×

NMB BANK
NIC ASIA

बाजुराकाे द्वारीमा सडक भासियोः आवाजजावत ठप्प

असार २३, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

अविरल वर्षाका कारण साँफे -मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाका बूढीगंगा र बडिमालिका नगरपालिकाको सिमाना नजीकै पर्ने द्वारीमा सडक तलबाट बूढीगंगा नदीले काटेपछि पहिरो बगी सडक भासिएको हो। 

Sagarmatha Cement
Muktinath Bank

वर्षायाम शुरु भएसँंगै लगातारको वर्षाका कारण सडक ठाउँठाउँमा भत्किएको छ। सडक भासिएसंँगै साँफे –मार्तडी राजमार्ग अवरुद्ध हुनाका साथै आवतजावत ठप्प भएको छ । आज बिहान आएको भारी वर्षाका कारण द्वारीमा करीब चार मिटर सडक तल भासिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक खोल्नका लागि सडक डिभिजन कार्यालय अछामबाट स्काइभेटरसहित इञ्जिनीयरहरुको टोली आए पनि वर्षा नरोकिएका कारण सडक पुनः सञ्चालन नसकेको र बुधबार साँझसम्म मात्रै  हुन सक्ने प्रजिअ गैरेले बताए।


Advertisment
Nabil box
Kumari

अहिले साँफे –मार्तडी सडकमा साना तथा ठूला कुनै सवारी साधन चल्न सकेका छैनन् । मालवाहक ट्रक, ट्रयाक्टरलगायत साधन सडकमै अलपत्र छन् । पैदल यात्राबाट नै मानिसले सामान ओसारपसार गर्नुपर्ने बाध्यता रहेको र त्यसको प्रत्यक्ष मारमा ग्राहक नै पर्ने उद्योग वाणिज्य संघ बाजुराको भनाइ छ । हरेक वर्ष वर्षायाममा साँफे –मार्तडी सडक अवरुद्ध हुँदै आएको छ । 

Vianet communication
Laxmi Bank

 तलबाट नियमित सडक भासिन थालेपछि अम्कोटबासीमा समेत चिन्ता थपिएको तथा रातभर जाग्राम बसेर रात कटाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी मनराज पाध्यायले गुनासो गरे।

भत्किए दुई  घर

 निरन्तर परिरहेको वर्षाका कारण  खप्तड छेडेदह गाउँपालिकामा दुई घर भत्किएका छन् । खप्तड छेडेदह –५ डोगडीका लालबहादुर रावतको घर भत्किँदा लाखाँैंको क्षति भएको स्थानीयवासीले बताएका छन् ।

 कुनै मानवीय क्षति नभए पनि घरमा रहेका अन्नपात र  लत्ताकपडा सबै पुरिएर नष्ट भएको वडाध्यक्ष हर्क रावतले बताउनुभयो । वर्षाका कारण डोगडी गाउँको बिडेपाटाको रावतबाड टोलमा एक घर भत्किनाका साथै २५ घर  पहिराको उच्च जोखिममा रहेको अध्यक्ष रावतको भनाइ छ । 

 त्यस्तै वर्षाका कारण वडा नं ६ को सुदाडाका प्रभते नेपालीको घर भत्किएको बताइएको छ ।  पहिरो जोखिममा रहेका घरपरिवारलाई सतर्क रहन गाउँपालिकास्तरीय विपत् व्यवस्थापन समितिले आह्वान गरी गाउँपालिकाले पत्र समेत पठाइसकेको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x