×

NMB BANK
NIC ASIA

नेकपा अध्यक्षद्वयबीच छलफल, सहमति प्रयास जारी

असार २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच गृहकार्य पूरा नभएका कारण सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक बुधबारका लागि सारिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार बालुवाटारमा भएको भेटवार्ताकै क्रममा बैठक सारिएको हो । स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल गरी एउटा निष्कर्षमा पुगेपछि मात्र बस्ने सहमति भएअनुसार बैठक सारिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले अध्यक्षद्वयबीच सहमति भएर नै बुधबारका लागि स्थायी कमिटीको बैठक सारिएको बताउनुभयो । उहाँका अनुसार दुई जनाको बीचमा पार्टीको समग्र विषयवस्तुमा छलफल भएको छ तर निष्कर्षमा आएको छैन । छलफललाई निरन्तरता दिने सहमति भने भएको छ ।


Advertisment
Nabil box
Kumari

स्थायी कमिटी सदस्य तथा महासचिव विष्णु पौडेलले भन्नुभयो, ‘‘दुवै अध्यक्षको बीचमा छलफल भइरहेको छ, आशा गरौँ भोलिसम्म केही न केही सहमति हुन्छ ।’’

Vianet communication
Laxmi Bank

‘‘दुई अध्यक्षबीच एक्लाएक्लै कुराकानी भएको छ । छलफल सकारात्मक भएको छ’’ भन्दै उहाँले थप्नुुभयो, ‘‘अन्य शीर्ष नेताहरूको बीचमा पनि छलफल भइरहेकाले निष्कर्ष आउन सक्ने छ ।’’
पार्टी एकतालाई कायम राख्न नयाँ ढङ्गबाट सहमति गर्दै अगाडि बढ्ने दिशामा दुवै अध्यक्ष लागिरहनुभएको बताइएको छ । उच्च स्रोतका अनुसार पार्टी एकतामा असर नपुग्ने गरी सहमतिका आधारहरू खोज्नेतर्फ अध्यक्षद्वयको वार्ता अगाडि बढेको छ ।

यही असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको कुरा उठेपछि पार्टीभित्र विवाद चुलिएको हो । प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि घटनाक्रम विवादतिर मोडियो । त्यसलगत्तै प्रधानमन्त्री ओलीले मदन भण्डारी जन्मजयन्तीको अवसरमा आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरूले साथ दिएको अभिव्यक्ति दिनुभएपछि स्थायी कमिटी बैठक नै प्रभावित भएको थियो ।

कार्यसूचीभन्दा भिन्न विषयमा प्रधानमन्त्री ओलीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन दिइएको निवेदनको विषयले प्रवेश पाएको थियो । त्यस विषयमा दुई दिन छलफल चल्यो । बैठक चलिरहेकै बेला मन्त्रिपरिषद्को बैठकले चालू संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि स्थायी कमिटीको बैठक पूरै प्रभावित भयो ।

दुई अध्यक्षबीच भइरहेको छलफललाई सहयोग पुग्ने गरी दोस्रो–तेस्रो तहका नेताहरूले एक आपसमा छलफल चलाइरहेका छन् । महासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य जनार्दन शर्मा, ईश्वर पोखरेल, वर्षमान पुन, घनश्याम भुसाल, शङ्कर पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरू सहमतिको वतावरण बनाउनका लागि प्रयास गरिरहनुभएको छ । सहमतिको वातावरण बनाउन कुनै प्रकारको कार्यदल भने नबनेको अध्यक्ष प्रचण्डको सचिवालयले स्पष्ट पारेको छ ।

आफूहरूले पनि पार्टी एकता भङ्ग हुनुहुँदैन, जसरी पनि एकतालाई कायम राखेर नै छलफल गर्न दुवै अध्यक्षलाई सुझाव दिएको बताउँदै महासचिव पौडेलले बाहिरबाट पार्टी एकतालाई भङ्ग गर्न नहुने गरी दबाब बढाउने काम भइरहेको बताउनुभयो ।

केन्द्रीय तहबाट नै पार्टी एकतालाई कायम राख्न दबाब दिने काम भइरहेको छ । केन्द्रीय सदस्यहरू नै पार्टीको केन्द्रीय कार्यालयमा धर्ना बसिरहनुभएको छ । त्यसका साथै केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन कार्य पनि भइरहेको छ । सोमबारसम्म सय जनाभन्दा बढीको हस्ताक्षर सङ्कलन भइसकेको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । सङ्कलित हस्ताक्षर बुधबार स्थायी कमिटीकै बैठकमा बुझाइने छ । गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x