×

NMB BANK
NIC ASIA

पार्टी फुट्न नदिन ओली–प्रचण्डबीच घनीभूत छलफल

असार २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को देखिएको आन्तरिक विवाद मिलाउन पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार घनीभूत छलफल भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

पार्टी एकता कायम गरी नयाँ आधार खोजेर अगाडि बढ्न दुई जना अध्यक्षको बीचमा छलफल भएको हो । नेकपामा विकसित घटनाक्रमबारे दुई जना अध्यक्षबीच खुलस्त रूपमा कुराकानी भयो, पार्टी फुट्न नदिन दुवैले प्रयास गर्ने र त्यसबारे थप छलफल सोमबार गर्ने भन्दै बैठक सकिएको छ, बैठकमा सहभागी स्थायी कमिटी सदस्य जनार्दन शर्माले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुुसार अध्यक्षद्वयको भेटवार्ता सकारात्मक भएको छ । दुवै अध्यक्षको सहमतिमा सोमबारका लागि पनि बैठक राखिएको छ भन्दै उहाँले थप्नुभयो, ‘‘सोमबार स्थायी कमिटीको बैठक बस्नुअघि दुवै अध्यक्षको बीचमा पुनः छलफल हुन्छ ।’’


Advertisment
Nabil box
Kumari

विभिन्न सातवटा कार्यसूची तय गरी त्यसैमा छलफल गर्नका लागि असार १० गतेदेखि नेकपा स्थायी कमिटीको बैठक शुरू भएको थियो । नक्सा र सीमा विवादको विषयमा दुई दिनसम्म बैठकमा छलफल भयो । छलफल चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको आफूलाई भारतको इशारामा हटाउन लागेको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा (एमाले) पार्टी दर्ता गराउन परेको निवेदनको विषयले प्रवेश पाएसँगै बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

Vianet communication
Laxmi Bank

बैठककै क्रममा मन्त्रिपरिषद्ले संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि स्थायी कमिटीको बैठक नै प्रभावित भयो । बैठक चल्दाचल्दै आएको त्यो निर्णयका कारण बैठक नै स्थगित भयो । दुवै अध्यक्षको बीचमा छलफल भएपछि असार १९ गतेका लागि बैठक बोलाएको थियो तर अध्यक्षहरूको बीचमा गृहकार्य नभएका कारण सो बैठकलाई २२ गतेसम्मका लागि सारिएको थियो ।

बैठक बस्नुअघि आइतबार प्रधानमन्त्री निवासमा दुवै अध्यक्षका बीच महìवपूूर्ण छलफल भएको हो । सो छलफलमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरू ईश्वर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनको समेत उपस्थिति थियो । सहभागी ती चार नेताले समेत पार्टी एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने शीर्ष नेताहरूलाई सुझाव दिएका छन् ।

हस्ताक्षर अभियान
नेकपाको एकतामा देखिएको विवादलाई समाधान गर्न केन्द्रीय कमिटीको माग शुरू भएको छ । पार्टीका केन्द्रीय सदस्यबीच आइतबार भएको भर्चुअल छलफलमा केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्ने सहमति भएको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जानकारी दिए ।

सोमबारदेखि हस्ताक्षर सङ्कलन गर्ने काम शुरू हुने बताउँदै उहाँले काठमाडौँमा उपलब्ध केन्द्रीय कमिटीका सदस्यहरू भेला भएर नै हस्ताक्षर गर्ने तथा उपत्यका बाहिर रहेका सदस्यहरूको विद्युतीय हस्ताक्षर गराउने जानकारी दिए । नेकपाको विधानमा २५ प्रतिशत सदस्यले हस्ताक्षर गरेर बैठक बोलाउन माग गरे केन्द्रीय कमिटी बैठक बोलाउन सकिने प्रावधान रहेको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x