×

NMB BANK
NIC ASIA

अपराध

फेसबूके प्रेमपछि ‘नक्कली बलात्कार’ : युवक ७ महिना थुनिएपछि उल्टै युवतीलाई कैद र जरिवाना

असार २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जबरजस्ती करणी गरेको मुद्दामा युवकमाथि आरोप लगाउने १ जना युवतीलाई चितवन जिल्ला अदालतले ६३ हजार जरिवाना र १ महिना जेल सजाय सुनाएको छ ।

Muktinath Bank

ती युवतीले पोखराका १ युवकलाई स्वेच्छाले भेट्न बोलाएर घुमघामपछि जबरजस्ती करणी गरेको भन्दै झूटो आरोप लगाएको प्रमाणित भएपछि चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले युवतीलाई २०७७ असार १५ गते १ महिना कैद र ६३ हजार जरिवाना गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती युवकलाई विना कारण झूटा आरोप लगाएर पर्न गएको क्षतिलाई ध्यानमा राखी मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) (ख) बमोजिम जरिवाना गरिएको न्यायाधीश रावलले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

‘विना कारण अरुलाई झूटा आरोप लगाउन पाइँदैन । यदि कसैले यस्तो काम गरेमा कानूनी व्यवस्था पनि छ भन्ने भान होस् भन्ने हेतुले यस्तो निर्णय गरेको हुँ,’ जिल्ला न्यायाधीश रावलले भने, विना कारणले कसैले पनि अरुमाथि आरोप लगाउन पाइँदैन । यदि आरोप लगाएको खण्डमा कानूनले कारवाही गर्छ भन्ने कुराको अरुलाई ज्ञान हुन जरुरी छ भन्ने यो घटनाले देखाउँछ । महिला भएकै आधारमा यदि कसैलाई जे पायो त्यही आरोप लगाउन पाइन्छ भन्ने मानसिकता पनि यसले चिर्नेछ ।’ 

Vianet communication
Laxmi Bank

युवकले जबरजस्ती करणी गरेको आरोप युवतीले लगाएकी थिइन् तर उनको स्वास्थ्य परीक्षणमा जबरजस्ती करणी गरेको नदेखिएपछि ती युवती आफैंले करणी नगरेको बयान अदालतमा दिएकी थिइन् ।

यस्तो थियो घटना

विक्रम संवत् २०७६ कात्तिक २४ गते पोखरा महानगरपालिका–३२ सातमुहाने बस्ने २१ वर्षीय विवेक पंगेनी सौरहा घुम्नको लागि चितवन आए । विवेक बा१३च ७२४ नम्बरको कारमा एक्लै चितवन घुम्न आएका थिए । चितवनको सौराहा नमूना भिलेज रेस्टुरेन्ट एन्ड गेस्ट हाउसको १०५ नम्बरको २ वटा बेड भएको कोठामा बसेका थिए ।

दशैं सकिएर तिहार पनि नआइसकेकाले उनी चितवनको सौराहा घुम्न संगीता (नाम परिर्वतन) को आग्रहमा चितवन घुम्न आएका थिए । कात्तिक २६ गते विवेक संगीता चितवनको क्षेत्रपुरमा रहेको बौद्ध गुम्बा र देवघाट घुमेपछि साँझ उनले संगीतालाई उनको घर जान बस लाग्ने ठाउँमा छाडेर गेस्ट हाउसमा बस्न गए ।

भर्खर १२ कक्षामा अध्ययनरत १९ वर्षीया संगीतालाई विवेकसँग घुम्न रमाइलो लागिरहेकै थियो । अर्को दिन साँझ भेट्ने योजनाले उनीहरू त्यसदिन छुट्टिएका थिए ।

अर्को दिन कात्तिक २७ गते विवेक र संगीताको भेटघाट हुने तय भएको थियो । विवेकले दिउँसो साथीसँगको घुमघाम सकिएपछि साँझ संगीतालाई भेट्न गए । संगीताले विवेकलाई बोलाएको ठाउँमा जाँदा संगीतासँगै अन्य २ जना साथीहरू पनि थिए । तीनै जनालाई लिएर उनी बसेको गेस्ट हाउसमा गए ।

अन्य २ जना साथीहरू घर फर्किए तर संगीताको आग्रहमा दुवै जना नमूना भिलेज रेस्टुरेन्ट एन्ड गेस्ट हाउसमा बसे । साँझ रेस्टुरेन्टमा विवेकले रक्सी नखाने भएकाले उनले साँझ बस्दा २ वटा रेडबुल खाए तर संगीताले भने एउटा बियर खाइन् । दुवैले खाना खाए । दुवै जना होटलको १०५ नम्बर कोठामा सुत्न गए । संगीताले बियर खाएकाले अर्को पलङमा सुतिन् भने विवेक अर्कोमा । अर्को बिहान दुवै जनाले बिहानको खानासँगै खाए । संगीताको आग्रह विवेकले उनलाई घर नजिकै पुर्‍याइदिएपछि कात्तिक २८ गते उनी पोखरा फर्किए ।

विवेक त्यतिबेला झस्किए, जतिबेला संगीताले आफूविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएको थाहा पाए । संगीताकै आग्रहमा सौराहा घुम्न आएका विवेकले यसरी जाहेरी देलिन् भन्ने सोचेका पनि थिएनन् । उनी छाँगाबाट खसेजस्तै भए । अनुसन्धानको लागि भन्दै प्रहरीले विवेकलाई पक्राउ गर्‍यो ।

संगीताले विवेकले जबरजस्ती होटलमा लगेको र आफूलाई संवेदनशील अंगमा समातेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीमा संगीताले कात्तिक २७ गते साँझ सौराहा घुम्न गएको समयमा सार्वजनिक यातायात पर्खी बसेको स्थानमा कार लिएर आएर घर पुर्‍याइदिन्छु भन्दै जबरजस्ती होटलमा लगेर आफूलाई जबरजस्ती गरेको उल्लेख गरेकी छन् ।

विवेकले शरीरका संवेदनशील अंगमा जबरजस्ती छोएको र आफू चिच्चाइकराई गरेर त्यहाँबाट उम्कन खोजेको भन्दै प्रहरीसमक्ष जाहेरी दिइएकी थिइन् । उजुरीपछि विवेक २१० दिन अर्थात् ७ महिना पुर्पक्षको लागि थुनामा राखिए । अदालतमा मुद्दा सुनुवाइको क्रममा आफूलाई जबरजस्ती नगरेको भन्ने बयान संगीताले दिएपछि विवेकलाई चितवन जिल्ला अदालतले निर्दाेष साबित गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x