×

NMB BANK
NIC ASIA

ढलबाट कोभिड-१९ को सङ्क्रमण फेला परेको प्रमाण छैन : स्वास्थ्य मन्त्रालय

असार २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड- १९ को सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ । 

Sagarmatha Cement
Muktinath Bank

आइतबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा कोभिड-१९ को भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा भाइरस सार्नसक्ने सम्भावना अध्ययनले पुष्टि नगरेको बताए। 'हालै राजधानीको ढलको पानी नमूना परीक्षण गर्दा कोभिड- १९ को सङ्क्रमण देखिएको भन्ने दाबीप्रति ध्यानाकर्षण भएको छ,' उनले भने, 'विश्वमा अन्यत्र भएको अध्ययनले कोभिड-१९ को सङ्क्रमित भएको अवस्थामा वा निको भएपछि पनि ढलका कोभिड-१९ को व्यक्तिको भाइरसको टुक्राटाक्री भेटिएको देखिन्छ जुन सामान्यतया रोग सार्ने खालको हुँदैन ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ढलको पानीमा कोभिड-१९ को सङ्क्रमणको सम्भावना र अन्य सङ्क्रमण रोगका किटाणु प्रशस्त मात्रामा हुने हुनाले ढलको फाेहोर पानीको भने उचित प्रशोधन र व्यवस्थापन हुनु आवश्यक रहेको उनको भनाइ छ । मन्त्रालयका प्रवक्ता डा गौतमले ढलको पानीमा कोभिड– १९ को अंश भेटियो भन्दैमा समुदायमा सङ्क्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने बताए।


Advertisment
Nabil box
Kumari

'ढलमा हाल केकस्ता भाइरस भेटिएका हुन त्यसको आधिकारिकताको थप अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा मन्त्रालयले गर्नेछ,' उनले भने, 'ढलको पानीमा भाइरस देखियो भन्दैमा कुनै पनि व्यक्ति नआत्तिन र नडराउन अनुरोध गर्दछौँ।'
 
उनका अनुसार विभिन्न अध्ययन अनुसन्धानले कोभिड-१९ भाइरस सामान्य तापक्रमको पानी, क्लोरिन जस्तो जिवाणुनाशक औषधि राखिएको फोहर पानीमा वा अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने देखिएको छ । 

Vianet communication
Laxmi Bank

ढलको पानीमा आधारित इपिडिमियोलोजी विधिले ढलमा रहको पानीका माध्यमबाट मानिसमा कोरोना भाइरस फैलिन्छ भन्ने विषय नभई सो पानीमा रहेको जीवाणु र विषाणुको पहिचान तथा मात्रा तय गरी त्यसका आधारमा समुदायमा सङ्क्रमणको अवस्था बुझ्न सकिने उनको भनाइ थियो । 

प्रवक्ता डा. गौतमका अनुसार कोभिड– १९ को सङ्क्रमण हुने मुख्य दुई माध्यमले सर्ने गर्दछ। तीमध्ये पहिलो श्वासप्रश्वासका माध्यमबाट सङ्क्रमति व्यक्तिले हाँछ्यु वा खोक्दा नजिकमा रहेका व्यक्तिलाई छिटाका माध्यमबाट सर्ने गर्दछ ।
 
त्यस्तै सङ्क्रमित व्यक्तिको हातले कुनै वस्तु छोएमा त्यस्तो वस्तुमा भाइरस केही घण्टा जीवित हुने गर्दछ र त्यही व्यक्तिले छोएको ठाउँमा अन्य व्यक्तिले छुँदा, छोएको हातले मुख, नाक र आँखामा लैजादा भाइरस सर्ने बताइन्छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x