×

NMB BANK
NIC ASIA

चासोका साथ हेरिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानको प्रयासले आइतवार पनि मूर्तरूप लिन सकेन । पार्टीभित्र देखिएको संकटले नेकपाको स्वास्थ्य स्थितिलाई केही दिनका लागि स्थिर तर अझै जोखिम पार नगरिसकेको अवस्थामा पुर्‍याएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आइतवार मध्याह्न करीब दुई घण्टा भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको छलफलमा ठोस् र मूर्त सहमति हुन नसकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवारै तय भएको अध्यक्षद्वयको भेटघाट विविध कारणले आइतवारलाई सरेको थियो । शुक्रवार पनि दुवै अध्यक्ष छलफललाई जारी राख्ने भन्दै छुट्टिएका थिए ।


Advertisment
Nabil box
Kumari

शनिवार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले क्याबिनेटमा रहेका राज्यमन्त्रीसहित सबै मन्त्रीहरूलाई जुनसुकै घटनाका लागि पनि तयार रहन आग्रह गरेका थिए ।

Vianet communication
Laxmi Bank

ओलीले साँझ ७ बजे अचानक सबै मन्त्रीहरूलाई बालुवाटार आउन निर्देशन दिएका थिए ।

अनौपचारिक भनिएको प्रधानमन्त्री र मन्त्रीहरूबीचको छलफलमा 'राष्ट्रपति र आफूमाथि षड्यन्त्र' भएकोभन्दै जुनसुकै परिस्थिति सामना गर्न आफू तयार रहेको सन्देश दिए ।

जारी पाचौं स्थायी कमिटी बैठकमा आफूविरुद्ध उठेका आवाजले आफूलाई पछि हट्न बाध्य नपार्ने भन्दै ओलीले मन्त्रीहरूलाई 'पार्टी एक नरहन पनि सक्ने' ब्रिफिङ गरे ।

प्रधानमन्त्रीले राष्ट्रपतिमाथि महाभियोग लगाउने तयारी आफूइतरका नेताहरूले गरेको भन्दै 'बाइ वर्ड' 'बाइ स्टेप' (वचन र कर्मले) कदम चाल्ने र त्यसका लागि तयार रहन मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।

ओलीले कडा कदम चाल्न सक्ने संकेत पाएपछि मन्त्री घनश्याम भुसालले प्रधानमन्त्री गलत सूचनाको शिकार भएको भन्दै प्रतिवाद गर्न खोजे । त्यस्तै अर्का मन्त्री वर्षमान पुनले पनि प्रधानमन्त्रीले पार्टीभित्र देखिएको सबै समस्याको समाधान कमिटीमै खोज्नुपर्ने बताएका थिए । त्यस्तै अर्का मन्त्री पार्वत गुरुङले पार्टी एकतालाई तहसनहस पार्ने काम नगर्न भन्दै प्रधानमन्त्रीलाई सचेत गराए ।

राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउन अध्यक्ष प्रचण्डसहितका केही नेताहरूले कानून व्यवसायीसँग छलफल गरेको अपूरो सूचनाका आधारमा ओली जंगिएको भन्दै राष्ट्रपतिलाई भेटेरै यो विषयमा प्रस्ट पार्न आइतवार उनीहरू बिहान शीतल निवास गए ।

शीतल निवासमा करीब ४५ मिनेट बिताएका नेताहरूले राष्ट्रपतिलाई महाभियोग लगाउने विषयमा छलफल नभएको तर संसद् अधिवेशन अन्त्य भएको अवस्थामा कुनै 'अप्रिय' अध्यादेश आए त्यसको सामना कसरी गर्ने भनेर छलफल भएको जानकारी दिए ।

जवाफमा राष्ट्रपतिले आफूविरुद्ध महाभियोग लाग्ला भनेर आफूले नसोचेको बताइन् । पार्टीभित्रको विवादलाई सहमतिकै आधारमा समाधान गर्ने राष्ट्रपतिको आग्रहपछि शीर्ष तीन नेताले प्रधानमन्त्रीको राजीनामा आफ्नो 'बटमलाइन' भएको सुनाए ।

