×

NMB BANK
NIC ASIA

हिजो दिनभर : काठमाडौंमा ३ जना कोरोना संक्रमितको मृत्यु, देश र पार्टी दुर्घटनामा पर्न नदिन अन्तिमसम्म पहल गर्छु – प्रचण्ड

असार २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तेत्तीस किलो सुन काण्डका आरोपी खड्का पक्राउ
तेत्तीस किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् ।


Advertisment
Nabil box
Kumari

अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिए । उनका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

Vianet communication
Laxmi Bank

उनी पछिल्लो समयमा युएई बस्दै आएका थिए ।

म्याग्दी पहिरोमा २७ जनाको शव फेला, ४ अझै बेपत्ता 

म्याग्दी जिल्लाको धवलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्तामध्ये २७ जनाको मृत्यु भएको छ । १२ घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं, पोखरा र बेनीका अस्पतालमा उपचारार्थ पठाइएको छ । अविरल वर्षापछि शुक्रबार आएको पहिरोमा परी बेपत्ता मालिका गाउँपालिका वडा ७ का ८ जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पहिरोमा परी मालिकाकी विष्णु पौडेल, उनकी ४ वर्षीया छोरी ईच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली, वीरबहादुर नेपाली र वीरबहादुरको ३ महिनाकी छोरी निशाको मृत्यु भएको छ ।

यस्तै, धवलागिरी गाउँपालिका वडा ६, मराङ्मा पहिरो परी १८ जनाको मृत्यु भएको छ । स्थानीय सुकना लामगादे, तुलबहादुर क्षेत्री, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र प्रकाश केसी (जनिमा केसीका १८ वर्षे छोरा) ले ज्यान गुमाएका छन् । यस्तै, सोही ठाउँकी ३३ वर्षकी हीरामति जुग्जाली, ७ की करिष्मा जुग्जाली, ५ की कञ्चन जुग्जाली, ५५ की गौसरा जुग्जाली, २० की दीमा जुग्जाली, ४ वर्षीया दीप्ति जुग्जाली, १ की दिवान जुग्जालीको पनि मृत्यु भएको छ । जिल्लाको मालिकाको बिम, मुरवाङ, दुलेमा तथा मराङको मराङ, कल्लेनी, राम्चे र रिखमा पहिरो गएको हो ।

पहिरोमा अझै ४ जना बेपत्ता छन् । बीमकी एलिसा केसी, मालिका ६ बस्ने अ. ४१ वर्षकी गीता रोका (खोलाले बगाएको), कल्लेनीकी ५१ वर्षीया जनिमा केसी, वर्ष १६ का सविन पुनको खोजी कार्य जारी छ । मराङ्को पहिरो यसअघि बेपत्ता भनिएका धनबहादुर जुग्जाली, अन्दाजी १५ वर्षीया ऋतुकुमारी जुग्जाली, अन्दाजी ५ वर्षीय अर्जुन जुग्जाली भने सम्पर्कमा आएका छन् ।

पहिरोमा परी १२ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । उद्धारमा सुरक्षाकर्मी, स्थानीयसहित प्रभु एयरको हेलिकोप्टर समेत प्रयोग गरिएको थियो । पहिरोमा धवलागिरी ६, रिखका १२ वर्षीय अंकित जुग्जाली, वर्ष ३५ का कुशल पुन, वर्ष १६ की बिर्सना जुग्जाली, वर्ष ३४ का धनबहादुर जुग्जाली, वर्ष ८७ की गौतमी सुनार, वर्ष २२ का दीपक श्रीपाली, वर्ष ७२ का हरि बिटाजु घाइते छन् ।

उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । यस्तै, पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मालिका ७ बस्ने ३६ वर्षीय पूर्णबहादुर नेपाली, धवलागिरी ६ बस्ने २२ वर्षीया मञ्जिता श्रीपाली, वर्ष ७ का सफल श्रीपाली र मालिका ७ ताकमकी ६७ की सतदेवी बिटालुलाई हेलिकोप्टरमार्फत उद्धार गरी पोखरा ल्याइएको हो ।

गर्भवतीसमेत रहेकी मञ्जिताको ढाँडमा समस्या देखिएको छ । मालिका ६ का बालसिंह रोकाको काठमाडौंको मेडिसिटीमा उपचार भइरहेको छ । यस्तै, रघुगंगा गाउँपालिका ठाडाखानी बस्ने ५० का नलीमान छन्त्यालको खोलाले बगाएर मृत्यु भएको छ । अविरल वर्षाका कारण बिहीबार राति घरमाथिबाट खसेको पहिरोमा परेर ठाउँ ठाउँमा गरी ५०/६० वटा पहिरो गएको धवलागिरी गाउँपालिका वडा ६ का वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

