×

NMB BANK
NIC ASIA

किस्ता भुक्तानीको समय थपिन्छ : गभर्नर

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बन्दाबन्दीका कारण व्यापार व्यवसाय ठप्प भएर बैङ्कको ऋण तिर्न नसक्नेले थप समय पाउने भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव सङ्कलन गर्न नेपाल राष्ट्र बैङ्कले बिहीबार आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तभित्र ऋणको सावाँ र ब्याज तिर्न नसक्नेलाई थप समय दिइने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असार मसान्तभित्रै सावाँ र ब्याज तिर्न सक्नेलाई तिर्न आग्रह पनि उनले गर्नुभयो । गभर्नर अधिकारीले बैङ्क तथा वित्तीय संस्थालाई ऋणीलाई अनावश्यक तनाव नदिन पनि आग्रह गर्नुभयो । प्राविधिक कारणले मौद्रिक नीति असारमै ल्याउन असजिलो भएको भन्दै उनले साउनको पहिलो साता बैङ्क तथा वित्तीय संस्था र व्यवसायी दुवैलाई समेटने गरी नीति आउने जानकारी दिए । पुँजी बजारलगायत अर्थतन्त्रमा सुधारका सङ्केत देखिएको भन्दै उनले अतालिनुपर्ने अवस्था नरहेको जनाए।


Advertisment
Nabil box
Kumari

नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बैङ्किङ क्षेत्र पनि कोरोनाका कारण प्रभावित भएको भन्दै सङ्क्रमण फैलनुअघि नै बैङ्कहरूको लगानीमा प्रतिफल घट्दो क्रममा रहेको बताए । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कुन ऋणीलाई कति छुट तथा सहुलियत दिने भन्ने निर्णयको अधिकार बैङ्कलाई नै दिनु उचित हुने उनले दाबी गर्नुभयो । ऋणीलाई बैङ्कहरूले राम्रोसँग चिन्ने भएकाले निर्णय गर्ने जिम्मा सम्बन्धित संस्थालाई दिनुपर्र्ने दाबी उनको थियो ।

Vianet communication
Laxmi Bank

नेपाल वित्तीय संस्था सङ्घका अध्यक्ष सरोजकाजी तुलाधरले बैङ्क तथा वित्तीय संस्थाका ऋणीले मात्र नभई बैङ्क तथा वित्तीय संस्थाले समेत राहत पाउने गरी मौद्रिक नीति ल्याउन आग्रह गर्नुभयो । ब्याज पुँजीकरण गर्दा वित्तीय संस्थाको लोनलस प्रोभिजनिङको व्यवस्थामा समेत सहुलियत दिनुपर्ने उनको सुझाव थियो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले पुँजी बजारमा बैङ्क तथा वित्तीय संस्थाको ठूलो हिस्सा रहेको भन्दै तिनीहरूको स्वास्थ्य, पर्फर्मेन्सले प्रभाव पार्ने भएकाले यससम्बन्धी नीति लिँदा क्यापिटल मार्केटमा के असर पार्छ र सेयरधनीको अवस्थामा के फरक पार्छ भन्ने कुराको विचार गर्नुपर्नेमा जोड दिए ।   गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x