×

NMB BANK
NIC ASIA

बाढीपहिराेबाट १६ सय जनाभन्दा बढी विस्थापित

असार २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हिमालको फेदमा रहेको म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका बस्तीहरू दक्षिणपूर्व फर्केका दर्जनभन्दा बढी पाखामा छरिएका छन् । छिमेकी मालिका गाउँपालिका–७ बिमका बस्ती पनि उसैगरी छिरोलिएका छन् ।

Muktinath Bank


पाँच वर्ष मलेसिया बसेर फर्केपछि सुरक्षित र बलियो जग्गा खोजेर वर्ष दिनअघि मात्र बिम, मल्थानका पूर्णबहादुर परियारले घर बनाएका थिए । भाइ वीरबहादुरको घर तल्लो गरामा थियो । बिहीबार रातभरि पानी दर्कियो । रोपाइँको चटारो थिएन । त्यसैले उनले बिहानै उठ्ने हतारो गरेनन् । श्रीमती गौदेवी र तीन वर्षका छोरा विशेष पनि उठेका थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रबार बिहान ६ बजे एक्कासि घरमाथि पहिरो खस्यो, सँगै सुतेका उनीहरूको टाउकोसम्म पुर्‍यो । उनले जसोतसो हात झिके, आफूमाथिका ढुंगामाटो पन्छाए र बाहिर निस्किए । श्रीमती र छोरालाई निकाल्न ढुंगामाटो खोतल्दै गर्दा अर्को पहिरो खस्यो र दुवैलाई बढारेर लग्यो । उनी बाहिर निस्केर चिच्याए तर त्यतिन्जेल तल्लो गराको भाइको चार जनाको परिवारसहित घर पनि


Advertisment
Nabil box
Kumari


बगिसकेको थियो । ‘सँगै सुतेका श्रीमती र छोरालाई अँगालोबाटै पहिरोले खोसेर लग्यो, भाइको परिवारै बग्यो । के अधर्म गरेको रैछु र यस्तो व्यहोर्नुपर्‍यो ? मेरो पनि आधा हर नचल्ने बनायो,’ अस्पतालको बेडमा रहेका उनले भने ।

Vianet communication
Laxmi Bank

भारी वर्षापछि धौलागिरि–६ मराङका राम्चे, आरवाङ, ठूलोगाउँ, रिख, कल्लेनी, ताकम, मालिका–७ बिमका दुले, बिम, घन्टीवाङलगायतका बस्ती तथा रघुगंगा गाउँपालिकाका विभिन्न ठाउँमा आएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या शनिबारसम्म २७ पुगेको छ । स्थानीय प्रगति युवा क्लबका अध्यक्ष चक्र पुनका अनुसार ४ जना अझै बेपत्ता छन् । पशुचौपायालगायत अन्य क्षतिबारे लेखाजोखा हुन सकेको छैन ।

धौलागिरिका दुई र रघुगंगाका एक जनाको शव शुक्रबार भेटिएको थियो । धौलागिरिका १६ र मालिकाका ८ जनाको शव शनिबार भेटिएको जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले बताए । धौलागिरिका ८ र मालिकाका एक जना घाइतेको उद्धार गरिएको छ । उनीहरूको बेनी अस्पताल र पोखरामा उपचार भइरहेको छ । धौलागिरिका बेपत्ता भनिएका तीन जना शनिबार साँझ सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।


तीनवटा गाउँपालिकाका दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेका छन् । धेरैजसो घर छुट्टाछुट्टै पहिरोले पुरिएका हुन् । सदरमुकामदेखि ४० किमि टाढाका ती वस्तीमा २४ देखि ३६ घण्टापछि मात्र प्रहरी, सशस्त्र र सेनासमेतको उद्धारकर्मी पुग्न सके । सेनाको हेलिकप्टरबाट उद्धारकर्मीलाई पुर्‍याइएको हो । पैदलमार्ग भने पूर्णरूपमा अवरुद्ध छ ।

उद्धारकर्मीलाई विभिन्न टोली बनाएर परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बिममा अस्थायी क्याम्प राखी प्रहरी, सशस्त्र, सेना, स्वयंसेवक, उद्धारकर्मी र राहतकर्तालाई परिचालन गरेको छ । राहत र उद्धारमा विभिन्न टोली बस्ती–बस्तीमा खटिएका छन् । ‘शनिबार दिउँसोसम्म पहिरो प्रभावित सबै स्थानमा खोज, उद्धार तथा राहत टोली पुगेको छ । उनीहरूले बेपत्ताको खोजी, सनाखत र घाइतेको उद्धार गरिरहेका छन्,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘भौगोलिक कठिनाइ र प्रतिकूल मौसमले तत्काल पुग्न नसके पनि जति सक्दो छिटो पुग्ने प्रयास गर्‍यौं ।’