घटनापछि शनिबारमात्र म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिल्ला प्रहरी प्रमख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर लगायत नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली पहिरो गएको क्षेत्रमा पुगी बेपत्ता भएका व्यक्तिको स्थानीय सहयोगमा खोजतलासमा सहयोग गरेको हो ।

वडाध्यक्ष राजाराम सुवेदीले विपद्को घडीमा सघाउन सम्पूर्णमा आग्रह गरे । यसैगरी, म्याग्दीका विभिन्न स्थानमा पहिरोको उच्च जोखिम भएका २ सय २० जना मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टर चौधरीले जानकारी दिए ।

रघुगंगा गाउँपालिका ३, गलेश्वर राहुँघाटखोला नजिकको बस्ती जोखिममा रहेकोले २१ घरधुरीका ८५ जनाको परिवारलाई नजिकैको गायत्री मन्दिरमा सारिएको छ । धवलागिरी ६, कल्लेनी जहरे बस्ने ८९ जना व्यक्तिहरुको उद्धार गरी ५० जनाको वडा ७, शिवलिंग स्थित हेम मावि आश्रय दिइएको छ भने बाँकी आफन्तको गएका छन् । मालिका गाउँपालिका वडा ५, देवीस्थानका ३ घरधुरीका १३ जना र वडा ६ दरबारस ाउटाका ६ घरधुरीका ३३ जना गरी ४६ जनालाई जनप्रिय मावि दरबाङ सारिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।


देश र पार्टी दुर्घटनामा पर्न नदिन अन्तिमसम्म पहल गर्छु – प्रचण्ड 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र देश दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिने स्पस्ट पारेका छन् ।

शनिवार बाढी पहिरोको स्थिति अवलोकन गर्न गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको संकट समाधानका लागि कुनै न कुनै हल निस्किने भन्दै पार्टी एकजुट बनाएर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

 उनले भने, ‘पार्टीको अध्यक्ष र तपाईंहरूको जनप्रतिनिधिको हिसाबले देश र पार्टीविरुद्ध कुनै पनि गतिविधि हुन नदिन पहल गर्ने विश्वास दिलाउन चाहन्छु ।’

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको साथ पाएका प्रचण्डले पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए । ओलीले भने आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताउँदै आइरहेका छन् ।

प्रचण्डले सम्बोधनका क्रममा आफूले हतार गरेको भए कुनै न कुनै दुर्घटना हुने बताए । अहिले दुवै अध्यक्षहरू पार्टीभित्र देखिएको संकट समाधानका निम्ति सकारात्मक बनेको उनको भनाइ थियो ।

काठमाडौंमा ३ जना कोरोना संक्रमितको मृत्यु 

राजधानी काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित ३ जनाको मृत्यु भएको छ ।

काठमाडौंका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाएका छन् ।

कोरोना संक्रमितको अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रवक्ता गौतमले काठमाडौं महानगरपालिका–१० शंखमूखका ६० वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जानकारी दिए । उपचारकै क्रममा उनको कोरोना परीक्षण गर्दा पीसीआर पोजेटिभ देखिएको थियो । उनको असार २६ गते निधन भएको जनाइएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी–६ घर भई पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको समेत असार २५  गते मृत्यु भएको प्रवक्ता गौतमले बताए । यस्तै, काठमाडौंको गोकर्णेश्वर–४ का ५४ वर्षीय पुरुषको असार २५ गते उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा निधन भएको जनाइएको छ ।

विपद्मा परेकाको उद्धार, राहत र पुनस्र्थापन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा प्राकृतिक विपद्मा परेका व्यक्तिको उद्धार, राहत, तथा पुनस्र्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै विपद्जन्य घटनाबाट क्षति न्यूनीकरण गर्ने भरपर्दाे उपाय अवलम्बन गर्नसमेत सम्बद्ध निकायलाई आग्रह गरे ।

