मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
असार २३, २०७७
काठमाडौं उपत्याकामा ४० लाख जनसंख्या छ । जनघनत्व बढी भएका सहर कोरोना संक्रमणको हटस्पट बन्ने जोखिममा छन् । सरकारी तथ्यांकमा देखिएको संक्रमितको संख्यालाई हामीले स्याम्पलिङको रुपमा बुझ्नु जरुरी छ ।
उपत्यकाका अधिकांश अस्पतालमा अन्य उपचार गर्न गएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा पनि संक्रमण बढ्दो क्रममा छ ।
उपत्याकाका प्रत्येक ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन् । बालबालिकादेखि बृद्धबृद्धा, जसको ट्राभल हिस्ट्री छैन, संक्रमितसँग सम्पर्क भएको हिस्ट्री छैन, मा पनि संक्रमण देखिएको छ । पावर तथा पैसाको बलमा भित्रि नाकाबाट उपत्याका प्रवेश गर्नेको कमी छैन ।
उपत्याका प्रवेश गर्ने व्यक्तिलाई होल्डिङ गर्ने, परीक्षण गर्ने अनि मात्र संक्रमण नभएका व्यक्तिलाई आफ्नो निवास पठाउने काम भएको छैन । ४० लाख जनसंख्या भएको ठाउँमा क्वारेन्टाइन निकै कम छन् । कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र परीक्षणको रिपोर्ट आउने समय यति लामो छ कि जसबाट संक्रमित तथा संक्रमितको सम्पर्कमा आएका व्यक्तिले धेरै जनालाई संक्रमण विस्तार गर्न सक्छन ।
काठमाडौं उपत्याकाको समुदायमा पीसीआर परीक्षण गर्न सरकार तत्पर देखिएको छैन । विज्ञहरुको आवाज सुनिएको छैन । सीमित खानपिनप्रेमि कर्मचारी,भ्रष्ट्राचार तथा कमिसन खानुलाई जीवनको लक्ष्य मान्ने अनैतिक व्यक्तिहरु तथा पकेटका मान्छेलाई सर्वज्ञाता बनाएर जनस्वास्थ्यमाथि खेलवाड गरिएको छ ।
हामी नागरिकले पनि असल नागरिक हुनुको दायित्व पुरा गरेका छैनौं । अत्यावश्यक काम बाहेक घरमै बस्ने, बाहिर निस्कँदा सहि तरिकाले मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाडमा नजाने, हरेक व्यक्तिलाई संक्रमितको नजरले हेरेर सतर्क हुने, कार्यस्थललाई संक्रमणरहित बनाउने, नियमित हात धुने / स्यानिटाइज्ड गर्ने, घरमा आउँदा बाहिर लगाएका कपडा तथा सामग्री बाहिर राख्ने अनि नुहाएर घरभित्र पस्ने तथा घरभित्र पनि जोखिम वर्गका सामान्य व्यक्तिसँग दुरी कायम गर्ने लगायतका उपायलाई जीवनशैलीको रुपमा अबलम्बन गर्नु जरुरी छ ।
कोरोना संक्रमण हावाबाट पनि सर्छ भनेर ३२ देशका २३९ जना वैज्ञानिकले WHO लाई आफ्नो धारणा बनाउन दबाब दिइरहेका छन् । बन्द कोठा तथा हल, जहाँ कन्सर्ट गरिन्छ, चिच्याएर गाउने तथा हुटिङ गर्ने गरिन्छ, त्यस्तो ठाउँमा धेरैजना संक्रमितले मुख तथा नाकबाट भाइरस उत्सर्जन गर्दछन् ।
गह्रौं छिटा सतहमा खस्छन भने साना र हल्का छिटा त्यहाँ रहेको हावामा तैरिन्छन् । हावामा झुण्डिएका ती कणहरु सास लिंदा हाम्रो शरीरमा प्रवेश गर्दछन । यसरी संक्रमण फैलिन्छ भन्ने अवधारणा हामीले पनि ख्याल गर्नु जरुरी छ ।
हाम्रो देशमा संक्रमित तथा मृतकको उमेर अन्य देशको तथ्यांकसँग मेल खाँदैन । तसर्थ हरेक उमेर र वर्गका व्यक्तिहरु यो अदृश्य शत्रुसँग लड्नको लागि सरकारको बाटो मात्र हेर्नु हुँदैन ।
अबका २ महिना हामी नागरिक सेल्फ लकडाउनमा बस्न सक्यौं भने कोरोना संक्रमणको मुख्य छालबाट बच्न सक्छौं । यो ६ महिना हामी बच्न सफल भयौं भने अबका २ महिना आफुलाई सुरक्षित राख्नु सबैभन्दा ठूलो प्राप्ति हुनेछ ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...