×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा ३३ प्रतिशत सङ्क्रमित निको

असार २८, २०७७

NTC
Sarbottam
file photo
Premier Steels
Marvel

सुदूरपश्चिममा कोरोना सङ्क्रमित भएकामध्ये ३३.९५ प्रतिशत निको भएर घर फर्किसकेका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार साँझसम्म यहाँका नौवटै जिल्लामा गरेर तीन हजार ७५८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

Muktinath Bank

यहाँ पहिलोपटक गत चैत दोस्रो साता दुबईबाट घर फर्किएका कैलालीको धनगढीका एक युवकमा कोरोना सङ्क्रमण देखिएको थियो । निर्देशनालयका अनुसार हालसम्म कोरोना पुष्टि भएका एक हजार २६७ जना निको भएर घर फर्किसकेका छन्। पिसीआर विधिबाट कोरोना परीक्षणका लागि २६ हजार ९९१ जनाको स्वाब सङ्कलन गरिएकामा शनिबारसम्म ९११ जनाको रिपोर्ट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँ कोरोना जित्नेको दायरा बढ्दै गइरहेको बताए। 'अन्यत्रभन्दा यहाँ निको भएर जाने अवस्था निकै सन्तोषजनक छ,' उनले भने, “हामीले यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।'


Advertisment
Nabil box
Kumari

उनले सुदूरपश्चिममा क्वारेन्टिनमा रहेका नागरिकको पिसिआर विधिबाट परीक्षणका लागि नमूना सङ्कलन भइरहेको बताए । यहाँका स्थानीय तहका क्वारेन्टिनमा हाल चार हजार ९७३ जना भारतलगायत बाहिरबाट आएर बसिरहेका छन्। 'जेठमा यहाँका क्वारेन्टिनमा बस्नेको सङ्ख्या ६६ हजारभन्दा बढी थियो,' निर्देशक डा अवस्थीले भने, 'अहिले भारतबाट आउनेको सङ्ख्यामा पनि कमी आएको छ ।'

Vianet communication
Laxmi Bank

उनले भिडिएम लगायतका स्वास्थ्य उपकरण अभावका कारण स्वाब सङ्कलनमा केही ढिलाइ भइरहेको बताए। 'कैलाली जिल्लाका क्वारेन्टिनमा रहेकाको स्वाब सङ्कलन आज करिब ७० प्रतिशत सकिन्छ,' अवस्थीले भने, 'अन्य जिल्लामा पनि सङ्कलन कार्य भइरहेको छ।' उनले भारतबाट स्वदेश फर्किएर क्वारेन्टिनमा बसेका कम्तीमा एक हप्तापछि स्वाब सङ्कलन गर्ने गरेको बता​ए।

'क्वारेन्टिनमा बस्नासाथ स्वाब सङ्कलन गर्न मिल्दैन,' उनले भे, 'कम्तीमा सात दिन भएकै हुनुपर्छ ।' निर्देशनालयका अनुसार सङ्क्रमितमध्ये दुई हजार ८९० पुरुष र ८६८ महिला रहेका छन् । सङ्क्रमितमध्ये ८१ जना मात्रै विभिन्न अस्पतालमा उपचाररत छन् भने बाँकी स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र होम क्वारेन्टिनमा बसिरहेका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x