बाढीपहिरोले जाजरकोटको बारेकोट गाउँपालिकाका ९ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठका अनुसार पहिरोमा परी बारेकोट–४ सार्की गाउँका ५२ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जॅन सार्की, १४ वर्षकी तिर्खा सार्कीर्, ६ वर्षका सुवास सार्की र २० वर्षीय डिल्ली सार्कीको मृत्यु भएको छ । त्यस्तै १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षका वीरेन्द्र सार्की र ३६ वर्षीय कलु सार्कीको मृत्यु भएको छ भने पुष्पा सार्की, लक्ष्मी सार्की र कमला सार्की बेपत्ता छन् ।

खहरे खोलामा आएको बाढीले बगाएर बारेकोट–६, धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षका प्रचण्ड चलाउने बेपत्ता रहेको डीएसपी श्रेष्ठले जनाए । सानाखोलाले बगाएर जुनीचाँदे गाउँपालिका–११, कोर्ताङका डिल्लीबहादुर चदारा पनि बेपत्ता छन् । गम्भीर घाइते भएका बारेकोट–४, दहका लालबहादुर नेपाली र धुमका रामचन्द्र महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि नेपालगन्ज लगिएको छ । बेपत्ता भएकाको खोजीका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ ।

सार्की गाउँमा पहिरो गएको भूभाग बढी भिरालो हुँदा बेपत्ताको खोजी गर्न समस्या भएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले उद्धारमा समस्या देखिएको छ । समयमै सतर्कता नअपनाए बारेकोटमा ठूलो धनजनको क्षति हुने जोखिम देखिएको उनको भनाइ छ । सार्की गाउँस्थित घटनास्थल सदरमुकाम खलंगादेखि ९० किलोमिटरको दूरीमा पर्छ ।

सिन्धुपाल्चोकमा २० जना अझै बेपत्ता
बुधबार भोटेकोसी नदीमा बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ । बाह्रबिसे नगरपालिका–५ जम्बुका १७ र भोटेकोसी गाउँपालिका–५ बुल्कुर्टेका चार जना बेपत्ता भएका थिए । तीमध्ये शुक्रबार साँझ सुनकोसी क्षेत्रमा भेटिएको शव बुल्कुर्टेका फुर्पा तामाङका ६ वर्षीय छोरा साहिलको भएको प्रहरीले जनाएको छ ।

शुक्रबार लार्चा खोलामा बेपत्ता भएका तीन जना भने शनिबार जीवितै भेटिएका छन् । भोटेकोसी–३ स्थित लार्चा खोलाले बेपत्ता बनाएका स्थानीय नाक्चे मगर घाइते अवस्थामा फेला परेका छन् । मगरको टाउको र शरीरमा चोट लागेको छ । मगरसहित तीन मजदुर शुक्रबार बिहान ८ बजेतिर लार्चा खोलामा बेपत्ता भएका थिए । ‘मगरको २४ घण्टापछि सकुशल उद्धार भएको छ, उनीसँगै पहिरोमा पुरिएको आशंका गरिएका दुई जना पनि सुरक्षित पाइएका छन्,’ स्थानीय ध्रुव थापाले भने । बुधबार राति साढे १२ बजे भोटेकोसीमा आएको बाढीले जम्बु, खाग्दल, बुल्कुर्टेका ३६ घर बगाएको थियो । २१ जना बेपत्ता भएका थिए । घटनामा मृत्यु भएका दुई जनाको शव बिहीबार बिहान फेला परेको थियो ।

सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार विपद् व्यवस्थापन महाशाखाअन्तर्गत २७ जनाको विशेष तालिमप्राप्त उद्धारकर्मी टोली, नेपाली सेना, प्रहरी र स्थानीय बेपत्ताको खोजीमा जुटिरहेका छन् । ‘घटनास्थल जम्बु, खाग्दल र सम्भावित स्थान भोटेकोसीदेखि सुनकोसी ड्याम क्षेत्रसम्म स्थानीय र बेपत्ताका आफन्तले पनि खोजीमा सघाइरहेका छन्,’ उनले भने । छिमेकी जिल्लाहरू काभ्रे, सिन्धुली, रामेछापको तटीय क्षेत्रमा पनि खोजीका लागि सम्बन्धित जिल्लाका प्रहरीलाई खबर गरिएको उनको भनाइ छ ।

