कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठकले प्रतिपक्षीको नाराबाजीकाबीच आर्थिक वर्ष २०७७/०७८ को बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक-२०७७ पारित गरेको छ।
यसैगरी आर्थिक वर्ष २०७७/०७८को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक- २०७७ समेत बैठकले पारित गरेको छ।
बुधबार अपराह्न २ बजे बसेको तेस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले छुट्टाछुट्टै रुपमा ती दुवै प्रस्ताव पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेश गरेका थिए।
यसअघि बुधबार बिहान ८ बजे बसेको प्रदेशसभाको पहिलो बैठकमा मन्त्री बोहराले उक्त विधेयकमाथि छलफल गरियोस् भनी पेश गर्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो। त्यसपछि बैठक स्थगित गरिएको थियो।
बिहान ९ बजे बसेको दोस्रो बैठकमा उक्त प्रस्ताव माथिको छलफलमा दुर्गाकुमारी कामी र दिउँसो २ बजे बसेको तेस्रो बैठकमा भएको छलफलमा महेशदत्त जोशी भाग लिएका थिए। दोस्रो बैठकको कारवाही चलिरहँदा सभामुख अर्जुनबहादुर थापाले आफ्ना कुरा राख्दा सभामुखलाई सम्बोधन हुनेगरी बोल्न सदस्यहरुलाई ‘रुलिङ‘ गरेका थिए।
त्यसपछि सभामुखले दोस्रो बैठकको कारवाही स्थगित गरेका थिए।
प्रतिपक्षीको निरन्तर नाराबाजी
प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यको अवरोध र नाराबाजीकाबीच प्रदेशसभाको बैठकका कारवाही अगाडि बढाएर प्रस्ताव पारित गरिएको हो।
बुधबार छुट्टाछुट्टै समयमा बसेका तीन वटा बैठकको कारवाही प्रारम्भ हुनासाथ प्रतिपक्षी सदस्यले रोष्ट्रम अगाडि पुगेर निरन्तर नाराबाजी गरिरहेका थिए।
प्रदेशमा भयावह बन्दै गएको कोभिड-१९ को सङ्क्रमणको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गरी जनताको जीउधनको रक्षा गर्न, कोरोना रोकथाममा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने जस्ता माग राखे पनि सरकारले सुनुवाई नगर्दा बाध्य भएर विरोध गर्नुपरेको प्रतिपक्षीको भनाइ छ।
क्वारेन्टाइनमा महिला बलात्कार हुने, आत्महत्याका घटना हुने, स्वास्थ्य जाँच नहुने जस्ता समस्या उत्पन्न भई कोरोनाले प्रदेश आक्रान्त बन्दा पनि रोगको रोकथामका लागि सरकार गैरजिम्मेवार ढङ्गले प्रस्तुत भएको र विधि प्रक्रिया, सहकार्य, सहमति नचाहेकाले विरोध गर्नुपर्ने परिस्थिति सिर्जना भएको काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले आरोप लगाए।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोनाको रोकथाममा भएको खर्चको विवरणबारे यसअघि नै सदनलाई जानकारी गराइसकिएको बताए। उनले भने, “प्रतिपक्षीले असत्य तथ्यहीन कुरा ल्याएर सदन अवरुद्ध गर्नु असंसदीय काम हो ।”
सरकार र प्रतिपक्षीबीच सदन सुचारु बनाउन यसअघि पटक पटक छलफल भए पनि कुनै सहमति जुट्न सकेको थिएन। त्रिपन्न सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३९, प्रतिपक्षी नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना सदस्य छन् ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...