×

NMB BANK
NIC ASIA

यातायात व्यवसायीले बैँकमा बुझाए गाडीको चाबी

असार २२, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ। 

Muktinath Bank

कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकहरुले ऋणको मासिक किस्ता भुक्तानीका लागि दबाब दिन थालेपछि व्यवसायीले पोखरामा गाडीको चाबी नै बैंकलाई बुझाउने अभियान शुरु गरेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रालिले एनएमबी बैंकमा ३०, मुक्तिनाथमा २५, गरिमामा १७ तथा प्राइम बैंकमा १८ गरी ९० गाडीको चाबी बुझाएका छन्। यातायात व्यवसायी राष्ट्रिय महासङ्घबाट नेपाल सरकार तथा राष्ट्र बैंकसमक्ष हालको विषम अवस्थामा किस्ता तिर्ने समय न्यूनतम छ महिना थप गर्न आग्रह गरे पनि सुनुवाई नभएपछि बाध्य भएर गाडीको चाबी बुझाउन शुरु गरिएको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए।


Advertisment
Nabil box
Kumari

'हामीले बैंकलाई किस्ता तिर्दनौँ भनेका छैनौँ, तर गाडी ठप्प भएर कमाइ नभएको अहिलेको अवस्थामा समेत बैंकबाट व्यवसायीलाई निरन्तर ताकेता हुन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ,' अध्यक्ष केसीले भने, 'अहिलेको अवस्थामा किस्ता भुक्तानी गर्ने समय ६ महिनापछि सार्न माग गरे पनि कहीँकतैबाट पनि सम्बोधन भएन।' 

Vianet communication
Laxmi Bank

प्रालिले मातहतका एक हजार चार सय गाडीकै चाबी बुझाइने जनाएको छ। बैँक तथा वित्तिय संस्थाबाट ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानीमा यातायात व्यवसाय सञ्चालन हुँदै आएको बताइन्छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले सरकार र राष्ट्रबैंकले आफूहरुको माग नसुनेका कारण आन्दोलनस्वरुप चाबी बुझाउन बाध्य भएको बताए। 

देशभर तीन लाख यात्रु बाहक तथा ६० हजार मालबाहक सवारी साधन अहिले ठप्प हुँदा १२ लाखले प्रत्यक्ष तथा ४० लाखले अप्रत्यक्ष रोजगारीबाट वञ्चित हुनुपरेको उनले जानकारी दिए। 

एनएमबी बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले आफ्नोे बैंकले यातायात व्यवसायीलाई किस्ता तिर्न ताकेता नगरेको बताउँदै व्यवसायीको मागका बारेमा राष्ट्र बैंकले ल्याउन लागेको आगामी वर्षको मौद्रिक नीतिबाट सम्बोधन हुने विश्वास व्यक्त गरे।

प्रालिले पोखरालाई केन्द्र मानि देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत रात्रि तथा दिवा सेवामा यातायात सञ्चालन गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x