डीएसपी काफ्लेले जम्बुका मात्रै १७ जना बेपत्ता भएको पुष्टि गरे । ‘जम्बुमा एकै नामका दुई जना बेपत्ता रहेछन् । काठमाडौंबाट परिवारजन आएर व्यक्तिगत विवरण देखाएपछि स्थलगत बुझ्दा थाहा पायौं, अब जम्बुका १७ र बुल्कुर्टेका ३ जना बेपत्ता छन्,’ उनले भने । बेपत्ता हुनेमा जम्बुका ७२ वर्षीय भीमबहादुर वाइबा, ७० वर्षीय चीनमाया तामाङ, २९ वर्षीय लीलामाया वाइबा, ८ वर्षीय पासाङडोल्मा वाइबा, २ वर्षीय निमाडोल्मा वाइबा, २५ वर्षीय लक्ष्मण वाइबा, १३ वर्षीया सुनमाला वाइबा, ५५ वर्षीय जनकबहादुर थिङ, २८ वर्षीया सविना तामाङ, ४ वर्षका आकाश तामाङ, ५७ वर्षका तोकबहादुर तामाङ, १८ वर्षकी माइली तामाङ, २५ वर्षका सुवेश तामाङ, २२ वर्षकी सलिना तामाङ, ५५ वर्षका युक्तबहादुर तामाङ छन् । यस्तै, मध्यभोटेकोसी जलविद्युत् आयोजनाका साइट सेक्रेटरी ३५ वर्षका हिमेश शर्मा र जाइकामा कार्यरत इन्जिनियर २४ वर्षका आकाश केसीसमेत बेपत्ता छन् । बुल्कुर्टेका एकै परिवारका ६० वर्षका निमार्दोर्जे तामाङ, ३८ वर्षकी मञ्जु तामाङ र १३ वर्षका पासाङनोर्बु तामाङसमेत सम्पर्कमा छैनन् । बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाले वर्षा रोकिएलगत्तै एक्स्काभेटर प्रयोग गरी बेपत्ताको खोजी र सडक सम्पर्क जोड्ने कार्य सुरु गरेका छन् ।

३९६ परिवार विस्थापित
बाढी र पहिरोबाट म्याग्दी, जाजरकोट र सिन्धुपाल्चोकमा ३ सय ९६ घरपरिवारका १६ सय जनाभन्दा बढी विस्थापित भएका छन् ।

म्याग्दीमा ५० वटाभन्दा बढी घरका ८ सय ९६ जना विस्थापित भएका छन् । विस्थापितमध्ये सिवाङ माविमा ८०, दलित सामुदायिक भवन राम्चेमा २ सय ५०, जनविकास आधारभूत विद्यालय अर्वाङमा २ सय र अन्यलाई बिमको किसानी मावि तथा आफन्तकामा राखिएको छ । उनीहरूका लागि ३ देखि ५ दिनलाई पुग्ने ५० बोरा चामल, दाल, नुनतेलसमेतको खाद्यान्न पुर्‍याइएको छ । सिवाङको कल्लेनी र ताकमका विस्थापितलाई धौलागिरि गाउँपालिकाले छुट्टै खाने व्यवस्था मिलाएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

जाजरकोटको बारेकोट गाउँपालिकाका ३ सय १० घरका ५ सय जनाभन्दा बढी विस्थापित भएका छन् । तीन दिनदेखिको भीषण वर्षासँगै खसेको पहिरोबाट यहाँका ८ बस्तीका बासिन्दा विस्थापित भएका छन् । बारेकोट–४ मैनाका ६०, सार्की गाउँका १०, ५ नम्बर वडाको तोलखानका ९०, कालाखोलीका ३६, पाखाका ४०, भैलोखानाका ३०, वडा १ को धौलाकोटका ३२ र रोकाय गाउँका १२ घरपरिवार अन्यत्र सरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताए ।

उनका अनुसार विस्थापितलाई विद्यालय, चौर र गोठलगायत स्थानमा राखिएको छ । गाउँपालिकाका जिरी, करुका, कार्कीजिउला, घर्ती गाउँ, सुवाकोटलगायत डेढ दर्जन गाउँका बासिन्दा पहिरोको उच्च जोखिममा छन् ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका ३६ परिवारका करिब दुई सय जना विस्थापित भएका छन् । बाढी र पहिरोबाट जम्बुका १४, खग्दलका २१ र बुल्कुर्टेका २ घरपरिवार प्रभावित भएका हुन् । उनीहरूमध्ये धेरैजसो आफ्नै गाउँ फर्किएका छन् भने घरबारविहीन भएकाहरू आफन्तकामा आश्रय लिइरहेका छन् । घनश्याम खड्का, भीमबहादुर सिंह र अनिश तिवारीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x