×

NMB BANK
NIC ASIA

राजस्व कार्यालय सार्न हतार गर्दा मासिक साढे ३ लाख आर्थिक भार, मन्त्रालय सार्न ढिलाइ

असार २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलको सडक डिभिजन कार्यालय परिसरलाई प्रदेश सरकारको ‘मिनि सिंहदरबार’ बनाउने योजना बनाइयो । सोही अनुसार संघीय सरकारले परिसर क्षेत्र र त्यहाँ रहेका भवन प्रदेश सरकारलाई उपलब्ध गराउने निर्णय २०७६ माघ ६ गते गर्‍यो ।

Sagarmatha Cement
Muktinath Bank

निर्णयसँगै यत्रतत्र छरिएका मन्त्रालयहरू डिभिजन परिसरमा केन्द्रित भए । परिसरमै रहेको आन्तरिक राजस्व कार्यालयलाई एक निजी घरमा स्थानान्तरण गरेर आर्थिक मामिला तथा योजना मन्त्रालय ल्याउने भनिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर भवन खाली भएको ५ महिनासम्म पनि मुख्यमन्त्री शंकर पोखरेलले नै सम्हालेको मन्त्रालय अझैसम्म सरेको छैन । मन्त्रालयका लागि भवन अभाव देखाउने तर खाली भएको भवनमा लामो समयसम्म नसर्दा शंकाको दृष्टिले हेर्न थालिएको छ । 


Advertisment
Nabil box
Kumari

राजस्व कार्यालयले फागुन ११ गते भवन खाली गरेको थियो । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालय बुटवल दरबार मार्गमा छ । राजस्व कार्यालय मासिक ३ लाख ५० हजार रुपैयाँभन्दा बढी भाडा तिरेर बुटवल–११ कालिकानगरस्थित एक निजी घरमा स्थानान्तरण गरिएको छ ।  

Vianet communication
Laxmi Bank

मन्त्रालयको लागि पूर्वाधार अभाव भए भनेर कार्यक्रममा भाषण गर्ने मुख्यमन्त्री पोखरेलले ४ वर्षअघि मात्र बनेको सुविधासम्पन्न भवन खाली गरिए पनि सार्ने इच्छा देखाएका छैनन् । १७ विगाहा क्षेत्रमा फैलिएको परिसरमा सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय छन् । ५ नम्बर प्रदेशमा ७ वटा मन्त्रालय छन् । 

आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख ध्रुव ज्ञवालीले संघीय सरकारले भवन खाली गराएर प्रदेश सरकारलाई उपलब्ध गराइदिनु भनेको पत्र पाएपछि  आफूहरू महंगो भाडादर तिरेर निजी भवनमा सरेको बताए । उनले भने, ‘संघीय सरकारले हामीलाई माघमा पत्र काटेर भवन प्रदेशलाई दिनु भनेपछि हामीले भवन खोजेर फागुनमा सरियो । अझैसम्म पनि मन्त्रालय सरेको रहेनछ । सरेको भए राम्रो हुने थियो ।’ 

भवन ४ वर्षअघि मात्रै बनेको हो ।  भौतिक पूर्वाधार तथा विकास मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मन्त्रालय खाली भवनमा सर्न ढिलाइ हुनुमा कुनै राजनीतिक कारण नरहेको बताए । उनले भने, ‘राजस्वले भवन खाली गरेलगत्तै मुलुकमा महामारीको हल्ला चल्यो । लगत्तै लकडाउन भयो । त्यसपछि मन्त्रालय बजेटमा केन्द्रित हुँदा ढिलाइ भएको हो । अन्य कारण केही छैन ।’ उनले कहिले मन्त्रालय सर्छ भन्ने जानकारी दिएनन् ।

मन्त्री चौधरीले थपे, ‘अहिले फेरि वर्षायाम छ । महत्त्वपूर्ण सामग्री पानीमा भिज्न पनि सक्छन् । छिट्टै नयाँ भवनमा मन्त्रालयमा आउँछ । सरसफाईको काम पनि बाँकी छ ।’ सडक डिभिजन क्षेत्रभित्र मुख्यमन्त्री पोखरेलको निवास पनि छ भने अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पनि छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव जर्नाजन पौडेलले भवनमा रंगरोगन गर्ने र आवश्यक व्यवस्थापनका काम भएको बताए । उनले भने, ‘भवनमा सर्न ढिलाइको कुनै राजनीतिक कारण छैन । भवन खाली भएपछि हामी बजेटमा केन्द्रित भयौं । अब नयाँ आर्थिक वर्षमा साउन महिनामा सर्छ ।’

परिसरभित्र रहेको इलाका प्रशासन कार्यालयलाई सेक्टर वन कार्यालयको भवनमा सारिएको छ । राजस्व अनुसन्धान कार्यालयलाई बुटवल नयाँगाउँमा स्थानान्तरण गरेर मुख्यमन्त्रीको निवास बनाइएको छ । हेभी इक्युपमेन्टको कार्यालय पनि सर्ने तयारीमा छ । यातायातको कार्यालयलाई उद्योग, पर्यटन मन्त्रालय राखिएको छ । छरिएर रहेका मन्त्रालयहरू एकै ठाउँमा भएपछि सेवा छिटो र सुरक्षा सबै दृष्टिकोणले उपयुक्त हुने भनिएको छ ।

नेकपा सांसद भोजप्रसाद श्रेष्ठले मन्त्रालयका लागि खाली गराइएको भवनमा तत्काल सर्नुपर्ने बताए । ‘सरकारी भवन खाली गराउने मन्त्रालय नसर्ने कुरा सुहाउँदैन । तत्काल सर्नुपर्छ । ढिलाइ गर्न हुँदैन,’ सांसद श्रेष्ठले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x