×

NMB BANK
NIC ASIA

बजेट पारित गर्दै काठमाडौं महानगरको सातौं अधिवेशन सम्पन्न

असार २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको काठमाडौं महानगरको सातौं अधिवेशनको चौथो बैठकले बिनियोजन विधेयक र बार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बैठकको अन्त्यमा सभा सकिएको जानकारी गराउँदै सभाका अध्यक्ष एवं महानगरका मेयर बिद्यासुन्दर शाक्यले भने, ‘सदस्यहरुले दिनुभएका सुझाव समेटेर संशोधनसहित विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकको कार्यसूचीमा बिबिधसहित ६ वटा बिषय समावेश थिए । पहिलो सूचीमा आ. व. २०७७/०७८ को बार्षिक बजेट तथा कार्यक्रम उपर छलफल गर्ने र पारित गर्ने थियो भने दोस्रोमा बिनियोजन विधेयकमाथि दफावार छलफल गरी पारित गर्ने थियो । 


Advertisment
Nabil box
Kumari

यी कार्यसूचीमा नगर सभाका २० जना सदस्यले आफ्ना धारणा राखेका थिए । यसरी राखिएका धारणाहरूमा वडास्तरीय योजनासहित काठमाडौंंको समृद्धिका लागि पहिचानयुक्त र कलात्मक योजना हुनुपर्ने, भौतिक समृद्धि, सामाजिक र आर्थिक बिकास, विपद् व्यवस्थापन र वातावरणीय सुधारका लागि सन्तुलित कार्यक्रम हुनुपर्ने जस्ता बिषयमा केन्द्रीत थिए । 

Vianet communication
Laxmi Bank

यसै गरी योजनाका पुग्ने रकम छुट्याउनु पर्‍यो, सम्पदाका नाम सच्याउनु पर्‍यो, सामुदायिक विद्यालयमा दरबन्दी मिलान गर्नुपर्‍यो, पार्क निर्माणमा रकम थप गरिदिनुपर्‍यो, योजना दोहोरिए हटाउनु पर्‍यो, वडा समितिबाट पठाएका योजना समेटिएनन्, थप गर्नुपर्‍यो जस्ता धारणा राखिएका थिए ।

केन्द्रीय योजना र वडास्तरीय योजनाको एकीकृत प्रारुप वडालाई थाहा हुनुपर्ने, वडा भवनका लागि जग्गा प्राप्त हुनुपर्ने, सडक तथा ढल निर्माण र खानेपानी प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने, बिद्युतीय शवदाह गृह निर्माण, परम्परागत चिहानको सुधार र स्तरोन्नति, सिँढी, पर्खाल निर्माण, कालोपत्रे र ढलानका योजनालाई पनि नगर सभा सदस्यहरुले प्राथमिकताका साथ उठाएका थिए । 

कर्मचारी समायोजन गरेर उनीहरुको आत्मबल उच्च बनाउनु पर्ने, आपसी सन्बन्ध राम्रो बनाएर प्रशासन र सेवा प्रणालीलाई सुधार गर्नुपर्ने, सहरी स्वास्थ्य सुधार, जेष्ठ नागरिक, महिला र बालबालिकाका लक्षित कार्यक्रम, समावेशिता, सहभागिता र पहुँचको बिषयमा पनि धारणा राखिएका थिए ।

सभा समापन अवसरमा सभाका उपाध्यक्ष तथा महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन्, सामुहिक प्रयत्नले मात्र परिणाम ल्याउन सकिने भएकोले स्वीकृत कार्यक्रमलाई सबैले अपनत्व गरेर कार्यान्वयनमा लाग्नुपर्छ । 
असार ४ गते महानगरको सातौं अधिवेशन शुरु भएको थियो । त्यस दिन मेयर शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसै दिनको दोश्रो बैठकमा नीति कार्यक्रममा छलफल गरिएको थियो । 

असार १० गते आयोजना गरिएको अर्को बैठकमा मेयर विद्यासुन्दर शाक्यले आर्थिक विधेयक र उपमेयर खड्गी श्रेष्ठले बजेट र बिनियोजन विधेयक पेश गरेका थिए ।

असार १८ गते तेश्रो बैठकले आर्थिक विधेयकमाथि छलफल गरी पारित गरेको थियो । त्यस्तै असार २१ गतेको बैठकले बजेट तथा कार्यक्रम, बिनियोजन विधेयकमाथि छलफल गरेको थियो । 

बैठकको तेश्रो, चौथो र पाँचौं कार्यसूचीमा लेखा, न्यायिक र सुशासन समितिको बार्षिक प्रतिवेदन पेश गर्ने छलफल गर्ने र पारित गर्ने थियो । छैटौं सूचीमा बिबिध थियो । 

यसै सूचीअनुसार सभामा लेखा समितिका संयोजक धु्रबप्रसाद त्रिपाठीले, न्यायिक समितिका तर्फबाट सदस्य सरोज ढकालले र शुशासन समितिकातर्फबाट संयोजक हुमादेवी आचार्यले प्रतिवेदन पेश गर्नुभएको थियो । समितिबाट पेश गरिएको प्रतिवेदन सभाले पारित गरेको छ । 

सभामा कार्यपालिका वडाध्यक्ष एवं सभा सदस्यहरु ईश्वरमान डंगोल, मचाराजा महर्जन, नविन मानन्धर, दीपक के. सी., नवराज पराजुली, शोभा सापकोटा, उदयचुमणि बज्राचार्य, नारायण भण्डारी, बिकास डंगोलले धारणा राखेका थिए । त्यसै गरी कार्यपालिका सदस्यहरु हीरादेवी पोखरेल, लक्ष्मी श्रेष्ठ, प्रेम पुजारी, रमिताकमल स्थापित धारणा राखेका थिए । त्यसै गरी वडा सदस्यहरु आनन्द गौत्तम, जीवन मानन्धर, उत्तम शर्मा, कमला महर्जन, धु्रवप्रसाद त्रिपाठी, रामबाबु कोइरालाले धारणा राखेका थिए ।

सभामा केहब, मेयर फेलोसिप र इगभर्नान्सका बिषयमा सोधिए प्रश्नहरु सोधिएका थिए । यी प्रश्नहरुमा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले अहिलेसम्मको प्रगति र कार्यक्रम सञ्चालनको सोचका बारेमा जवाफ दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x