×

NMB BANK
NIC ASIA

कोरोनाबाट ज्यान गुमाएका व्यक्ति बस्ने गोकर्णेश्वरको टोल सिल

असार २८, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

कोरोना भाइसरको सङ्क्रमणबाट निधन भएका गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको घर रहेको टोल सिल गरिएको छ ।
 
मृतकको घर गल्ली सिल गरी उनको सम्पर्कमा आएका १३ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला टेकुमा पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिकृष्ण उपाध्यायले जानकारी दिए। ५४ वर्षीय पुरुषको निधन भइसकेपछि गरिएको परीक्षणमा कोरोना रहेको पुष्टि भएको हो। मधुमेह, उच्च रक्तचापलगायत रोगबाट पीडित भई उपचारका क्रममा निधन भएपछि पिसिआर परीक्षण गरिएको हो।
 
कोरोनाबाट नगरपालिकामा निधन भएको यो पहिलो घटना भएको जनाइएको छ। नगरपालिकाको वडा नं ५ मा पनि विदेशबाट फर्किएका एक जनामा कोरोना देखिएपछि हाल उपचार भइरहेको नगरपालिकाले जनाएको छ। कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानीस्थित सिर्जनाटोलका अर्का एक जनामा पनि कोरोना पुष्टि भएको नगर अस्पताल मूलपानीका प्रमुख डा विप्लब अधिकारीले सुनाए। मूलपानीका सङ्क्रमित पनि विदेशबाट फर्किएको जनाइएको छ।
 
मूलपानी र जोरपाटीका मानिसमा कोरोना पोजेटिभको जानकारी पाएपछि यस क्षेत्रमा असार पहिलो सातादेखि बढेको चहलपहलमा कमी आएको छ। यसअघि नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना भएका दुई जनामा असार १५ गते कोरोना पोजेटिभ भेटिएको थियो। पोजेटिभ भेटिएका गोकर्णेश्वर– ७ शिवचोककी १९ वर्षीया महिला र शङ्खरापुर नगरपालिका– ४ फेदीकी ३९ वर्षीय महिलाको भने ट्राभल हिस्ट्री नभएको गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए। 
  
नगरपालिकाकै वडा नं ६ तामाङ गुम्बा नजिकैका एक महिलामा पनि न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा पिसिआर परीक्षण गर्दा पोजेटिभ भेटिएको शाखाले जनाएको छ। नगर क्षेत्रका सबै सङ्क्रमितलाई हाल विभिन्न अस्पतालको आइसोलेशनमा राखी उपचार भइरहेको छ। 
 
सङ्क्रमितको नजिकको परिवारका ११ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला टेकुमा पठाइएको छ। स्वाब सङ्कलन गरिएका सबैलाई नगरपालिकाका विभिन्न क्वारेन्टिनमा राखिएको जनाइएको छ। नगरपालिकामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या बढ्न थालेको खबर फैलिएपछि नगर क्षेत्रमा चहलपहल घट्न थालेको छ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x