राष्ट्रपतिले प्रधानमन्त्रीको राजीनामा कुनैपनि हालतमा हुन नसक्ने र त्यसमा छलफल गर्नु बेकार रहेको बताएको स्रोतले लोकान्तरलाई जानकारी दियो । प्रधानमन्त्रीको राजीनामाका सन्दर्भमा शीतल निवास 'कडा' रहेको भेउ पाएपछि शीर्ष तीन नेताहरू बाहिर निस्केर केही भलाकुसारी गरे ।

त्यसपछि अध्यक्ष प्रचण्ड आफूनिकटका नेता वर्षमान पुन र जनार्दन शर्मालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार छिरे । बालुवाटारमा पहिल्यैदेखि ओलीनिकट शंकर पोखरेल र महासचिव विष्णु पौडेल बसिरहेका थिए । दुई/दुई साक्षी लिएर छलफलमा बसेका ओली र प्रचण्डबीच पार्टी विवादको मूल चुरोलाई लिएर छलफल शुरू भयो ।

छलफल सबै विषयमा केन्द्रित रहेको तर निष्कर्ष ननिस्केको छलफलमा सहभागी नेताहरूको दाबी छ । छलफलमा दुवै पक्षले के अडान राखे भन्ने अहिलेसम्म बाहिर आएको छैन । तर सहमतिका केही विकल्पहरू तयार गर्न ओली र प्रचण्डले आफूसँग रहेका चार साक्षीहरूलाई निर्देशन दिएपछि प्रचण्ड बालुवाटारबाट बाहिरिए ।

प्रचण्ड बाहिरिएपछि चार नेताहरूले सहमतिका लागि केही गृहकार्य शुरू गरेका थिए ।

प्रचण्डले पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ जेठ २ गतेको सहमतिमा फर्किनुपर्ने अडान राखेका छन् भने ओलीले २०७६ सालको मंसिर ४ गते अध्यक्षद्वयबीच भएको कार्यविभाजनलाई थप व्याख्यासहित अघि जानुपर्ने अडान लिएका छन् । दुवै आफ्नो अडानमा टसको मस नभएको अवस्थामा नयाँ सहमति हुन सक्ने स्रोतको दाबी छ ।

स्रोतको हवाला दिँदै आइतवार बिहान विभिन्न सञ्चारमाध्यमहरूले बालुवाटारमा प्रधानमन्त्री ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापा र आफूनिकट केही कानूनव्यवसायीहरूसँग छलफल गरेको भन्दै समाचार प्रकाशित गरेको भएपनि औपचारिक रूपमा पुष्टि भएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भन्छन्, 'बालुवाटार सुतेर बस्दैन, चौबीसै घण्टा छलफल भइरहेको हुन्छ । को आयो को गयो भनेर सबै भन्न मिल्दैन ।'

आइतवार बिहान यता खुमलटारमा पनि प्रचण्डनिकट नेताहरू जम्मा भएका थिए । केही दिनयता प्रचण्ड र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका बीचमा दुई विकल्पमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीलाई कसरी स्टेप डाउन गराउने र दोस्रो संसद् अधिवेशन नभएको अवस्थामा प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत कुनै अप्रिय कदम चालेमा त्यसको काउन्टर कसरी गर्ने भन्ने दुवै विषयमा शीर्ष नेताहरूबीच छलफल हुने गरेको छ ।

पूर्व अर्थमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा अहिलेसम्म छलफल भइरहेको र निकासको मुख्य बिन्दु ननिस्किसकेको बताए ।

'हामी छलफलमै छौं, अहिलेसम्म पार्टी कमिटीले गरेको निर्णयलाई नै सबैले मान्नुपर्छ भनिरहेका छौं,' पाण्डेले लोकान्तरसँग भने, 'शीर्ष नेताहरूबीच पनि छलफल भइरहेको छ । सहमतिका प्रयासहरू भइरहेका छन् । केही दिनमा निकास निस्केला भन्न सकिएला ।'