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राहत सामग्रीलाई व्यवस्थित गर्दै प्रभावितसम्म पु¥याउन र उद्धारकको मनोबल बढाउने गरी काम गर्न परिषद्का सदस्यहरुलाई निर्देशन दिएको परिषद्का सदस्यसचिव तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मुलुकका विभिन्न क्षेत्र प्रभावित भएको र नागरिकले समस्या भोगिरहेका तर्फ ध्यानाकर्षण गराउँदै राहत र उद्धार कार्य चुस्त बनाउन निर्देश गरेका छन् ।

प्रधानमन्त्री ओलीले घटना भएको समयमा तत्कालै हेलिकप्टर नपुग्नसक्नेतर्फ इङ्कित गर्दै पहिले नै सम्भावित जोखिम क्षेत्रको नजीक राहत सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘राहत तथा उद्धारमा कुनै कमजोरी नहोस्, सामग्रीहरु जिल्लामा थुप्रिने अवस्था नरहोस्, तत्काल प्रभावितहरुले प्राप्त गर्न सकून्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पोखरेलले भने ।

विपद्को राहत, उद्धार तथा आवश्यक व्यवस्थापकीय कार्यमा सरकारले आर्थिक अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले आवश्यक आर्थिक व्यवस्थापनमा कमी हुन नदिन अर्थमन्त्री डा युवराज खतिवडालाई दिर्नेशन दिएका छन्  । उनले बाढी–पहिराका कारण अवागमनमा समस्या परेको क्षेत्रमा वैकल्पिक मार्ग वा बेलिब्रिज निर्माण गरी सञ्चालन गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको पोखरेलले बताए ।

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपद् व्यवस्थापनमा हाल भइरहेको कामको सराहना गर्दै जोखिम न्यूनीकरण तथा नागरिकको जीउधनको सुरक्षाका लागि दीर्घकालीन रणनीति निर्माण गरी लागू गर्न सुझाव दिए ।

उनले प्रभावित व्यक्तिहरुको उद्धार, राहत तथा आश्रयस्थलको व्यवस्थापन चुस्त पार्नसमेत आग्रह गरेको पोखरेलले जानकारी दिए । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले विपद् व्यवस्थापन कार्यअन्तर्गत हालसम भए गरेका गतिविधि र जोखिम क्षेत्रको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए भने गृहसचिव महेश्वर न्यौपानेले हाल मनसुनजन्य विपद्पछि गृहमन्त्रालयले राहत तथा खोज उद्धारमा गरिएका कामकारवाहीका बारेमा जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको अध्यक्षता रहने उक्त परिषद्मा नेपाल सरकारका सबै मन्त्रीहरु, प्रतिनिधिसभाका विपक्षी दलका नेता, प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति र मन्त्रालयका सचिव, तीनजना मनोनीत व्यक्ति सदस्य रहने प्रावधान छ । प्राधिकरणका प्रमुख भने परिषद्को सदस्यसचिव हुनुहुन्छ । आजको बैठकमा आमन्त्रित रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको समेत सहभागिता थियो ।

गत बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढी–पहिरामा परेर मुलुकका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको छ । अहिले सरकारले राहत तथा उद्धार कार्य जारी राखेको छ । बेपत्ता भएका व्यक्तिको खोजीमा सबै सुरक्षा अङ्ग परिचालन गरिएको छ ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी बस्तीका अनुसार बिहीबार र शुक्रबार मुलुकका विभिन्न क्षेत्रमा गएको बाढी–पहिरामा परेर ४४ जनाको मृत्यु भएको र ३६ भन्दा बढी अझै बेपत्ता छन् ।

कोरोना संक्रमित देखिने दर घट्दै, आज ७० जनामा मात्रै संक्रमण पुष्टि

कोरोना भाइरस संक्रमित व्यक्तिको दैनिक थपिने दर नेपालमा घट्दै गएको छ ।

केही दिनअघिसम्म दैनिक ५०० भन्दा बढी संक्रमित बढ्ने क्रम रहेकोमा केही दिनयता संक्रमितको संख्या घट्दै गएको छ । 

कोरोना भाइरस संक्रमितको अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिवार थप ७० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

शुक्रवारसम्म सय जनाभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि हुने गरेको भए पनि शनिवार संक्रमितको संख्या घटेर सयभन्दा तल झरेको छ । प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेका छन् भने हालसम्म डिस्चार्ज संख्या ८ हजार ४४२ रहेको छ । मन्त्रालयका अनुसार आधा अर्थात् ५० प्रतिशतभन्दा बढी संक्रमित निको भइसकेका छन् ।

शनिवारसम्म देशभर संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x