×

NMB BANK
NIC ASIA

भाइबरद्वारा नेपालमा स्थानीयकृत युजर इन्टरफेस शुरू

असार २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सञ्चार आदान प्रदानका लागि विश्वका ठूला एपहरुमध्येको एक– राकुटेन भाइबरले नेपालमा आफ्ना प्रयोगकर्ताहरुका लागि यसको बिल्कुलै नयाँ युजर इन्टरफेसको शुरुवात गरेको छ ।

Muktinath Bank

जसले प्रयोगकर्ताहरुलाई एपमार्फत् नेभिगेट गर्न र आफूलाई मनपर्ने व्यक्तिसँग सहज रुपमा कुराकानी गर्न अनुमति प्रदान गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो नयाँँ युजर इन्टरफेसका साथमा भाइबर प्रयोगकर्ताहरुले अब आफ्ना परिवार, साथीभाइ, र सहपाठीहरुसँग यो  लोकप्रिय मैसेजिङ्ग एपलाई नेपाली भाषामा परिवर्तन गरी अझ धेरै उत्साहपूर्वक संलग्न हुन सक्नेछन् । उनीहरुले यो कार्यलाई एपको ‘सेटिङ्ग’ मा गएर र उनीहरुका पूर्व निर्धारित भाषा चयन गरेर पूरा गर्न सक्नेछन् ।


Advertisment
Nabil box
Kumari

विश्वव्यापी रुपमा कोभिड–१९ को फैलावटलाई रोक्न र नागरिकको स्वास्थ्य र सुरक्षालाई अझ सुनिश्चित् गर्न विश्वका सबै मुलुकहरुले सामाजिक दूरीको कडाईपूर्वक पालना गरिरहेको सन्दर्भमा भाइबर एपको प्रयोग उल्लेखनीय रुपमा वृद्धि भएर एक रेकर्ड नै कायम भएकोे छ । 

Vianet communication
Laxmi Bank

गएको २ सातामा सामूहिक सन्देश १३४ प्रतिशतभन्दा धेरै र सरदर भाइबर प्रयोगकर्ताले प्राप्त गर्ने सामूहिक कलको संख्या ३७० प्रतिशतले बढेको छ भने समुदाय संलग्नताको सरदर संख्या ७८ प्रतिशतले वृद्धि भएको छ । यो नयाँ तथा स्थानीयकृत युआइको शुरुवातसँगै भाइबरले नेपाली प्रयोगकर्ताहरु बीच इन–एप क्रियाकलापहरुमा अझ धेरै उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको छ ।

एक निर्दिष्ट बजारको लागि एपलाई स्थानीयकृत गरी प्रत्येक प्रयोगकर्ताका निम्ति सन्तुष्टिपूर्ण अनुभूति उपलब्ध गराउनु भाइबरको लागि एक महत्वपूर्ण कदम हो । यो नयाँ युआइले भाइबरको एक उदयमान बजार नेपालमा प्रयोगकर्ताहरुलाई सजिलोसँग एप नेभिगेट गर्न सक्षम बनाउनेछ, जसले गर्दा उनीहरु प्रत्यक्ष अन्तरक्रिया गर्न असम्भव भएको अवस्थामा अरुहरुसँग बलियो सम्पर्क बनाउनमा केन्द्रित हुन सक्छन् । 

“विशेष गरेर अहिलेको चुनौतीपूर्ण समयमा प्रत्यक्ष देखादेख गरेर कुराकानी गर्न कठिन भइरहेको अवस्थामा नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गर्दै स्थानीयकृत गरिएको भाइबर इन्टरफेस शुरुवात गर्न पाउँदा हामीलाई गौरव महसुस भएको छ ।” राकुटेन भाइबरका प्रमुख ग्रोथ अफिसर आना जमेंस्कायाले भने, “भाइबरले सदैव आफ्नो बजारको संस्कृति र आफ्ना प्रयोगकर्ताहरुको दैनिकीको प्रतिबिम्भ हुने गरी आफ्ना प्लेटफर्महरुलाई स्थानीयकरण गर्ने कार्यलाई खास महत्व दिने गर्दछ । हामीलाई आशा छ, स्थानीयकृत युआइले हाम्रो नेपाली प्रयागकर्ताहरुलाई उनीहरुका परिवार, साथीभाइ, सहकर्मी तथा उनीहरुको सरोकार रहने समुदायहरुसँग सजिलै जोडिन सहयोग पुर्‍याउनेछ ।” 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x