कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
असार २१, २०७७
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा नेकपामा नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा पोखेका छन् । पूर्वएमाले र पूर्वमाओवादी दुवै गुटका नेता कार्यकर्ताले पार्टी एकतामै जोड दिएका छन् ।
स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले भावुक र अर्थपूर्ण ट्वीट गरेका छन् । ‘किन किन नेल्सन मन्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई सपनामा भेट्न पुगिएछ !’
स्मरणीय छ मण्डेला विश्वमै त्यागी र तटस्थ नेताको रुपमा चिनिन्छन् । यस्तै मनमोहन र कृष्णप्रसाद भट्टराई लोभभन्दा माथि रहेका नेताका रुपमा परिचित छन् ।
उपराष्ट्रपति पुत्र दीपेश पुनले शक्ति सन्तुलनका आधारमा पार्टी फुट्ने सम्भावना नरहेको लेखेका छन् । ‘नयाँ आधारमा नयाँ एकता र रुपान्तरणसहित सबै नेताको भावुक सम्बोधनसहित नेकपाको बैठक सकिन्छ,’ पुनले फेसबुकमा लेखेका छन् ।
राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले कार्यकर्तालाई एक अर्काविरुद्ध जथाभावी नबोल्न र नलेख्न सुझाव दिएका छन् ।
‘ए कमरेडहरु, कि हामी फुटिसक्यौं भन्नुस्, होइन भने सामाजिक सञ्जालमा आफ्नै नेता र सहयोद्धाको व्याक्तिगत चरित्रहत्या गर्न नलागौं । आज दलाल, भ्रष्ट अनि नानाथरिका आरोप लगाएकालाई भोली नेता, आदारणीय, भन्ने कि नभन्ने ? उसको आखाँमा आखा जुधाएर बोल्न सक्ने कि नसक्ने ?’ उनले फेसबुकमा लेखेका छन् ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...