×

NMB BANK
NIC ASIA

चिनियाँ जहाजहरूले सीमा उल्लंघन गरिरहेको जापानको आरोप

असार २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनका कोस्ट गार्ड जहाजहरूले विगत चार दिनमा जापानको नियन्त्रणमा रहेको जलक्षेत्र दुईपटक प्रवेश गरेको अनि जापानी जहाजहरूले तिनलाई एकपटक रोकेको टोक्योका अधिकारीहरूले बताएका छन् । 

Muktinath Bank

चिनियाँ जहाजहरू जापानको नियन्त्रणमा रहेका सेन्काकु टापुसमूहको चार किलोमिटर क्षेत्रमा आएको र त्यो अन्तर्राष्ट्रिय सीमाको उल्लंघन भएको जापानी कोस्ट गार्डले जनाएको छ । सेन्काकुलाई चिनियाँहरू दिआयु भन्छन् । 
टोक्योले चिनियाँ जहाजका सम्बन्धमा बेइजिङ समक्ष कूटनीतिक विरोधहरू पेश गरिरहेको जापानको मन्त्रिपरिषद्का सचिव योशिहिदे सुगाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोक्यो र बेइजिङ दुवैले ती टापुसमूहमा दाबी गरेका छन् तर जापानले सन् १९७२ देखि तिनमा दाबी गरिरहेको छ । 
 


Advertisment
Nabil box
Kumari

टोक्योबाट १९ सय किलोमिटर टाढा रहेको टापुसमूहमा वर्षौंदेखि तनावको स्थिति छ । दुवैले त्यसलाई आफ्नो जन्मसिद्ध अधिकार मान्ने गरेका छन् । 

Vianet communication
Laxmi Bank

जापानको ओकिनावा नगर परिषद्ले टापुसमूहको प्रशासनिक हैसियत परिवर्तन गर्ने एक विधेयक पारित गरेपछि दुई देशबीचको तनाव चर्केको हो । उक्त टापुसमूह जापानी भूभागको एक अंग हो भनी उक्त विधेयकले दाबी गरेकाले बेइजिङले कडा विरोध जनाएको छ । 

सोमवार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त टापुसमूहको जलक्षेत्रको गश्ती गर्ने अन्तर्निहित अधिकार चीनसँग भएको बताउँदै जापानलाई चीनको सार्वभौमसत्तामा दखल नदिन आग्रह गरेको छ । 

चीन सरकारका जहाजहरू उक्त टापुसमूहको जलक्षेत्रमा ८४ दिनदेखि घुमिरहेको जापानको कोस्ट गार्डले सोमवार जनायो । तर जापानको जलक्षेत्रमा चिनियाँ जहाज प्रवेश गर्दा विवाद चर्किएको हो । 
 

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x