×

NMB BANK
NIC ASIA

सरकारलाई जनताको भन्दा बढी माया कुर्चीको छ : कांग्रेस महामन्त्री कोइराला

असार २३, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेपाली कांग्रेसका महामन्त्री डा. शाशंक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिष्ट सरकारले कुनै नयाँ योजना दिन नसकेको बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bank

सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालले आयोजना बीपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले रेल पानी जहाजका सपना बाँडेर जनताबाट भोट पाए पनि संकटका बेलामा जनतालाई जोगाउने भन्दा कुर्सी जोगाउन लागेर असली चरित्र देखाएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नेपाली कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरीब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताए । गरीबलाई धनी बनाएर धनी र गरीबबीचको दूरी कम गर्ने बीपी कोइरालाको प्रजातान्त्रिक  समाजवादी चिन्तन भएको महामन्त्री कोइरालाको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

महामन्त्री कोइरालाले नेपाली कांग्रेसको संगठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा ऊर्जा थप्नका लागि पनि १४ औं महाधिवेशन आवश्यक भएको बताउँदै महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको स्पष्ट पारे ।

Vianet communication
Laxmi Bank

उनले महाधिवेशनका लागि नयाँ संरचना अनुसारको समायोजनको काम, क्रियाशील सदस्यताको काम सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताए ।  १४ औं महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र  नयाँ उर्जा थप गर्ने कोइरालाको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा बीपी कोइरालाले परिकल्पना गरेको समाजवादी व्यवस्थालाई समेटिएको बताए ।

उनले कम्युनिष्टहरुले समाजवाद उन्मुख भन्ने गरेकाले धेरैमा भ्रम परेको भन्दै बीपी कोइरालाले परिकल्पना गरेको जस्तै समाजवादलाई संविधानमा व्यवस्था गरेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, किरण यादवले पनि वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादका विषयमा आ-आफ्नो धारणा राखेका थिए ।

नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री मनोजमणि आचार्यले संचालन  गरेको कार्यक्रममा नेविसंघका पूर्वमहामन्त्री प्रतिमा गौतमले सहभागीहरूलाई स्वागत गरेकी थिइन् भने नेविसंघकै पूर्वउपाध्यक्ष प्रमोदहरी गुरागाँईले बीपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशनका विषय प्रवेश गराएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x