कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
असार २८, २०७७
मुलुकमा जे घटना भएपनि त्यसको राम्रो र नराम्रो प्रभाव सिधा रूपमा अर्थतन्त्रमा पर्छ । नेपालमा २०१५ मा भूकम्प आयो । त्यसले जनधनको क्षति पनि भयो । यसबाट पनि अर्थतन्त्रलाई असर परेको थियो । सन्दर्भवश अहिले नेपालमा मात्र हैन विश्वव्यापी रूपमा कोरोनाभाइरस (कोभिड– १९)को महामारी छ, जसकारण विश्व अर्थतन्त्रमा नै नकारात्मक असर परेको छ ।
हाम्रो अर्थतन्त्रलाई आन्तरिक मात्र नभई बाह्य तत्वले पनि असर पारेको छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा आधारित छ । लाखौं जनशक्ति बाहिर गएर काम गरिरहेको अवस्थामा महामारीका कारण अहिले उनीहरू आफ्नो मुलुक फर्कन थालेका छन् । फर्कन पाउने उनीहरूको अधिकार हो भने उनीहरूलाई यहाँ ल्याउने र व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको हो ।
विदेशमा रहेका नेपाली जनशक्तिले रेमिट्यान्स पठाउँदै गर्दा नेपालको अर्थतन्त्रको करीब २५ प्रतिशत त्यसले धानेको अवस्था छ । यतिखेर आएर न उनीहरूको उद्दार गर्न सकिएको छ, न उनीहरूले आएर यहाँ काम शुरू गर्न सक्ने अवस्था छ । त्यसकारण अहिले उनीहरूलाई ठूलो धक्का पुगेको छ ।
अर्को कुरा, हाम्रै मुलुकमा पनि लकडाउन जारी गरिएको छ, जसकारण व्यवसाय गर्नेलाई धक्का परेको छ भने सामान्य जनजीवनमा पनि नराम्रो असर पुगेको छ ।
आन्तरिकरूपमा कृषि लगायतका केही पनि काम गर्न नसकेपछि आम्दानी भएको छैन । आम्दानी नभएपछि वचत भएको छैन, यो नहुँदा लगानी पनि हुने कुरा नै भएन । यसकारण गरीबी पनि बढ्ने देखियो ।
यसरी असर पारेको अर्थतन्त्रलाई कोरोना महामारीले आन्तरिक तथा बाह्य असर पारेको छ ।
अर्थतन्त्रमा परेको असरलाई जहिले पनि सुक्ष्म लेभल (माइक्रो लेभल)बाट हेर्नुपर्छ । यसरी हेर्दा, आफ्नो घरलाई व्यवस्थित राख्न कसरी काम गर्नुपर्छ भनेर हामी सोच्छौं, राज्यमा पनि ठीक त्यही सोचिनुपर्छ ।
सरकार भनेको मुलुकको अभिभावक हो । उसले आफ्नो मुलुकलाई बचाउन, नागरिकको सुरक्षा गर्न कसरी काम गर्ने सोच्नुपर्छ । महामारी अन्य मुलुकमा शुरू हुँदा नै सरकारले हाम्रोमा विशेष सुरक्षा व्यवस्था अवलम्बन गर्नुपर्ने थियो । लकडाउन जारी गरेपछि एकदमै कडा गरेर काम कारवाही गरेको भएपनि केही हुँदैन थियो होला ।
नेपालमा शुरूमा १ जनामा देखिएको कोरोनाभाइरस साउनसम्ममा ४० हजारमा पुगिसक्ने विभिन्न अध्ययनहरूले अनुमान गरेका छन् । यसले अर्थतन्त्रमा गम्भीर असर पार्दछ । अहिले कतिपय घरमा खाना खान पाएका छैनन् । आजसम्म सार्वजनिक यातायातहरू सञ्चालन गर्न सकिएको छैन । मजदूरहरू प्रभावित छन् ।
यसले अर्थतन्त्र बिग्रिएपछि मानिसको मानसिकता कसरी बिग्रन्छ भन्ने कुरा देखाउँछ । यसले भविष्यमा लुटपाट लगायतका विभिन्न घटना निम्तिन सक्छ । यसको असर सबैलाई पर्न सक्छ । हाम्रो सरकारले विभिन्न कार्यक्रम ल्याउनुपर्छ ।
मैले बजेटअगाडि पनि भनेको थिएँ । विदेशबाट फर्किएका युवाहरूलाई सरकारले निश्चित व्यवस्था गर्नुपर्छ । अहिले पनि त्यही कुरा गर्नुपर्छ । सरकारले उनीहरूको उद्दार गरेदेखि घर नपुगुञ्जेलसम्मको तथ्यांक राखेर व्यवस्थापन गर्नुपर्छ ।
सरकारले सशक्त ढंगले काम गर्न नसक्नुको परिणाम अहिले भोग्नुपरेको छ । अहिले संक्रमण बढेकोबढ्यै छ । अर्थतन्त्र डाउन भएर बैंकमा तरलता बढिरहेको छ । त्यो अनुसार लगानी गर्न नसकिएमा त्यो झन् अभिसाप हुनेछ । उत्पादन हुने छैन । यसले स्वास्थ्य तथा अन्य आर्थिक क्षेत्र सबैमा असर पार्दछ । यसको विडम्बना रोक्न कुनै एक व्यक्ति लागेर सम्भव हुँदैन । यसको जिम्मा सरकारले नै लिनुपर्छ ।
सरकारले के गर्नुपर्छ ?
