×

NMB BANK
NIC ASIA

नेपालमा चिनियाँ राजदूतको सक्रियतालाई कसरी बुझ्ने ?

असार २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ नेकपामा किचलो चलिरहँदा चिनियाँ राजदूत होउ याङ्छीले विभिन्न नेताहरूसँगको भेटघाट तीव्र बनाइरहेकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

उनले राष्ट्रपति विद्या भण्डारी, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई भेटिसकेकी छन् । पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न उनले समय मागेको भए पनि प्रचण्ड उनीसँग भेट्न अनिच्छुक रहेको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ राजदूतका गतिविधिलाई नेपालको आन्तरिक राजनीतिमा अनावश्यक हस्तक्षेपका रूपमा लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँग असहज सम्बन्ध, नेपाल–भारत सीमा विवाद अनि अहिलेसम्म


Advertisment
Nabil box
Kumari

भारतको प्रभावक्षेत्रका रूपमा रहेको नेपालमा चीनको खुला हस्तक्षेपका कारण भारतको कान पनि ठाडो भएको छ । 

Vianet communication
Laxmi Bank

राजदूतको भेटघाटका चर्चा चल्दै गर्द सत्तारूढ नेकपाको सोमवार हुनुपर्ने स्थायी कमिटी बैठक स्थगित गरियो । त्यसमा ओलीको राजीनामाको विषय टुंगोमा पुग्ने अपेक्षा गरिएको थियो । 

राजदूत होउले यसअघि पनि नेकपा नेताहरूसँग भेटघाट गरिसकेकी छन् । ओलीको विरोध बढिरहेको चिनियाँ राजदूतको कदमले मानिसहरूको ध्यान आकर्षण गरेको थियो । 

त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्रमुख खड्ग केसीले भने, ‘राजनीतिक खिँचातानीका बीच राजदूत र नेकपा नेताहरूबीचको भेटघाटले विभिन्न अनुमान जन्माएको छ । मेरो विचारमा नेपालको आन्तरिक राजनीतिमा कुनै पनि बाह्य हस्तक्षेप हुनुहुँदैन ।’

सन् २००६ मा भारतको सहयोगमा सत्तामा पुगेका नेपाली कम्युनिस्टहरूमा अहिले चीनको प्रभाव बढी छ । वरिष्ठ पत्रकार युवराज घिमिरेले त्यसलाई नेपाली जनतामा भारतप्रतिको दृष्टिकोणमा आएको परिवर्तनका रूपमा हेर्न मिल्ने भनेका छन् । 

भारतसँग लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा भएको विवादपछि ओलीले केही मानिस सरकार गिराउन लागिपरेको बताएका थिए । त्यतिखेर नेकपाका अन्य नेताले यसको प्रमाण दिन वा पद छोड्न माग राखेका थिए । 

यसैबीच काठमाडौंका तीन होटलमा भारतीय जासूसहरूको खोजीमा छापा मारिएको खबर पनि आयो । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक राजनीति विदेशी शक्तिले चलाएको भन्ने आरोपलाई अस्वीकार गरेका छन् । नेपाल सार्वभौम देश भएको र कुनै पनि शक्तिको हस्तक्षेप सह्य नहुने भन्दै उनले गरेको ट्वीटको थप व्याख्याका लागि सोध्दा उनले कुनै विशेष व्यक्तिलाई तोकेर नभनेको बताए । 

श्रेष्ठले त्यसो भने पनि वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालमा चीनको बढ्दो प्रभावलाई अस्वीकार गर्न नसकिने बताए । यो नेपालमा भारतको अपत आक्रामक नीतिको प्रतिक्रियाका रूपमा हेरिनुपर्ने उनको कथन छ । 

‘आफू चाहिँ माओवादीहरूलाई देशको आन्तरिक सुरक्षाका लागि सबभन्दा ठूलो खतरा भन्ने अनि छिमेकी मुलुकमा माओवादीहरूलाई सत्तामा सहभागी गराउने ? अनि तीनतिरबाट आफूले भौगोलिक रूपमा घेरेको मुलुकविरुद्ध नाकाबन्दी लगाउने ? यसको असर जनतामा कस्तो पर्छ अनि राजनीतिकर्मी त्यसबाट अलग कसरी रहन सक्छ ?’ घिमिरे प्रश्न गर्छन् । 

सीमा विवाद जस्ता घटनाले भारतविरोधी वातावरण थप चर्काएको उनको भनाइ छ । 

भारतप्रति नेपालको सोचमा परिवर्तन आइरहेको अनि एसियामा आफ्नो प्रभाव विस्तार गर्न लागिपरेको चीनले लगानीदेखि सामरिक सम्बन्ध बलियो बनाउनेसम्मको कोशिश गरिरहेको अवस्था छ । 

घिमिरेका अनुसार, चीनले नेपालमा अहिले जे गरिरहेको छ भारतले पहिलेदेखि नै त्यो गर्दै आएको थियो । तर नेपालीहरू दुवै छिमेकीसँगको सम्बन्ध समदूरीमा आधारित हुनुपर्ने बताउँछन् । 

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x