×

NMB BANK
NIC ASIA

नेपालमा कोरोना सङ्क्रमितभन्दा निको हुनेको प्रतिशत उकालो लाग्यो

असार २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 नेपालमा कोभिड–१९ बाट सङ्क्रमित भएका कुल सङ्क्रमितभन्दा कोरोनाभाइरसबाट मुक्त हुनेको सङ्ख्या पहिलोपटक बढेको छ । आइतबारसम्म आठ हजार ५८९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । नेपालमा कोभिड–१९(सार्स–कोभ–२) का कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ८०१ छन् । शनिबार ५०.५ प्रतिशत रहेको निको हुने दर आइतबार ५१.१ प्रतिशत पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोनाभाइरस सङ्क्रमण सक्रिय रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार १७४ रहेको जनाएको छ । यसरी पहिलो पटक सङ्क्रमण सक्रिय रहेको सङ्क्रमितभन्दा निको हुने बढेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असार तेस्रो साता दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पाँच सयभन्दा बढी भएको थियो । करिब एक सातासम्म पाँच सयभन्दा बढी नयाँ सङ्क्रमित थपिँदा प्रकोपको रुप लिई कोरोना सङ्क्रमण महामारीको रुप लिन सक्ने आकलन गरिएको थियो । तर असार १९ पछि दैनिक रुपमा सङ्क्रमित हुनेको सङ्ख्या घट्दो क्रममा छन् ।


Advertisment
Nabil box
Kumari

नेपालमा विश्व परिदृश्य अनुसार सक्रिय सङ्क्रमित र निको हुने दर कम नै छ । सङ्क्रमित हुने सङ्ख्याको आधारमा नेपाल ६१ औँ सबैभन्दा प्रभावित राष्ट्र हो । विश्वभरि कुल सङक्रमित एक करोड २१ लाख ९० हजार १९६ छन् । करिब ४५ लाखमा सङ्क्रमण सक्रिय छन् । मन्त्रालयका अनुसार विश्वभरि हाल कोरोना सङक्रमण सक्रिय सङ्क्रमित सरदर ३७.३ प्रतिशत मात्रै छ । नेपालमा भने सङ्क्रमण सक्रिय रहेको सङ्क्रमित ४८.९ प्रतिशत छ । विश्वमा निको हुने दर करिब ५८ प्रतिशत छ । नेपालमा ५१.१ प्रतिशत छ ।

Vianet communication
Laxmi Bank

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार पहिलो साता नेपालमा सङ्क्रमण दर ११ प्रतिशत कायमे थियो । असार १९ गते उक्त दर १७ प्रतिशतसम्म पुग्यो । जुन अहिलेसम्मकै उच्च हो । हाल सङ्क्रमण दर २ प्रतिशतमा झरेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ९१६ जनाको नमुना परीक्षणको प्रतिवेदन आएकोमा ८२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जुन पछिल्लो दुई सातामा शनिबारको ७० जना सङ्क्रमितपछिको अहिलेसम्मकै सबैभन्दा कम हो ।

महामारी तथा रोग नियन्त्रण केन्द्र(इसीडीसी)का प्रमुख डा. वासुदेव पाण्डेका अनुसार निको हुने दर बढिरहँदा विश्वको तथ्याङ्क भेट्न एक साता लाग्छ । तर क्वारेन्टाइनमा रहेकाले उक्त दरलाई प्रभावित बनाउन सक्छन् । क्वारेन्टाइनमा हाल २३ हजार ७८४ जना छन् । जसको परीक्षण गरिएको छैन । क्वारेन्टाइनको रहेकाहरूको परीक्षण नतिजाले नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या अझै बढन सक्ने डा. पाण्डे बताउँछन् ।।
तर पछिल्ला दिनहरूका क्वारेन्टाइनमा बसेका सङ्क्रमितमा पनि सङ्क्रमण दर थोरै देखिएको छ । जसले नेपालका लागि कोरोनाको सङ्क्रमण दरले राहत दिएको छ ।

उपत्यकामा ३४७ सङ्क्रमित
गत जेठ महिनासम्म न्यून सङ्क्रमित फेला पर्ने काठमाडौँ उपत्यकामा पछिल्ला दिनहरूमा दैनिक रुपमा सङ्क्रमितको सङ्ख्या बढ्दो छ । जसमध्ये अधिकांश विदेश तथा बाहिरी जिल्लाबाट आएका छन् । तर सङ्क्रमितको सम्पर्कमा आएर सङ्क्रमण हुनेहरू पनि बढी छन् । मन्त्रालयका अनुसार काठमाडौँमा उपत्यकामा फेला पर्ने सङ्क्रमित अस्पतालमा भर्ना भएका, विमानस्थल भएर आएका र केही कुनै यात्रा वृत्तान्त नरहेका पनि छन् ।

तर उपत्यकामा सङक्रमण दर बाहिरको तुलनामा थोरै पाइएको छ । काठमाडौँ उपत्यकामा सङक्रमण दर शून्य दशमलब पाँच प्रतिशत छ । बाहिर छ प्रतिशत रहेको छ । उपत्यकाबाहिर महिला सङ्क्रमित करिब दश प्रतिशतको हाराहारीमा रही घटबढ हुँदै आएको छ । तर काठमाडौँ उपत्यकामा सङ्क्रमितमध्ये ४० प्रतिशत महिला छन् । डा. पाण्डेले यसबारे थप अध्ययन भइरहेको बताउँछन् ।।

डा. पाण्डेले अनुसार २५ गतेपछि काठमाडौँ उपत्यकाको १२ स्थानबाट तीन हजार नमूना सङ्कलन गरिएको छ । मन्त्रालयले काठमाडौँ उपत्यकामा तत्काल पाँच हजार नमूना लिने लक्ष्य राखेको छ ।

हाल उपत्यकामा विभिन्न सङ्क्रमण फैलनसक्ने सम्भावित १० स्थानबाट तीन हजार जनाका स्वाब सङ्कलन गरिएकोमा एक हजार ६२१ जनाको परीक्षणको नतिजा आएको छ । जसमध्ये तीन जनामा संक्रमणको पुष्टि भएको छ । जुन ०.१८ प्रतिशत हो । जोखिममा रहेका समुदायबाट उक्त नमूना सङ्कलन गरिएको छ । बैङ्क, वित्तीय संस्थान, बजार–पसल, स्वास्थ्यकर्मी र घना बस्तीबाट नमूना सङ्कलन गरिएको छ । इश्वरचन्द्र झाले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x