कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
भारतले नेपाली भूमि लिपुलेक जोड्ने सडक विस्फोटक पदार्थले चट्टान फुटाउँदै विस्तार गर्न थालेपछि व्यास गाउँपालिका–१ जोड्ने घोडेटो निर्माणमा अवरोध पुगेको छ ।
नेपाली सेनाले जेठ दोस्रो सातादेखि घोडेटो बनाइरहेको छ । भारतले आफ्नोतिर ठूला चट्टान फुटालेर महाकालीमा खसाल्दा नदीको बहाव नेपालतर्फ फर्केपछि बन्दै गरेको घोडेटो कटानमा परिरहेको छ ।
भारतले महाकाली किनारैकिनारबाट धार्चुला–लिपुलेक सडकको ट्रयाक खोलेर गत वैशाख २६ मा उद्घाटन गरेको थियो । नेपाली सेनाले बाटो निर्माण थालेदेखि नै भारतले सडक चौडा पार्न थालेको स्थानीयले बताए ।
सेनाले घोडेटोको ट्रयाक खोलिरहेको ठीक पारिपट्टि भारतले पनि निर्माणलाई तीव्रता दिएको हो । ‘भारतले नियमित रूपमा विस्फोट गराएर चट्टान तोडिरहेको छ,’ व्यासका रवीन्द्र जोहारीले भने, ‘ठूला मेसिन प्रयोग गरेर ठूल्ठूला ढुंगा महाकालीमा फाल्दा पानीको सतह माथि उठेको छ ।’
ठूला ढुंगा खसाल्दा नदी साँघुरिएर बहावको तीव्रता बढेको छ । जसका कारण घाटीबगरमा सेनाले खोलेको ट्रयाकमध्ये ४५ मिटर बाटो बगाएको छ ।
भारतले सडक विस्तार गर्न दिनमा ४–५ पटक विस्फोट गराएर चट्टान खसालिरहेको छ । विस्फोट हुँदा साना ढुंगा र चोइटा उछिट्टिएर आउने हुनाले ज्यान जोगाउनसमेत मुस्किल भएको घाटीबगरमा काम गर्नेहरू बताउँछन् । बाटो निर्माणका लागि सेनाले घाटीबगरमा क्याम्प राखेको ठाउँ होचो छ । त्यसैले भारतले विस्फोट गराउँदा सेना र अन्य कामदार बसेको ठाउँसम्मै ढुंगा खस्ने गरेको छ । सेना र कामदार बस्न टाँगिएका पालमा विस्फोटले उछिट्टिएर आएका ढुंगाले प्वालसमेत बनाएका छन् ।
बाटो बनिसकेको १५ मिटर क्षेत्रमा पहिरो खसेपछि त्यहीं फेरि काम गर्न धेरै समस्या खेप्नुपरेको सेनाले जनाएको छ । अहिले करिब दुई सय मिटर घोडेटो निर्माण भएको छ । महाकालीले कटान गरेको ४५ मिटर बाटो फेरि बनाउनुपरेकाले निर्धारित समयमा काम नसकिने सेनाको भनाइ छ । सेनाले घाटीबगरबाट मौरीभीरसम्मको ४ सय ५० मिटर घोडेटो असार मसान्तभित्र बनाइसक्ने लक्ष्यका साथ काम थालेको थियो ।
भारतले विस्फोट गराउँदै चट्टान नदीमा खसालिरहे नदीको सतह अझै माथि आउने सम्भावना रहेको कामदारहरूले बताएका छन् । उनीहरूका अनुसार अहिले सेनाले निर्माण गरिरहेको बाटोभन्दा ४–५ मिटर मात्रै मुनि महाकाली बगिरहेको छ ।
‘तलबाट नदी कटान भइरहेको छ । माथिबाट पहिरो खस्ने खतरा भएकाले जोखिम मोलेर काम गर्नुपरेको छ,’ सेनासँगै निर्माणमा खटिएका व्यास–५ का वीरेन्द्रसिंह धामीले भने । धामीसहित स्थानीय आठ जनाले उक्त बाटो निर्माणमा दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । धामी उक्त बाटोमा ड्रिलिङको काम गर्छन् ।
स्थानीय जेहेन्द्र भण्डारीका अनुसार भारतीयले एक पटक सिट्टी फुक्ने र लगत्तै विस्फोट गराउने भएकाले हतारहतार लुक्नुपर्ने अवस्था रहेको बताए । ‘हामीले यस्तो दिनहुँ भोग्दै आएका छौं । यहाँ बस्ने सेना नै असुरक्षित छन्, हामी त हुने नै भयौं,’ उनले भने ।
घाटीबगरको खोंचमा सेनाको क्याम्प र हेलिप्याड बनाइएको ठाउँको तलतिर पनि महाकालीले कटान गरिरहेको छ । पारिपट्टि नदी किनारमा ठूला ढुंगा र माटो थपिँदै जाँदा महाकाली वारितर्फ सरिरहेको छ ।
घाटीबगर र मौरीभीरमा पर्ने बाटो छिटो सञ्चालन गर्ने जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्माणका लागि नेपाली सेनाको प्राविधिक जनशक्तिसहितको टोली त्यस क्षेत्रमा खटिएको हो ।
व्यास–२ मा पर्ने मौरीभीरमा ठूलो चट्टान र घाटीबगरमा पहिरोसमेत गएकाले व्यास–१ मा पर्ने छाङरु र टिंकर गाउँका बासिन्दालाई जिल्ला सदरमुकाम आउजाउ गर्न समस्या छ । नेपालतर्फ बाटो नहुँदा उनीहरूले आफ्नो थातथलो आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
बाटो निर्माणमा भारतले अवरोध पुर्याइरहेको बारे माथिल्लो निकायलाई खबर गरेको एक सैनिक अधिकारीले बताए । उनका अनुसार बाटो निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति (इन्जिनियर) र थप सुरक्षा तथा बन्दोबस्तीका लागि फौज बाटो निर्माणमा खटिएका छन् । यहाँ दुई सय मिटरको चट्टान छ । सय मिटर सुक्खा पहिरो गएको हटाउनुपर्ने र बाँकी ठाउँमा बाटो निर्माण गर्नुपर्ने छ । चट्टानमा ब्लास्टिङ गरेर बाटो बनाइँदै छ । यो बाटो बनेपछि व्यासको छाङरु र तिंकरका बासिन्दाले नेपाली भूमिबाटै सदरमुकाम आउजाउ गर्न पाउनेछन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले सीमावर्ती पिथौरागढ जिल्लाका डीएमले सडक निर्माणका ठेकेदारलाई असर नहुने गरी तलमाथि मिलाएर काम गर्न लगाउने मौखिक आश्वासन दिएको तर त्यहीअनुसार काम नभएको बताए । ‘मेरो तहबाट कुरा गर्दा समाधान भएन । दूतावासमार्फत पहलका लागि प्रयास भइरहेको छ,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...