×

NMB BANK
NIC ASIA

९९.७ प्रतिशत कोरोना संक्रमितमा लक्षण छैन

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा कोभिड–१९ संक्रमण पुष्टि भएका ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको छैन ।

Sagarmatha Cement
Muktinath Bank

पछिल्लो तथ्यांकअनुसार ०.३ प्रतिशत (एक हजार जनामा तीन जना) संक्रमितमा मात्रै लक्षण देखिएको छ । यो तथ्यांक मुलुकमा हालसम्म देखिएको १५ हजार ७८२ जना संक्रमितको तथ्यांकमा आधारित हो । लक्षण नदेखिएका व्यक्तिहरू सामान्यजस्तै अवस्थामा हुने भएकाले प्रयोगशाला परीक्षण नगर्दासम्म संक्रमणबारे थाहा हुँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


‘पछिल्लो तथ्यांकले मुलुकमा प्राय:जसो संक्रमित लक्षणविहीन रहेको स्पष्ट भएको छ,’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे भन्छन्, ‘हामीकहाँ एसिम्प्टोम्याटिक (लक्षणविहीन) केस सबैभन्दा बढी छ ।’


Advertisment
Nabil box
Kumari

लक्षण नभएकाहरूबाट अन्य व्यक्तिमा रोग सर्न सक्ने जोखिम हुन्छ । लक्षण नभएकाले समेत कोरोनाको जोखिम समूह ठानिएका बूढापाका, रोग प्रतिरोधक क्षमता कम भएका, सुत्केरी र दीर्घरोगीमा संक्रमण सार्न सक्छन् । बालबालिका, युवा र सक्रिय उमेर समूहकाले आफ्नो घर, छरछिमेक र समुदायमा कोरोनाको जोखिममा रहेकालाई संक्रमण हुन नदिन विशेष सावधानी अपनाउनुपर्ने डा. पाण्डेले बताए । सबैभन्दा सक्रिय रहने गरेको उमेर समूहमै न्यून मात्रामा कोभिडको लक्षण देखिएको छ । नेपालमा ५४ वर्षसम्मको उमेर समूहका व्यक्तिमा अत्यन्त न्यून लक्षण देखिएको हो । करिब ९१ प्रतिशत संक्रमित १५ देखि ५४ वर्ष उमेर समूहका छन् ।

Vianet communication
Laxmi Bank


८५ वर्षमाथिका संक्रमित ४ जना मात्रै छन् । तीमध्ये एक जनामा मात्रै लक्षण देखिएको थियो । ती व्यक्तिको मृत्यु भइसकेको छ । बाँकी रहेका तीन जनामा कुनै लक्षण देखिएको थिएन । यस्तै ७५ देखि ८४ वर्ष सम्मका २५ जना संक्रमित रहेकामा एक जनामा मात्रै लक्षण देखिएको छ । विश्वमा लक्षण नदेखिने संक्रमणका बारेमा विभिन्न अध्ययन–अनुसन्धान जारी रहे पनि यसको कारणका रूपमा केही खास कुराहरू पहिचान भएको वा हुने प्रक्रियामा समेत छ । ‘मुलुकमा छुट्टै अध्ययन नभए पनि क्रस इम्युनिटी, जेनेटिक भेरिएसन, रक्त समूह, लिंग, खानपान, प्रभावित उमेर समूह, भाइरल लोड आदि लक्षण नभएको संक्रमण बढी हुनुको कारक हुन सक्छ,’ ईडीसीडीका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले भने । यस्तै बीसीजी र रुबेलाविरुद्धको खोपको अवस्था, शरीरमा भिटामिन डीको स्तर, शारीरिक सक्रियता आदिले कोभिडको गम्भीरतालाई निर्धारण गर्छ ।

पछिल्लो समय संसारभर नै कोभिडको भाइरस कमजोर हुँदै गइरहेको दाबी गरिएको छ । कोरोनाको मृत्युदर विश्वभर नै घटिरहेको छ । ‘पछिल्लो समय यो भाइरसको म्युटेसन हुँदै कमजोर बन्दै गइरहेको अवस्था विश्वभरि नै देखिएको छ,’ महतोले भने, ‘कोभिड भाइरससमेत कमजोर भइरहेको अवस्थामा नेपालमा रहेको भाइरसको अवस्थाबारे जान्न अध्ययन अत्यावश्यक छ ।’

