×

NMB BANK
NIC ASIA

'मि टू'

असार २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel
  • प्रथा

प्रेम भएपछि
पारस्परिक विवाह हुन्छ
या विवाह भएपछि प्रेम हुन्छ ?

सिन्धिया दुलही बनिन्
अखिलेश्वर कुमार दुलाहा बन्यो !
सुहागरात बित्यो
अखिलेश्वरको खुसीको सिमा थिएन !

केही दिनपछि
'मि टू' घरमा छिर्‍यो
र सिन्धियालाई पनि ठिकै जस्तो लाग्यो !

अखिलेश्वर विरुद्ध
अभियोग बलात्कार थियो
र अदालतमा मुद्दा दर्ता पनि गरियो !

नौ महिनापछि
जूनजस्ति छोरी जन्मिइन्
सायद दुबैले पूर्णताको अनुभूति गरे !

तर अकस्मात् !
एघारौं महिना बितेपछि
सिन्धियाका गोडा चल्न छोडे
र अखिलेश्वर व्हील चेयरको पुस ड्राइवर बन्यो !

अखिसियाको आज चौथो जन्मदिन
छोरीलाई काखमा राखेर
अखिलेश्वरले ह्याप्पी बर्थ डे छोरी भन्यो
ठिक त्यति नै खेर
ढक-ढक ! ढक-ढक ! आवाज आइरह्यो !

उसले बिस्तारै ढोका खोल्यो
प्रहरीहरू थिए
अभियोग सदर भएछ
अदालतले चार वर्ष जेल तोकिदिएछ !

हेडलाइनमा छापियो
रेडियो र टिभीमा प्रसारण भयो
चैत्रको डढेलोझैँ फैलियो
'बलात्कारी श्रीमान चिसो खोरभित्र !'

तालीहरू बजाइए
किनकि :
कानूनका अन्धा आँखाहरू
शरीरको भाषामात्र बुझ्छन् मनको बुझ्दैनन् !

अखिलेश्वर जेलमा छ
आज फेरि,
आखबारमा खबर छापियो कि :
आमाले आफूसँगै छोरीको हत्या गरिन् !
अहँ ! सहानुभूति थिएन
व्यापारको गणितभित्र भावनाको मूल्य हुँदैन !

नदीको छिपछिपे बगर छ
दुर्गन्धित लाशहरू
नजिकै व्हील चेयरमा बसेर
एउटा गिद्ध कराइरहेछ मि टू ...मि टू !

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x