×

NMB BANK
NIC ASIA

प्रतिकूल मौसमले हराउँदै सलह

असार २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

एक साताअघिदेखि लाखौंको संख्यामा नेपाल भित्रिएपछि बाली जोगाउन गाह्रो हुने भन्दै चिन्ता बढाउने सलह हराउँदै गएका छन् । मौसम अनुकूल नहुँदा केही जिल्लामा सलह मरेको जानकारी प्राप्त भएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

‘सलह चिसो ठाउँमा बाँच्न सक्दैन । २२ डिग्रीभन्दा तलको तापक्रममा बाँच्दैन,’ केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईंले भने, ‘बागलुङको उत्तर क्षेत्रमा सबैभन्दा बढी सलह मरेको पाइएको छ ।’ कालीकोट, मुस्ताङलगायत जिल्लामा पनि सलह कीरा मरेर झरेको केन्द्रले जनाएको छ । यीबाहेक अन्य जिल्लामा पनि सलह मरेको सूचना प्राप्त भएको हुमागाईंले बताए । केन्द्रका अनुसार १६ सयदेखि १८ सय मिटर उचाइसम्म उड्न सक्ने सलह हावाको चापसँगै छरिएर हिमाली क्षेत्रसम्म पुगेका थिए । हावाको बहावसँगै हिमाली जिल्लामा पुगे पनि तापक्रम र वातावरण अनुकूल नहुँदा धेरै मरेको केन्द्रको अनुमान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


सलह प्राय: गर्मी ठाउँमा हुन्छ । घाम लाग्दा यसले कृषि बालीमा बढी क्षति पुर्‍याउँछ । नेपालमा मनसुन सक्रिय हुँदा प्राय: क्षेत्रमा पानी परिरहेको छ । चिसोका कारण सलह पनि जंगलमा छ । कीराको आयु पनि एक डेढ महिनाको हुन्छ । वातावरण अनुकूल नभएपछि त्यसको आयु झन् घट्दै जाने केन्द्रले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

‘असार १३ गते नेपाल प्रवेश गरेको सलह तराई, पहाडदेखि हिमालसम्म करिब ५२ जिल्लामा पुगेको थियो,’ प्राविधिक समितिका संयोजकसमेत रहेका हुमागाईंले भने, ‘अहिले संख्या धेरै घटेको छ । दुई–तीन दिनयता सलह उडेको देखिएको छैन । कृषि बालीमा क्षति भएको छैन ।’

Vianet communication
Laxmi Bank

केन्द्रका अनुसार सलह स–साना समूहमा तितरवितर भएका छन् । केही समूह उत्तरतर्फ लागेका छन् । केही ठाउँमा भेटिएको सलह पनि कमजोर अवस्थामा रहेको केन्द्रको दाबी छ । अहिलेको अवस्थामा त्यति डराउनु नपर्ने केन्द्रले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले पनि सलह धेरै छरिएको बताए । ‘अर्घाखाँची, प्यूठानमा धेरै संख्यामा थियो । दाङमा पनि बढी नै थियो । अहिले त्यता पनि छैन,’ प्रवक्ता केसीले भने, ‘स–साना ग्रुपमा छरिएका छन् । केही सलह हराए जस्तो छ ।’ अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै भारतसम्म आएको सलह असार १३ गते नेपाल प्रवेश गरेको थियो । १४ गते कपिलवस्तुबाट ८ देखि १० लाखको संख्यामा प्रवेश गरेको सलह कपिलवस्तु, अर्घाखाँची, दाङ, प्यूठान, रोल्पा र रुकुममा पुगेको थियो । सबैभन्दा बढी १५ गते २० देखि २५ लाखको संख्यामा रूपन्देहीमा प्रवेश गरेको सलह रूपन्देही, अर्घाखाँची, दाङ, प्यूठान र रोल्पासम्म पुगेको थियो । अहिले ती क्षेत्रमा नदेखिएको प्रवक्ता केसीले बताए ।

