×

NMB BANK
NIC ASIA

प्रचण्डले गरे सौराहालगायत डुबान क्षेत्रको अवलोकन

असार २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डुबानमा परेको जिल्लाको पर्यटकीय क्षेत्र सौराहालगायतका पूर्वी चितवन क्षेत्रको आज अवलोकन गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कालिका नगरपालिकाका विभिन्न डुबान क्षेत्र, राप्ती हुँदै दाहालले सौराहाको डुबान क्षेत्रको अवलोकन गरेका हुन् । कालिका नगरपालिकाको डुबान भएको वडा नं २, ३, ६ र ७ का विभिन्न क्षेत्रको प्रचण्डले अवलोकन गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार ती क्षेत्रमा पुङखोलाको बाढीले डुबान गराएको हो । खोलाको पानीलाई डाइभर्सन गरी थाङखोलामा मिसाउन सकिने भन्दै दाहाललाई थाङखोलाको निरीक्षण गराइएको थियो ।


Advertisment
Nabil box
Kumari

प्रचण्डले राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाको राप्ती नदी किनारमा लगाइएको ड्याकको स्थलगत निरीक्षण गरेका छन् ।

Vianet communication
Laxmi Bank

ती नगरपालिकाका प्रमुखले प्रचण्डलाई त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका थिए । राप्ती नगरप्रमुख प्रमुख प्रभा बराल र खैरहनीका प्रमुख लालमणि चौधरीले बाढी रोक्नका लागि तत्काल गर्नुपर्ने र दीर्घकालीन उपायका बारेमा प्रचण्डलाई जानकारी गराएका थिए ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बाढीका कारण राप्ती नदी पारी स्थानीयको लालपूर्जा भएको जग्गा पुगेको भए पनि उनीहरुले केही पाउन नसकेको गुनासो गरे । उनले निजी हात्ती चरनको समस्या भएको प्रचण्डलाई जानकारी गराए ।

प्रचण्डले ती समस्याका बारेमा राजधानी फर्किएपछि समाधानका लागि पहल गर्ने बताए । पर्यटकीय क्षेत्र सौराहाको चित्रसारी क्षेत्रमा रहेका अधिकांश होटल तथा रेस्टुराँ डुबानमा परेका छन् । खगेरी खोलामा आएको बाढीले रत्ननगरका वडा नं ७ र ८ मा रहेका होटल तथा रेस्टुराँ डुबानमा परेका हुन् ।

प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकामा बाढीबाट प्रभावित भएका क्षेत्रको निरीक्षण गरेका थिए । प्रचण्ड क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x