मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपालमा चिनियाँ राजदूतको सक्रियता बढेपछि भारतीय मिडियाले भारतविरोधी ओलीलाई बचाउन चीन लागिपरेको भनी टिप्पणी गरिरहेका छन् ।
केही हिन्दी च्यानलहरू ओली र चिनियाँ राजदूत होउ यान्छीका विषयमा आधारहीन दाबी गरे । जी न्युजले त ओलीलाई हनी ट्य्रापमा फसाइएको समेत भनिदियो ।
नेपालले यस्ता रिपोर्टमा कडा आपत्ति जनायो अनि नेपालका केबल अपरेटरहरूले आफ्नो जिम्मेवारी बोध गरेर भारतका निजी समाचार च्यानलको प्रसारणमा रोक लगाए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलाई कडा विरोधपत्र पेश गर्न निर्देशन दिइसकेका छन् ।
आचार्यले भारतीय मिडिया नेपाल–भारत सम्बन्धलाई झनै खराब बनाउन लागिपरेको बताए ।
सीमाविवादका कारण नेपाल र भारतको सम्बन्ध अहिले चिसिएको छ ।
इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनका प्राध्यापक आनन्द प्रधानले भने, ‘भारतीय मिडियाको रिपोर्टिङमा पत्रकारिताको आधारभूत सिद्धान्तको पालन गरिँदैन । समाचार जहिले पनि तथ्यमा आधारित हुनुपर्छ ।
काल्पनिक कुरा राखिनुहुँदैन । शोको लोकप्रियता बढाउनका लागि कुनै देशको राजदूतले प्रधानमन्त्रीलाई हनी ट्य्रापमा फसाएको भन्ने कुरा कसरी प्रसारण गर्न सकेका ? यो त अति नै आपत्तिजनक छ ।’
उनी थप्छन्, ‘नेपाललाई भारतको एक अंगका रूपमा भारतीय मिडियाले लिने गरेका छन् । नेपाल एक सम्प्रभुतासम्पन्न राज्य हो भन्ने कुरा उनीहरूले अहिलेसम्म स्वीकार गर्न सकेका छैनन् । आफ्नो निर्णय आफैं गर्न सक्ने र परराष्ट्रनीति आफैं चलाउन सक्ने मुलुकका रूपमा नेपाललाई उनीहरूले स्वीकार गर्नुपर्ने हो । भारतीय मिडियाले उपनिवेशवादी सोचलाई त्याग्नुपर्ने हुन्छ । यी मिडियाको रिपोर्टिङ यत्तिकै तल्लो स्तरको रहिरहेमा दुई देशका मानिसको सम्बन्धमा रहेको न्यानोपन कम हुँदै जानेछ ।’
भारतीय न्युज च्यानलहरूले नेपाल–भारत तनावलाई गसिपका रूपमा लिएको अनेकौं भारतीय पत्रकारले बताए ।
इन्डिया टुडेका एक न्युज एंकरले नाम नखुलाउने शर्तमा भने, ‘नेपाल–भारत विवादमा केही च्यानलको रिपोर्टिङ बलिउड गसिप जस्तो छ । तपाईंको प्रधानमन्त्रीको मर्यादा छ भने नेपालका प्रधानमन्त्रीको पनि त्यत्ति नै मर्यादा हुन्छ । तपाईं पत्रकार हुँदैमा कसैको मानमर्दन गर्ने अनि कसैको चाहिँ चर्को प्रशंसा मात्रै गरिरहने गर्न मिल्दैन ।’
बीबीसी हिन्दीबाट
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...