माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
निजी विद्यालय सञ्चालकहरूले शुल्क उठाउन नपाए अनलाइनलगायत वैकल्पिक कक्षा ठप्प पार्ने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएपछि सोमबारबाट कक्षा बन्द गर्ने घोषित कार्यक्रम भने प्याब्सन र एनप्याब्सनले स्थगित गरेका छन् ।
मन्त्रालयले केही दिन समय मागेपछि तत्कालका लागि वैकल्पिक कक्षा ठप्प पार्ने निर्णय रोकिएको निजी विद्यालय सञ्चालकहरूले बताए । शिक्षा मन्त्रालयले अनलाइन कक्षाको शुल्क उठाउन रोक लगाइसकेको छ ।
कतिपय निजी विद्यालयले भर्ना र मासिक शुल्क लिइरहेका छन् । प्याब्सन र एनप्याब्सनले न्यूनतम शुल्क उठाउनुपर्ने माग अघि सारेका हुन् । विद्यार्थीको अभिलेखीकरण गर्न पाउनुपर्ने र अनलाइन कक्षाबापत रकम उठाउनुपर्ने उनीहरूको माग छ । निजी विद्यालय सञ्चालकहरूले आर्थिक वर्ष २०७७/७८ को बजेटमा उपेक्षा गरिएको गुनासो पनि गर्दै आएका छन् । सहुलियत र राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरूको माग थियो । बजेटमा सम्बोधन नभएपछि उनीहरूले अभिभावकबाट शुल्क उठाउने वातावरण बनाउन लबिइङ गरेका हुन् । ‘नियमित खर्च धान्न कतै न कतैबाट स्रोत त चाहियो । सरकारले दिन सक्दैन भने अभिभावकबाट उठाउँछौं भनेका हौं,’ एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भने । आइतबार निजी विद्यालय सञ्चालक र मन्त्रालयका प्रतिनिधिबीच वार्ता भएको थियो । मन्त्रालयले केही दिन समय मागेका कारण अनलाइन कक्षा बन्द गर्ने निर्णय स्थगित गरिएको उनले जनाए ।
सरकारले असार १ गतेदेखि विभिन्न पाँच माध्यमबाट वैकल्पिक कक्षा सञ्चालन गरेको छ । शिक्षकलाई तलब, घरभाडा, इन्टरनेट, विद्युत् खर्चका लागि आवश्यक पर्ने रकम अभिभावकबाट उठाएर बुझाउने उनीहरूको तर्क छ । सरकारले गत चैतको शुल्कसमेत छुट दिन आग्रह गरेको थियो । प्याब्सन र एनप्याब्सनले वैशाखको शुल्क छुट दिएर जेठदेखि अनलाइन कक्षाबापत शुल्क लिने तयारी गरेका हुन् । चैत महिनाको शुल्क अधिकांश अभिभावकले बुझाइसकेका कारण वैशाखको शुल्क छुट दिन आन्तरिक सर्कुलर गरिएको प्याब्सन अध्यक्ष टीकाराम पुरीले बताए । अधिकांश निजी विद्यालयहरूले चैतदेखि नै तलब नदिएको संस्थागत विद्यालय शिक्षक युनियनको गुनासो छ ।
वैकल्पिक कक्षामाथि प्रश्न
निजी विद्यालयले अनलाइनलगायत वैकल्पिक कक्षाको शुल्क लिने तयारी अघि बढाउँदा सरोकारवालाहरूले प्रभावकारितामाथि प्रश्न उठाएका छन् । अनलाइन, रेडियो र टेलिभिजनबाट पढाउँदा विद्यार्थीलाई कति उपयोगी भएको छ भनेर अध्ययन गरिनुपर्ने उनीहरूको तर्क छ । शिक्षाविद् मीनाक्षी दाहालले अनौपचारिक कक्षा चलाउने काम भए पनि धेरै विद्यार्थीका लागि उपयोगी हुन नसकेको बताइन् । ठूलो समूह वैकल्पिक सिकाइमा सहभागी हुन नसकेको उनको भनाइ छ । पाठ्यक्रमअनुसार पठनपाठन हुन नसकेका कारण वैकल्पिक शिक्षण क्रियाकलापको प्रभावकारी अनुगमन हुन जरुरी रहेको उनले बताइन् । ‘अनलाइन कक्षामा बालबालिका २/४ दिन त रमाए होला । घण्टौं अनलाइन बस्दा बालमनोविज्ञानमा कस्तो प्रभाव परेको छ होला ? दाहालले भनिन् ।
वैकल्पिक विधिबाट शिक्षण सँगसँगै शिक्षक विद्यार्थीको दोहोरो संवाद र अन्तक्र्रिया आवश्यक हुने नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले बताए । शिक्षा पत्रकार समूहले वैकल्पिक शिक्षाको प्रभावकारितामाथि सोमबार गरेको छलफलमा उनले सहरका केही बालबालिकाबाहेक अनलाइन कक्षा प्रभावहीन बनेको प्रस्ट्याए । ‘विद्युत्, इन्टरनेटमा शिक्षक–विद्यार्थीको पहुँच छैन,’ उनले भने, ‘सहरका निजी विद्यालय सञ्चालकले अर्कै उद्देश्यले अनलाइन कक्षाको हल्ला चर्काएका हुन् ।’ कतिपय ठाउँमा वैकल्पिक कक्षालाई स्थानीय तहले पनि सहयोग नगरेको उनको गुनासो थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैकल्पिक कक्षाको प्रभावकारिताबारे अध्ययन थालेको जनाएको छ । केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले प्रदेशगत रूपमा अनुगमन भइरहेको बताए । केन्द्रले अनलाइन, अफलाइन, रेडियो, टेलिभिजन र प्रिन्ट सामग्रीका पाठ उत्पादन र प्रसारण गरिरहेको छ । कान्तिपुर दैनिकमा सुदीप कैनीले खबर लेखेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...