासको वातावरण छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले उग्रराष्ट्रवाद जगाएर नेपाल भारत सम्बन्धलाई नयाँ तरिकाले परिभाषित गर्न खोजेको बताइन्छ । 

नक्सा जारी गर्ने कदम चालेर ओलीले भारतलाई छक्क पारेको बताइन्छ । सन् २०१८ मा भएको चुनावमा ओलीले भारतविरोधी अभियान चलाएका थिए र भारतले नेपालको राजनीतिमा धेरै दखल दिने गरेको बताएका थिए । 

त्यसक्रममा चीनले आर्थिक तथा अन्य सहयोगको माध्यमले नेपालसँगको सम्बन्ध बलियो बनाउन खोजिरहेको थियो । 

दुई वर्षदेखि राजदूत होउले संसारलाई चीन नेपालका लागि धेरै काम गरिरहेको बताउँदै आएकी थिइन् । 
 

होउ सामाजिक सञ्जाल, विशेषगरी ट्विटर, मा बढी नै सक्रिय छिन् । चीनमा ट्विटर प्रतिबन्धित छ तर चिनियाँ राजदूतहरू आफू चाहिँ ट्विटरमा बढी नै सक्रिय छन् । 
 

होउको अकाउन्टमा ४० हजारभन्दा बढी फलोअर छन् र उनी चीन–नेपाल सम्बन्ध गहिरो भएको याद दिलाइरहन्छिन् । 

कोरोना महामारीका बेलामा नेपाललाई चीनले दिएको सहायताका बारेमा उनले धेरै ट्वीट गरिन् । 

उनी सबैकुरा चुपचाप गर्छिन् । काठमाडौंबाट निस्कने एक अंग्रेजी दैनिकमा माओको फोटो छापिँदा मात्र उनी क्रुद्ध बनेकी थिइन् । 

उनी चीन र नेपालको निकटता बढ्दै गएको विषयलाई निकै सराहना गर्छिन् । 
 

होउले काम गर्ने तरिका भारतको भन्दा ठ्याक्कै उल्टो छ । 

नेपालले लगातार कोशिश गरिरहेको भए पनि भारत सीमाविवादका लागि तयार भएन र नेपालको जायज गुनासोलाई पनि चीनको उक्साहटमा आएर चालिएको कदम भनी अपमानित गरिरह्यो । 

नेपालमा चिनियाँ राजदूतको विनम्र दृष्टिकोणले राजनीतिमा कति दखल दिलाउन सकेको छ भन्ने पत्ता लगाउन गाह्रो छ । 

गुटमा विभाजित नेपाल कम्युनिस्ट पार्टीलाई टुट्न नदिन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । राजदूत होउले हस्तक्षेप नगरेको भए प्रधानमन्त्री ओली बाहिरिइसक्ने बताइन्छ । 
 

राजदूतहरू आफू खटिएको देशको आन्तरिक राजनीतिबाट टाढै रहन्छन् । तर नेपालमा त्यसो हुँदैन । 
 

होउ भारतका लागि चिन्ताको विषय बनेकी छन् । 

नेपाललाई भारतबाट अलग्याउनका लागि होउको दिमागले काम गरेको भनी भारतको एक अंग्रेजी न्युज च्यानल डब्ल्यूआईओएनले लेखेको छ ।

बीबीसी हिन्दीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x