‘छरिएर पहाडी, हिमाली जिल्लातिर पुगे । केही सलह चराले पनि खाए । उड्ने क्रममा रूखमा ठोक्किएर पनि झरेको अनुमान छ,’ प्रवक्ता केसीले भने, ‘हिमाली जिल्ला पुगेपछि चिसोले मरेको पनि देखियो । अहिले ठूलो ग्रुपमा देखिएको छैन ।’ जानकारका अनुसार २/४ दिन थप नेपालमा सलह भित्रिने सम्भावना कम छ । भारतको इटहवामा दुई झुन्ड थिए । ती पनि पुन: दक्षिणतर्फ लागेका छन् । तर राजस्थानमा रहेका सलहका बच्चादेखि सतर्क हुनुपर्ने केन्द्रले जनाएको छ । ‘राजस्थानमा करिब एक करोडको संख्यामा सलहका बच्चा हुर्केका छन् । १०/१५ दिनमा बच्चा उड्ने अवस्थामा पुग्छन्,’ हुमागाईंले भने, ‘ती सलह नेपाल आउने/नआउने त्यति बेलाको हावाको दिशा र गतिले निर्धारण गर्छ ।

हावाको गतिसँगै उड्ने हुँदा तत्काल आउने सक्ने/नसक्ने यसै भन्न सकिन्न ।’ केन्द्रका अनुसार हावासँगै प्रतिदिन १ सय ५० किलोमिटर टाढासम्म उड्न सक्छन । सूर्यास्त हुँदा सलहले रूख बिरुवालगायत स्थानहरूमा आश्रय लिन्छन् । बिहान सूर्योदयपछि १–२ घण्टा घाम तापेर त्यसपछि सक्रिय भई नजिकैको आहारा (कुनै पनि हरियो वस्तु) खान्छन् । दिनमा एउटा कीराले आफ्नो औसत शरीरको तौल बराबरको करिब २ ग्राम खान्छ । औसतमा एउटा सानो सलहको झुन्ड (एक टनबराबर) ले एक दिनमा बढीमा १० हात्ती वा २ हजार ५ सय मानिसले खाने आहारा बराबरको वनस्पतिहरू नष्ट गर्ने केन्द्रले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता केसीले पनि भैरहवा नाकाबाट करिब ७ सय किलोमिटर टाढा रहेकाले दुई दिन आउने सम्भावना नरहेको बताए । बुधबारदेखि हावाको चाप परिवर्तन हुने अनुमानले केही डर सिर्जना भएको बताए । ‘अहिले पूर्वबाट पश्चिम बगेको छ । बुधबारदेखि दक्षिणबाट उत्तर आउने सम्भावना छ,’ उनले भने, ‘त्यसो हुँदा डर हुन्छ ।’ यद्यपि, मनसुन सक्रिय भई ठूलो पानी पर्ने सम्भावना भएकाले त्यति क्षति नहुने बताए ।

सलहबारे दैनिक अध्ययन भइरहेको केन्द्रले जनाएको छ । अनुगमन गर्न एप्लिकेसन छ । त्यसमार्फत कीरा कता छन्, कस्तो अवस्थामा छन्, कता गइरहेका छन् भन्ने विषयमा अध्ययन भइरहेको हुमागाईंले जानकारी दिए । ‘हामीले गर्नुपर्ने तयारी गरिरहेका छौं । राजस्थानमा हुर्किरहेका बच्चाको अवस्थाबारे सातै प्रदेशमा सूचना पनि दिएका छौं,’ उनले भने, ‘यस विषयमा सबै निकाय सचेत छौं ।’ प्रवक्ता केसीले पनि एक डेढ महिनामा राजस्थानमा ठूलो संख्यामा उपस्थिति हुने सम्भावना रहेको बताए । ‘भारतमा नयाँ वंश वृद्धि हुने सम्भावना पनि छ । त्यस्तो हुँदा एक डेढ महिनापछि ठूलो संख्यामा राजस्थानमा हुन्छ,’ उनले भने, ‘त्यहाँ ढुक्क हुने सम्भावना छैन ।’

सलहले दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍याएको थियो । ती क्षेत्रमा मकै, तरकारी, फलफूल र भटमास बाली गरी करिब ११ सय १८ हेक्टरमा क्षति पुर्‍याएको केन्द्रले जनाएको छ । विभिन्न क्षेत्रमा भएको बर्खाका कारण ठूलो क्षति भने भएको छैन । सलह गर्मी/उज्यालोमा मात्रै सक्रिय हुने हुँदा खेतीबालीमा धेरै क्षति पुगेको छैन । ‘सलह एक ठाउँमा २/३ घण्टा मात्रै बसे । बेलुका भएपछि जंगलमा बास बसे,’ हुमागाईंले भने, ‘मौसमका कारण पनि त्यति क्षति हुन पाएन ।’ कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x