×

NMB BANK
NIC ASIA

शनिवार किरिया बसेको नौ दिन । श्रीमती र छोरा किरियामा थिए ।

Muktinath Bank

आइतबार १० दिन हुने । त्यो दिन किरिया कर्मको लामो हुने भएकाले परिवार र आफन्त तयारीमा थिए । बिहान सात/आठ बजे पाल्पाको रैनादेवि छ्हरा गाउँपालिका १ अर्चलेमा क्रिरिया गरिएका व्यक्ति जिवित फेला परे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी थिए रुरु गाउँपालिका ५ बम्घा बस्दै आएका ६६ वर्षिय श्यामशरण भण्डारी । उनी भेटिने बित्तिकै वडाध्यक्ष हरिप्रसाद ज्ञवालीलाई स्थानीयले खबर गरे । त्यहाँ पुगेका छिमेकी र गाउँलेहरुले मृत भनिएका भण्डारीलाई जिवित देखेर चकित परे । ‘खबर पाएको केही बेरमा अर्चले पुगेर मान्छे जिवित देख्दा अचम्म परियो,’वडाध्यक्ष ज्ञवालीले भने,‘आजै किरिया बसेका नौ दिन भएका थिए ।’ त्यसपछि उनले आफन्त र प्रहरी प्रशासनलाई खबर गरेर ती व्यक्ति परिवारलाई लगेर शनिबार साँझ बुझाएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनी २०/२५ दिनदेखि घरमा थिएनन्

Vianet communication
Laxmi Bank

गुल्मीको रुरु गाउँपालिका ५ बम्घा बोटेगाउँका भण्डारी बिगत २०/२५ दिनदेखि घरमा थिएनन् । उनी गाउँमा सात÷आठ बर्षदेखि एक्लै बस्थे । श्रीमती र छोरा रुपन्देहीको मणीग्राममा बस्छन् । छिमेकीका अनुसार उनीहरुको पारिवारीक सम्बन्ध राम्रो थिएन् । गाउँमा लामो समय हराएपछि छिमेकीले भण्डारीलाई गाउँ र आफन्तकोमा खोजे पनि । वडा कार्यालय र प्रहरी प्रशासनमा जानकारी समेत गराए तर भेटिएनन् ।

जब बढिगाड नदीमा शब भेटियो

गत १९ असारमा रुरु क्षेत्र गाउँपालिकाको बम्घा र रिमुवा नजिक बढिगाड नदिमा एक पुरुषको शव खोलाले बगाएको अवस्थामा फेला पर्‍यो । शरिरमा लुगा नभएकाले चिन्न सजिलो थिएन् । भण्डारी हराएकाले स्थानीयले अनुमान गरे । प्रहरी र आफन्तलाई खबर भयो । त्यो शबसंग भण्डारीका धेरै कुरा मिलेकाले छिमेकी र परिवारले स्विकार गरेको छिमेकी धाता पाण्डेयले बताए । ‘मान्छे सवै उस्तै थिए, मैले मात्रै होइन, परिवार र सिंगो गाउँले श्यामसरण भनेका हुन,’उनले भने,‘आज सपना जस्तै भएको छ ।’ गाउँ र परिवारले स्विकार गरेपछि प्रहरीले मुचुल्का गरे । भेटिएकै दिन प्राथमिक स्वास्थ्य केन्द्र खैरेनीमा शवको पोष्टमार्टम भयो । परिवार र छिमेकीले रुद्रवेणीको घाटमा २० असारमा दाहसंस्कार गरे । 

परिवारले धन्यवाद समेत दिएनन् 

रुरु क्षेत्र गाउँपालिका १ रिडीबाट पत्रकार चुरामणी तिमल्सेनासहितको टोली ती भेटिएका व्यक्तिलाइै लिएर वुटवल परिवारसम्म गए । तिमल्सेनाका अनुसार शनिबार साँझ ६ बजेतिर घर पुग्दा थुप्रै मान्छेको भिड थियो । केही बेर आफन्तहरु डराए पनि । पत्रकारले बुझाएको फोटो खिच्न खोजे स्थानीयले दिएनन् भने प्रतिक्रया पनि जनाएनन् ।

धेरैबेर भनाभन समेत भयो । ‘कस्तो अनौठो मान्छे भेटिएर घरमा पुराउँदा धन्यवाद समेत पाइएन,’उनले भने,‘परिवार भेटिएर खुसी देखिएनन्, कारण भगवानले जानुन् ।’ मृत भनिएका श्यामशरण परिवारलाई बुझाएर पत्रकार तिमल्सेनाको टोली फर्किएको छ । सानोबुवा जिवित भएको घटनाले आफुहरु पनि अचम्ममा परेको आफन्त बिष्णु भण्डारीले बताए । उनले आफुहरु थप तनावमा भएको भन्दै धेरै प्रतिक्रिया दिन मानेन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x