कोरोना संक्रमितमा देखिने मुख्य लक्षण सुक्खा खोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या, अक्सिजन कम हुनु, स्वाद र गन्ध थाहा नहुनुलगायत छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आएका ९२ जना संक्रमितमध्ये समस्या देखिएका केही व्यक्तिमा यस्तो लक्षण देखिएको थियो । टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाका अनुसार पछिल्लो समय अस्पताल आउने अधिकांश व्यक्तिमा लक्षण देखिएको छैन ।


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकलनअनुसार विश्वमा करिब ४० प्रतिशत केस लक्षणविहीन हुन सक्छ । यस्तै अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार विश्वमा करिब २५ प्रतिशत केस एसिम्प्टोम्याटिक हुन सक्छ । विज्ञहरूका अनुसार भारतमा समेत हाल करिब ८० प्रतिशत कोरोनाको केस लक्षणविहीन छ । तर कुनै पनि समुदायमा लक्षणविहीन केस पत्ता लगाउन अत्यन्त गाह्रो हुने गरेको छ ।

परीक्षण जानकारी दिन बन्द

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनहुँ जारी गर्ने कोरोनासँग सम्बन्धित बुलेटिनमा प्रयोगशालाले दिनहुँ गरेको जाँचको संख्या दिन बुधबारदेखि बन्द गरेको छ । मन्त्रालयले यसअघि प्रयोगशालाले दिनहुँ गरेको जाँचको संख्या र त्यसमा देखिएको कोरोना पोजिटिभको संख्या ८ दिनसम्म खुलाउने गरेको थियो ।

कान्तिपुर दैनिकले गत मंगलबार ‘परीक्षण गरिएजति सबैको पीसीआर कसरी पोजिटिभ ?’ शीर्षकमा समाचार प्रकाशित गरेपछि देशभर सञ्चालित २५ प्रयोगशालामा दैनिक पीसीआर परीक्षण संख्याको जानकारी दिन बन्द गरिएको हो । मन्त्रालयले ती प्रयोगशालामा देखिएको कोरोना पोजिटिभको तथ्यांक मात्र दिन थालेको छ । ‘स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रयोगशालाले दिनहुँ गरेको नमुना परीक्षणको संख्या उल्लेख गर्न छाड्नु हुन्न, देखिएका समस्या समाधान गर्नुपर्छ,’ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसी भन्छन्, ‘मन्त्रालयले आफैं २४ घण्टामा कति परीक्षण गरियो र त्यसमा कति पोजिटिभ देखिएको भन्ने जानकारी दिने राम्रो सुरुवात गरेको थियो ।’

गत असार १६ गतेदेखि स्वास्थ्य मन्त्रालयले उक्त दुवै जानकारी दिन थालेको भए पनि पुन: बुधबारदेखि बन्द गरेको हो । ‘आफ्नो गल्तीमा स्वास्थ्य मन्त्रालय शब्दहीन भएको अवस्था हो र भविष्यमा पुन: यस्तो गल्ती दोहोरिँदा जनस्तरसम्म नपुगोस् भनेर सूचना दिन बन्द गरिएको हो,’ डा. बीसीले भने । ‘सरकारले कुन प्रयोगशालाले कति परीक्षण गर्‍यो, त्यसमा कति कोरोना पोजिटिभ देखियो, दुवै संख्याबारे जानकारी दिनुपर्छ,’ जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले भने, ‘कति परीक्षण गरियो भन्ने लुकाउनु आफ्नो कमजोरी लुकाउनु हो । आखिर किन लुकाउनुपर्‍यो ?’

सरकारले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत असार १७ मा कोरोना भाइरस रोग पहिचानका लागि गरिएको ११४ नमुनाको पीसीआर परीक्षण नतिजामा सबैको पोजिटिभ आएको जनायो । असार १९ गते सबैभन्दा बढी ७४० कोरोना पोजिटिभ देखिएको थियो । उक्त दिन सरकारले सेती प्रादेशिक अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको ६५ पीसीआर परीक्षणमा सबै नतिजा पोजिटिभ आएको थियो । त्यही दिन पाटन अस्पताल ललितपुरमा गरिएको २०७ नमुना र त्रिवि शिक्षण अस्पतालमा गरिएको ९६ नमुनाको नतिजा सबै पोजिटिभ आएको सरकारले जनाएको थियो । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x