×

NMB BANK
NIC ASIA

प्यूठानका स्थानीय तहमा ‘एक घर, एक धारा’

असार २५, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

जिल्लाका स्थानीय तहले नागरिकलाई खानेपानीको सहज आपूर्तिका लागि एक घर एक धारा कार्यक्रम सञ्चालन गरेका छन् ।

Muktinath Bank

जिल्लाको माण्डवी गाउँपालिकाले जनतालाई खानेपानीको सहज पहुँच पुर्‍याउन एक घर एक धारा कार्यक्रम सञ्चालन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आव २०७४/७५ देखि नै पालिकाका विभिन्न क्षेत्रमा खानेपानीकोे सहज आपूर्ति गराइ एक घर एक धारा बनाउने अभियान शुरू गरेको हो ।


Advertisment
Nabil box
Kumari

मानिसको पहिलो आधारभूत आवश्यकता पानी नै भएकाले पालिकाले यो कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले बताए ।

Vianet communication
Laxmi Bank

पालिकाले अघिल्लो आवमा साना ठूला गरी २० वटा खानेपानीका योजना सञ्चालन गरेको थियो । जसका लागि २ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । यसबाट ८०० घरधुरीका करीब ४ हजार जनता लाभान्वित भएको गाउँपालिका प्राविधिक सागर पण्डितले बताए । 

चालू आवमा पनि पालिकाका २३० घरधूरीमा धारा निर्माण गरिए र यसबाट करीब १ हजार ४०० जनता लाभान्वित भएका छन् । पालिकाले यसका लागि पनि २६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । पालिकाकै बजेटबाट आँपचौर लिफ्ट खानेपानी र उदयपुरकोट लिफ्ट खानेपानीको काम पनि सञ्चालन गरेको प्राविधिक पण्डितले बताए ।

पालिकाबाट चालू आवमा दुवै योजनाका लागि १५/१५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पालिकाले आगामी वर्षमा पनि एक घर एक धारा अभियानलाई निरन्तरता दिने भएको छ ।

प्युठान नगरपालिकाले चालू आर्थिक वर्षमा नगर क्षेत्रमा ३५० घरमा धारा निर्माण गरेको छ । चालू आवमा ८०० घरधुरीमा धारा पुर्‍याउने लक्ष्य नगरपालिकाको रहेपनी बन्दाबन्दीले काम गर्न नपाएको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

चालू आवमा ८ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । आगामी वर्षमा पनि नगरपालिकाले करीब ८०० घरमा धारा निर्माण गर्ने नगर प्रमुख कक्षपतिले बताए । नगर क्षेत्रमा २०७४ पश्चात करीब १ हजार २०० घरमा धारा निर्माण गरिएको उनले बताए ।

जिल्लाकै गौमुखी गाउँपालिकामा हालसम्म २०१ घरमा धारा निर्माण भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत–२ अर्खामा १५१ र वडा नम्बर ३ रजवारामा ५० घरधुरीमा धारा निर्माण भएको गाउँपालिका अध्यक्ष विष्णु गिरीले बताए । वडा नम्बर ४ पूजामा केन्द्र र प्रदेश सरकारको २ करोड ५० लाख लगानीमा गौथलेमुल लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको अध्यक्ष गिरीले बताए ।

आयोजना निर्माण पश्चात यहाँका २०० घरधुरी लाभान्वित हुने छन् । गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक घर एक धारा कार्यक्रमका लागि १ करोड बजेट विनियोजन गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x