उनले प्रधानमन्त्री ओली निकासउन्मुख वार्ता गर्न नचाहेको बरू नयाँ–नयाँ प्रोपागाण्डा गर्नतिर लागेको आरोप लगाए । 'राष्ट्रपतिलाई महाभियोग लगाउनेबारे हुँदै नभएको छलफललाई लिएर प्रधानमन्त्री ओलीले पूर्वाग्रह साँध्न खोजिरहनुभएको छ,' पाण्डेले भने, 'भारतलाई बीचमा ल्याएर नेताहरूलाई अपमान गर्न खोज्नुभएको छ । यसरी त सहमति पर-पर धकेलिएको छ ।'

अर्का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पार्टी विभाजन नहुने गरी सहमतिका लागि प्रयासहरू भइरहेको बताए । तर ओलीपक्षको एकोहोरोपनाका कारण सहमति धकेलिँदै गएको उनको निष्कर्ष छ ।

'चुम्बकको एउटै ध्रुवबीच जसरी विकर्षण हुन्छ, त्यसै गरेर नेकपाका नेताहरूबीच विकर्षण भइरहेको देखिन्छ,' उनले भने, 'गलत सूचनाको प्रभावमा परेर प्रधानमन्त्री ओलीले नयाँ–नयाँ बखेडा सिर्जना गरेपछि सहमतिको सम्भावना पर–पर धकेलिएको छ । तर मैले बुझेअनुसार उहाँनिकट नेताहरूले पनि पार्टी फुटाउनुहुन्न भनेर सल्लाह दिइरहनुभएको छ, जुन सकारात्मक हो ।'

उनले आफूलाई पार्टी फूटतिरै अघि बढ्ला भन्ने नलागेको टिप्पणी गरे । 'हामी फुट्दैनौं, तर सहमतिका लागि नेताहरूले त्यागचाहिँ गर्नुपर्छ,' उनले भने, 'सनकका भरमा प्रधानमन्त्रीले कुनै अप्रिय निर्णय गर्नुहुँदैन, जसले नेताहरू एकजुट हुनमा बाधा परोस् ।'

ओलीपक्षका नेताहरूले पनि पार्टी एकतामै जोड दिइरहेका छन् । 'प्रधानमन्त्रीबाट उहाँ (ओली)ले राजीनामा नगर्ने शर्तमा अन्य विकल्पमा जान हामी तयार नै छौं,' ओलीनिकट मानिने एक प्रभावशाली स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, 'यो समस्या सबै प्रधानमन्त्रीको टाउकोमा थोपर्ने प्रवृत्तिले निम्त्याएको हो । उहाँका पनि कमजोरी त छन्, तर पार्टीभित्र उहाँलाई दुश्मन झैँ गरेर जसरी आक्रमण गर्न खोजिएको छ, त्यो निन्दनीय छ ।'

स्रोतका अनुसार पार्टीलाई फूटबाट पनि जोगाउने र प्रधानमन्त्रीको 'स्वेच्छाचारिता'माथि पनि लगाम लगाउने गरेर सहमतिका केही बुँदाहरू तयार गरिएका छन् । जसमा अध्यक्ष प्रचण्डलाई पार्टीको सम्पूर्ण अधिकार दिने, सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने र त्यसको नेतृत्वमा वरिष्ठ नेता माधवकुमार नेपाललाई राख्ने, यसअघि गरिएका असमान नियुक्तिहरू खारेज गरेर पुनर्नियुक्ति गर्ने, केही मुख्यमन्त्रीहरू हेरफेर गर्ने लगायतका बुँदाहरू तयार गरिएका छन् ।

सोमवार बस्ने स्थायी कमिटी बैठकअघि अध्यक्षद्वयबीच यिनै विषयहरूमा छलफल हुने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x