– अहिलेकै अवस्थामा सरकारले संक्रमणको एरियामा पूर्ण लकडाउन गर्नुपर्छ । यसका साथसाथै हाम्रो अर्थतन्त्र पनि बचाउनुछ । नेपालको सन्दर्भमा पब्लिक संस्थामा काम गर्न मात्रै कोही आउँदैनन् । स्वास्थ्य, शिक्षा, व्यवसायलगायत विभिन्न क्षेत्रमा काम गरिन्छ । यहाँ काम गर्ने सबैलाई सक्रिय बनाउनुपर्छ ।
– हामीले नेपाल भ्रमण वर्ष २०२० मनाउने भनेर पूर्ण तयारी गरेर बसेका थियौं । सरकारले पर्यटन व्यवसायीलाई निरुत्साहित नहुने गरी काम गर्न सक्नुपर्छ अथवा विश्वास दिलाउन सक्नुपर्छ । अहिले गरेको लगानी खेर जाँदैन । अर्को वर्ष यो सबै राम्रो हुन्छ भनेर विश्वास दिलाउन सक्नुपर्छ ।
– डरलाग्दो के छ कि, अर्थतन्त्रमा गरेको लगानी पनि डुब्ने, मानिसको स्वास्थ्यमा पनि असर पर्ने, यसो हुँदा नतिजा के हुन्छ ? सरकारले दूरदर्शितासहित काम गर्नुपर्ने हुन्छ ।
– करीब ७० प्रतिशत महिलाहरूले कृषिमा आधारित अर्थतन्त्रमा काम गरिरहेका छन् । अनौपचारिक क्षेत्रमा पनि करीब ५० प्रतिशत महिलाले नै काम गरिरहेका छन् । तर अहिले लकडाउनका कारण उनीहरू लक भएका छन् । उनीहरूलाई आफ्नो व्यवसाय सञ्चालनका लागि सरकारले विना ब्याजदर ऋण दिएर हो या अन्य सहुलियतको व्यवस्था गरेर उत्प्रेरणा दिन सक्नुपर्छ ।
– विपन्न कृषकहरूलाई पनि समयमै सस्तो दरमा ऋण उपलब्ध गराउने, कार्यक्रममूलक, उद्देश्यमूलक प्याकेज ल्याउनुपर्छ । यस्ता प्याकेजहरू किसानले महसूस गर्नेगरी उपलब्ध गराउन सक्नुपर्छ ।
हाम्रो मुलुकमा संघीयता कार्यान्वयन भइरहेको छ, तर केन्द्रीय, प्रदेश र स्थानीय सरकारसँग समन्वयको अभाव देखिएको छ ।
लकडाउन गर्दा पनि एक अर्कामा थाहै नहुने अवस्था पनि देखिएको छ । दोहोरिने खालका कार्यक्रमहरू आइरहेका छन्, यसबाट ठूलो असर परेको छ । नेपालको जनसंख्या धेरै ठूलो पनि हैन । तीनवटै सरकारहरूले राम्रोसँग समन्वय गरी कोरोना रोकथाममा सक्रिय भएको भए अहिले महामारी फैलनै पाउँदैनथ्यो । सरकारबीच समन्वय हुनु जरुरी छ ।
नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका अतुलनीय छ । तर पनि निजी क्षेत्रलाई अझै फरक किसिमले हेरिरहेको भेटिन्छ । म धेरै कार्यक्रममा पुगिरहेको हुन्छु, त्यहाँ आफूलाई हेयको दृष्टिकोणले हेरेको उद्यमी व्यवसायीले गुनासो गर्ने गरेको पाउँछु । त्यसकारण निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ । महामारीका बीच उनीहरूले गरेको कामलाई नजरअन्दाज गर्न मिल्दैन । सरकारले उनीहरूलाई उत्प्रेरणा हुने किसिमले कार्यक्रम ल्याउनुपर्छ ।
'५ केजी चामलले जीविकोपार्जन हुँदैन'
मैले माथि पनि भनेको छु, नागरिकले अर्थतन्त्रमा गर्ने क्रियाकलापलाई माइक्रो लेबलमा अध्ययन गर्नुपर्छ । एक व्यक्तिले आफ्नो परिवार, आफू र आफ्नो समाजमा कसरी भूमिका निर्वाह गर्छ त्यो हेर्नुपर्छ । उसको अवस्थाअनुसार व्यवस्था निर्धारण हुन्छ । उसले एउटा कुनै संस्थामा काम गरिरहेको छ भने तलब पनि पाइरहेकै अवस्था छ । उसले त्यहीअनुसार खर्च गरिरहेकै हुन्छ ।
भारत सरकारले न्यून आय भएका नागरिकका लागि प्याकेज ल्याउनेबित्तिकै मेरो मन छोयो । मैले लगत्तै नेपालमा पनि गरीब तथा न्यून आय भएका घरपरिवारलाई राहत प्याकेज ल्याउन सुझाव दिएँ । तर नेपालमा सन्तोषजनक राहत प्याकेज पनि आएन । फलस्वरूप अहिले कतिपयको स्वास्थ्यमा समस्या आएको छ, कतिपय भोकभोकै छन्, कतिपयले आत्महत्या गरेका छन् । यस्ता घटना दिनानुदिन आएको छ ।
५ केजी चामल राहत दिएर त केही हुन्न नि ! सरकारले अलि दह्रो गरी राहत दिन सक्नुपथ्र्यो, तर त्यसो गरिएन । त्यसकारण अहिले वचत भन्ने कुरा त परैको कुरा हो । सरकारले उनीहरूलाई राहत तथा प्रोत्साहन महसूस गराउनुपर्छ । यसमा निजी क्षेत्र वा अन्य मात्र लागेर सम्भव नै हुन्न ।
(प्रा.डा. शाक्यसँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीमा आधारित)
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...